सिद्धार्थ बैंकको कभर सङ प्रतियोगिताका विजेतालाई ५० हजार पुरस्कार प्रदान
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर सङ प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ । प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए । यसरी प्रतियोगिहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।
गायक रमेश श्रेष्ठको ‘टिकटकले डुबायो’ सार्वजनिक, भिडियोमा रक्षा र बले
कठमाडौं । गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘टिकटकले डुबायो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र चर्चित तथा ब्यस्त संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ । म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ । भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल (बले) तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।
गायक पुष्कल शर्माको ‘फाटेको मन’ भिडियो सहित सार्वजनिक
काठमाडाैं। प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो सहित बजारमा आएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरतप्रसाद पाठकको मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।