सुगम पोखरेलको नयाँ गीत ‘लैजा हावा’ सार्बजनिक
काठमाडौं। सदा वहार संगीत क्षेत्रमा आवद्ध गायक सुगम पोखरेलको लैजा हावा नामक गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको गीतमा प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावना व्यक्त गरेका छन् । मोरङ बिराटचोक निवासी हाल कर्मभूमी अमेरिकामा रही विभिन्न ब्यबसायमा संलग्न, ब्यबसायी राजन भुजेलले “लैजा हावा” बोलको गीत दर्शक श्रोता माझ ल्याएका छन् । गीतको लय तथा संगीत राजन भुजेलको रहेको उक्त गीत शनिबार युट्युव मार्फत सार्वजनिक भएको हो । निर्देशक दिलिप समनको निर्देशन रहेको सो म्युजिक भिडियोमा अभिलाषा शर्मा र सागर थापालाई अभिनयमा देख्न सकिन्छ । भिडिया हेर्न क्लिक गर्नुहोस् ।
२१ औं शताब्दीले पचाउन नसकेको कला: ‘मैनदानी’
काठमाडौं। र्यापर जोजोले बेस्ट र्यापरले अवार्ड पाएसँगै सुरुहुन्छ नाटक ‘मैनदानी ०.३’। असार १३ गते देखी अनामनगरको मण्डला थिएटरमा मन्चन भइरहेको नाटक “मैनदानी 0.८” प्रसिद्ध रुसी साहित्यकार एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ आर्ट’ बाट प्रभावित भएर लेखिएको हो। १ घण्टा १० मिनेटको संयोग गुरागाईंको निर्देशन र परिकल्पनामा बनेको नाटकको पुरा कथा एउटा मैनदानीमा कोरिएको स्त्रीपुरुषको अन्तरंग दृश्यलाई लिएर त्यसैको वरीपरी केन्द्रित भएर घुमेको छ। कला-कलाकारलाई समाजले हेर्ने दृष्टिकोण र खोक्रो पत्रकारिताको गर्दै हिँडेका पत्रकारलाई लिएर ब्याङ्ग्य हान्दै बुनिएको कथा हो मैनदानी। एउटा गरीब परिवारका केशव आफ्नो बिरामी आमालाई उपचारमा खर्चमा सहयोग गरेका डाक्टरलाई रातो कपडामा बेरेर उपहारमा एउटा मैनदानी दिन्छन्। भर्खरै भर्खरै डाक्टरले आफ्नो छवीलाई राम्रो बनाउन प्रयास गरिरहेको अवस्थामा उपहारमा यौन लीलामा मग्न स्त्रीपुरुषको खोपिएको चित्र देखेर उनी अत्तिन्छन्। उनी आफुलाई समाजको नजरबाट हेर्न थाल्दछन् र आँफै लज्जित महसुस गरेर उपहारमा पाएको मैन्दानी आफ्ना वकिल साथीलाई दिन जान्छन्। वकिल साथीको सुरुमा कहिले उपहार नदिएको साथीले उपहार दिदा छक्क पर्छन् र मख्ख हुँदै उपहार स्विकार गर्छन्। तर जब खुशीले उनी उपहार खोल्छन् उनी अक्कनबक्क हुन्छन् उसले पनि आफुलाई समाजको नजरबाट हेर्छ र र उपहार राख्न अस्विकार गर्छन्। तर डाक्टर साथीको अनेक ढिपीको कारण उनी मैनदानी राख्न वाध्य हुन्छन्। त्यसपछी स्टेजमा वकिललाई भेट्न र्य्पार जोजो आईपुग्छन्। समाजले अस्विकार गर्ने डरले जोजोलाई वकिलले उक्त मैनदानी दिन्छन्। नाटकमा फरक सोच राख्ने एक मात्र पात्र जोजो खुशी हुँदै मैनदानी लिएर आफ्नो फ्लाट जान्छन्। उनी मुर्तीमा कला देख्छन् तर भर्खरै कन्ट्रोभर्सीबाट बाहिरिएका उनी आफुलाई फेरी त्यही विवादमा नपार्न र समाजको तिखो नजरबाट बच्नलाई अन्त्यमा त्यसलाई अस्विकार गर्छन् र अन्त्यमा सबैले अस्विकार गरेको मैनदानी गएर डाक्टरकै हातमा पर्न जान्छ। यौनबारे हाम्रो समाज कहिले पनि खुलस्त