फिल्म रिभ्यूका कारण होईन, मानीहानी गरेकाले हामी प्रहरीमा जान बाध्य: निर्देशक चाम्स
काठमाडौं । चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेका आरोपको निर्देशक मिलन चाम्सले खण्डन गरेका छन् । पत्रकार सम्मेलन गर्दै निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरी कहाँ गएको स्पष्टीकरण दिएको बताए । उनले आफ्नो उद्देश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै भने,‘मैले गौतम भाईलाई पाठ सिकाउनको लागि पनि प्रहरी कहाँ गएको हुँ, यो मैले उसलाई व्यक्तिगत ईगो राखेर थुन्न खोजेको थिईँन् ।’ प्रनेश पक्राउ परेपछि आफूले उनका बाबु र आमासँग पनि भेटेरै कुराकानी गरेको चाम्सले सुनाए । निर्देशक चाम्सले प्रनेशले अहिले आएर आफ्नो गल्ती स्वीकार गरिसकेकोले उनलाई छुटाउनको लागि आफूले प्रक्रिया सुरु गरेको पनि जानकारी दिए । उनले भने,‘प्रनेश छुटिसकेपछि मेरो तर्फबाट उसलाई गर्नुपर्ने सहयोग पनि म गर्न तयार छु ।’ प्रनेश कमेडियन भएको नाताले आगामी दिनमा यही फिल्डमा आउन चाहे आफूले सहयोग गर्नेपनि उनले वचनबद्धता व्यक्त गरे । समिक्षामा अपशब्द प्रयोग गरिएको कारण त्यस्तो शब्द तथा चरित्रमाथी सम्पुर्ण नागरिकको ध्यान केन्द्रीत भएको जनाउदै त्यस्ता अपशब्दले बालबालिका तथा पेशागत सबैको मनोभावनामाथि आघात पुग्न जानेतर्फ पनि उनले ध्यानाकार्षण गराए । समिक्षाकै क्रममा प्रनेशले खलाँसी, ड्राइभरको काम गरि आफ्नो जिविका चलाउनेहरुको पेशाकर्मीमाथी आघात पु¥याउने कुरा गरिएकोप्रति आफ्नो आपत्ति रहेको पनि चाम्सले सुनाए । उनले थपे,‘केही संचार माध्ययमहरुमा चलचित्र समिक्षा गरेकै आधारमा प्रक्राउ गरियो भन्ने कुरा हल्लामात्र हो, त्यसभित्रको वास्तविकतामा सबैको ध्यान पु¥याउन आवश्यक छ ।’ आफुले प्रनिसलाई ‘साइवर–क्राइम’मा फसाउन खोजेको भन्नेबारे खण्डन गर्दे उनले प्रनेशले आफ्नो गल्ती स्विकार गरिसकेका कारण पनि चाँडै नै हिरासतमुक्त गराउन पहल भैरहेको स्पष्ट पारे । कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले अन्याय परेको मान्छेले आवाज उठाउन पाउनुपर्ने जिकिर गरेका थिए । त्यस्तै, नेपाल निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, सञ्चारकर्मी नरेश भट्टराई र गायक तथा संगितकार कालिप्रसाद बाँस्कोटाले आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले चलचित्रको बारेमा समिक्षा गर्न पाईने भएपनि व्यक्तिलाई लक्षित गरेर जात, रंगको आधारमा विभेद गर्न नपाईने धारणा राखेका थिए ।
“मारुनी”को गीत ‘जाम न माया जाम’ सार्वजनिक, चलचित्र भाद्र १३ गते प्रदर्शन हुने
काठमाडौं । पुनम इन्टरटेन्टमेन्ट प्रा.लि ले निर्माण गरेको चलचित्र “मारुनी” को गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ । दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको उक्त गीतको शब्द रिक्की शाक्यले गरेका थिए । भाद्र १३ गते रिलिज हुने सो चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख अभिनय रहेको छ । ‘जाम न माया जाम’ को म्युजिक भिडियो बुढासुब्बा डिजिटलबाट मंगलबार रिलिज भएको हो । गीतको डिओपीमा सन्जय लामा छन्, त्यस्तै कोरियोग्राफी प्रविन सिहंले गरेका हुन् । भिडियो हेर्न क्लिक गर्नुहोस् ।
सन्तोष परियारको ‘पल्लो गाँउकी ठूली’ भिडियो सहित सार्वजनिक
काठमाडौं । सन्तोष परियारको लोक दोहोरी गीत ‘पल्लो गाँउकी ठूली’ सार्वजनिक भएको छ । गायिका गिता देवी र सन्तोष परियारको स्वरमा रहेको गीत मिलन फिल्मस प्रा.लिको प्रस्तुतीमा बजारमा आएको हो । गायक स्वंयमको लय,शब्द रहेको गीतको निर्देशन मिलन श्रेष्ठ र विष्णु तामाङको संगीत रहेको छ । गीतको भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् भने अभिनयमा सुदर्शन खतिवडा, अलिना रायमाझी, सन्तोष परियार र गिता देवीलाई देख्न सकिने छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।