कोलकत्ता नाट्य महोत्सवमा नेपाली नाटक ‘करेसा कन्सर्ट’

काठमाडौं। भारतको ‘कोलकत्ता अन्तर्रा्ष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुँने भएको छ । ११ देशका १७ नाटकले सहभागिता जनाउने महोत्सवमा नेपालबाट युवा रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्दे्शित नाटक छनौट भएको हो । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयोजनमा राराहिल मेमोरियल स्कूल कीर्तिपुरको प्रस्तुति रहने नाटक ‘करेसा कन्सर्ट’को वल्र्ड प्रिमियर कोलकता अन्तर्रा्ष्ट्रिय महोत्सवमा यही डिसेम्बर ११ (मंसिर २५ गते) साँझ ५ बजे हुँदैछ । नाटकमा राराहिल कीर्तिपुरकै विद्यार्थीहरु सहभागी छन् । ‘कन्याश्रीः लभ्ली डटर’ भन्ने मुख्य भावमा हुन लागेको यस नाट्य महोत्सवमा नेपाली नाटककमा समेत छात्रहरुलाई नै प्राथमिकता दिएर कास्टिङ गरिएको छ । नाटक ‘करेसा कन्सर्ट’मा आठ छात्रा र एक छात्रले अन्तर्रा्ष्ट्रिय रंगमञ्चमा अभिनय गर्नेछन् । भारत सरकारको इस्टर्न जोनल कल्चरल सेन्टरको सहकार्यमा कोलकताको प्रतिष्ठित नाटक संस्था ‘एसो नाटक सिकी’को आयोजनामा डिसेम्बर १० देखि १३ सम्म कोलकताको साल्ट लेक सिटीस्थित पूर्वर्शी अडोटोरियममा महोत्सवको दोस्रो संस्करण हुन लागेको हो । नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुले नेपाली समाजको चित्रण गर्दै आफ्नो महत्व र विशेषतामाथि छलफल गर्दै निश्कर्ष निकालेको कथा बुनिएको छ । नेपाली रंगमञ्चमा बाल रंगमञ्च पनि स्थापित गर्न लागिरहेका रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । नाटकको कोरियोग्राफी अर्को रंगकर्मी सञ्जिता पराजुलीले गरेकी छिन् । नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनले अभिनय गरेका छन् । शंकर भण्डारी स्टेज म्यानेजर रहेको नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन् । नाट्य टोली शनिबार नै कोलकत्ता प्रस्थान गर्दैछ ।

‘आठौं प्रभु पे म्युजिक खबरद्वारा विभिन्न विधाका उत्कृष्ट स्रष्टा सम्मानित

काठमाडौं । ‘आठौं प्रभु पे तथा म्युजिक खबर’को सहकार्यमा लोक तथा सुगम संगीतका विभिन्न विधाका व्यक्तित्वलाई सम्मान गरिएको छ ।  शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ‘आठौं प्रभु पे म्युजिक खबर’ म्युजिक अवार्ड उत्कृष्ट लोकमा जननी जन्मभूमि भन्ने गीतकार रमेश दाहाल पुरस्कृत भएका छन् । म्युजिक भिडियो सम्पादन तर्फ त्यो रात विर्सन्न भन्ने गीतको सम्पादक विष्णु शर्माले गरेका थिए । त्यस्तै लोकगीत तर्फ उत्कृष्ट गायिकामा सुस्मिता घर्तिलाई सम्मान गरिएको छ । उत्कृट छायांकार तथा निर्देशकमा त्यो रात गीतको तर्फबाट राजेश घिमिरे सम्मान भएका भएका छन्। पछिल्लो समय सर्वाेत्कृष्ट नवप्रतिभामा देवनारायण मगर सम्मानित भएका छन् । उक्त सम्मान कार्यक्रममा चलचित्र विकास बोर्डका प्रमुख केशवराज भट्टराईको उपस्थितिमा अन्य पुराना कालकारको बाक्लो उपस्थिति रहेको थियो । प्रभु पेको आयोजनामा आठ वर्षदेखि हुँदै आएको यस कार्यक्रममा सुगम संगीतको तर्फबाट मानबहादुर बराल र धनले होइन मनले भन्ने गीतका संगीत ध्वनीबाट किशोर थापा सम्मान भएका छन् । उत्कृष्ट मोडलमा अञ्जली अधिकारी र त्यस्तै उदयराज पौडेल संगीत संयोजनमा सम्मान भएका हुन् ।

गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

काठमाडौं । गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए । प्रितम राईको रिदम अवधारणामा निर्माण भएको गीतमा श्रद्धा सुमन सिलवाल र गायक मनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका हुन् ।