हुनसकेको छैन। यस बिषयमा कोही खुलस्त हुन्छ भने उसलाई छाडा व्यक्तीको ट्याग दिईन्छ। मैनदानीले उठाएको छोटो सोचले ग्रस्त समाज र खोक्रो पत्रकारीता समयसामायिक बिषय हो। हामी बसिरहेको समाज नामको २१ औ शताब्दीमा छ तर व्यवहारमा शायद १८ औं शताब्धी भन्दा कम छैन। समाजमा अझै पनि मानिसहरु यौनलाई लिएर निकै नै नकरात्मक देखिन्छन् तर केवल पर्दा बाहिर। पर्दा भित्र समाजलाई जे गरे नि चल्छ तर पर्दा बाहिर समाज हामीलाई यौनको बिषयको मुख नखोल्न आग्रह गर्छ। उनिहरु यौनको बिषयमा कुरा नगर्नेलाई सभ्य व्यक्तीको ट्याग दिन्छन्। यसकारण पनि धेरै व्यक्तीहरु यस बिषयमा मुख खोल्न लाज मान्छन्, उनीहरुको मनमा सधैं एउटै डर हुन्छ – समाज। लाईक र भ्युजको लागि एुउटा क्यामारा लिएर कलाकारको पछाडी दौडिने र साना साना बिषयलाई लिएर ठुलो विवाद खडा गर्ने पत्रकारहरुलाई नाटकले व्याङग हानेको छ। कलाकारको उतार चढाव आफ्नो हातमा भएको भन्ने सोच भएका केही पत्रकार उनको मेहनतलाई भने चानचुने सम्झने गरेका छन्। कथाले समाजमा भएको कला र अश्लिलता बीचको द्वन्द्व नाटकमा उतारेको छ। नाटकले तपाईलाई १ घण्टा १० मिनेट हँसाइ हँसाई एकपटक हाम्रो सोचलाई प्रश्न गर्न बाध्य बनाउँछ। नाटकको सबैभन्दा सबल पक्ष भनेको कलाकारको भावलाई प्रस्टाउन प्रयोग गरिएको लाईट रहेको छ। यस्तै स्टेजमा हरेक पटक स्थान बद्लिएको अवस्थामा प्रयोग भएका सबै सामानहरुलाई रंगाउन प्रयोग गरिएको कालो र सेतो रंगको संयोजन पनि राम्रैसँग भएको छ। यसले समाजमा साकरात्मक र नकरात्मक दुवै सोच भएका मानिसहरु रहेको भन्ने बुझ्न सकिन्छ। साथै नाटकमा रातो कपडामा बेरिएको मैनदानी, रातो कुर्सी, रातो रंगको लाइटले जोजोको क्रान्तिकारी भाव झल्काउँछ। जोजोले मैनदानी फिर्ता गरेसँगै सबै राता रंगहरु पनि हराएर जान्छन्। यो उनको क्रान्ति भाव प्रति समाजले लगाएको बन्देज हो भन्ने बुझ्न सकिन्छ। सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको मैनदानीमा आयान खड्का, विकास पन्त,अंकित खड्का, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय हेर्न सकिन्छ। साउन ५ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक साँझ ५:१५ मा सुरु हुनेछ। निर्माता युनिक केसीका अनुसार शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि रहनेछ।
सुमित पाठकको पहिलो गीत ‘समाचार’ भिडियो सहित सार्वजनिक
काठमाडौं । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक भएको छ। संगीत कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत बिहीबार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । अभिनयमा सुमित पाठकका साथमा शिक्षा सग्रौलालाई देख्न सकिने छ । उक्त भिडियो लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । यसअघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ । जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । भिडियो क्लिक गर्नुहोस्