चलचित्र तथा मोडलिङमा व्यस्त बन्दै मोडल तथा नायिका अनिता गिरि
काठमाडौं । नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा व्यस्त बन्दै गरेकी मोडल र नायिका हुन अनिता गिरि । मोडलिङ सुरु गरेको एक बर्ष भित्र नै चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनी अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन् । युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी नायिका हुन अनिता गिरि । उनी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन । मोडलिङ क्षेत्र हुदै चलचित्रमा नायिका बनेकी अनिताले दर्जनौ फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन । अभिनय तथा नृत्यमा पोख्त नायिका अनिता गिरि सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । अझै मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन । खोटाको सिम्पानीमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी गिरि हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभावकी छिन । नयाँ नेपाली चलचित्र मार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी नायिका अनिता भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउँछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरि अभिनयमा पोख्त छिन् । अनिताले भनिन्, अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन् मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि अनिता बताउँछिन ।
मधु लामाको दाबी : साजन मेरो आफन्त होइन, मैले राम्रो निर्णय गरेँ
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन २ अन्तर्गत ब्याटल राउन्डमा डुओको प्रस्तावलाई अस्वीकार गरेका प्रतिस्पर्धी मधु लामाले साजन लामा आफ्नो आफन्त नै नभएको दाबी गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत् करिब ७ मिनेट लामो वक्तव्य दिँदै उनले मधुको भनाई असत्य भएको भन्दै उनले त्यसो गर्नु हुँदैनथ्यो भनेका छन् । उनले आफूले गरेको डिसिजन सही भएको भन्दै साजनसँगै डुओ भएर गएको भए आफू धेरै अघि बढ्न नसक्ने दाबी समेत गरे । भ्वाइस अफ नेपाल सिजन ३ अन्तर्गत छैटौं एपिसोडका यी दुई प्रतिस्पर्धीबीच भिडन्त भएको थियो । कोचको रुपमा रहेका गायक प्रमोद खरेलले उनीहरुको प्रस्तुतिमा म्याचिङ देखेपछि डुओ बनेर जाने प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई चारैजना कोचहरु र साजन लामाले समेत स्वीकारे पनि मधुले मानेका थिएनन् । यसैबीच साजनले आफ्नो फेसबुक पेजमार्फत् भावुक सन्देश दिएका छन् । ‘तपाईँहरुको माया र आशिर्वाद बोकेर गएको थिएँ । तर त्यो जोगाउन सकिँन । मलाई माफ गरिदिनुहोला यसपाली यस्तै भयो……’ उनले लेखेका छन् । उता मधुले गरेको निर्णयले उनीविरुद्ध दर्शकलाई आक्रोशित बनाएको छ । दर्शकहरुले उनलाई आगामी चरणमा भोट नगर्ने बताउन थालेका छन् ।
पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक
काठमाडौं । पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक भएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो । फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता÷दर्शकमाझ ल्याएको उमेश राईले बताए । यस्तै अतिथिहरुले उमेशले उदाहरणीय कार्य गरेको भन्दै उनको कार्यको प्रशंसा र बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले यो गीतले पूर्वेली लोक जुहारी गीतको प्रतिनिधित्व गरेको र भिडियो पनि गीत सुहाउँदो संस्कार संस्कृति झल्किने रहेको बताएका छन् ।