नुवाकाेटका आर.बि.लामा गायनमा सक्रिय, पछिल्लाे समय ‘सीमसीम लाबा’ भिडियो सार्वजनिक

काठमाडौं । नुवाकोट किमताङ्गमा स्थाई घर भई साउदी अरबलाई कर्मथलो बनाएका आर.बि.लामाको ‘सीमसीम लाबा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा स्वर आर.बि.लामा र मिना लामाको स्वरमा रहेको सो गीतको शब्द/संगीत, राजु खडकाको रहेको छ । गायक लामा पछिल्लो समय आफ्नो भाषा तथा सांस्कृतिको जगेर्ना गर्दै गीत संगीतको क्षेत्रमा आफुलाई स्थापित गर्न लागि परेका छन् ।

सन्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा रन्जिता लामा, म्हेन्दामायाका चर्चित मोडेल याङछु तामाङ्गको अभिनय रहेको छ । तामाङ्ग भाषाका विभिन्न ८ वटा र नेपाली भाषाका ३ वटा गीतहरु रेकर्ड गरिसकेका गायक लामाले ३ वटा तामाङ्ग भाषाका गीतमात्र सार्वजनिक गरेका हुन् । गीतहरुबाट सोचे भन्दा बढीनै सकारात्मक प्रतिक्रिया पाएकोले पनि यस क्षेत्रमा लाग्न अझ उत्साह मिलेको उनले बताए।

सार्वजनिक भएका गीतमा सीमसीम लाबा, किम्ताङ्ग स्योङ, कोशिङ रो रो गीतहरु तामाङ्ग भाषीहरुका बीच अत्यधिक लोकप्रिय छन् । सर्वप्रथम रिलिज भएको गीत सीमसीम लाबा अरु सबै गीतभन्दा पनि उत्कृष्ट रहेको र युवा अवस्थामा रसरंगमा रमाउने प्रेमजोडीहरुका प्रेममय भावहरुका विचमा रहेका परिघटनामा आधारित गीत भएकोले पनि यो गीतको लोकप्रियता चुलिएको छ भन्ने  बुझाइ रहेको छ।
भिडियो हेर्न क्लिक गर्नुहोस् ।

Share News