पहिलो भोईस अफ नेपाल सिडि विजय अधिकारीको ‘मोहनी’ शुक्रबार सार्वजनिक हुँदै
काठमाडौं । पहिलो भोइस अफ नेपाल विजेता सिडि विजय अधिकारीको मोहनी गीत शुक्रबार ३ बजे सार्वजनिक हुने भएको छ । सबैले मन पराएका गायक अधिकारीको मोहनी गीत एभरेष्ट ग्यालरी मार्फत दिउँसो ३ बजे सार्वजनिक हुँदै छ । गीतकार नारद आचार्य सुदामाको उत्कृष्ट शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ । मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाई आकर्षक प्रेममुन्द्रामा हेर्न सकिन्छ । अन्जन शर्माको निर्देशन , मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पूर्वनै चर्चामा छ । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।
“मोडल सङ्गस अवार्ड २०२०” भारतको नयाँ दिल्लीमा हुँदै
काठमाडौं । मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उद्देश्यका साथ बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम माझ बोल्दै अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एवम् व्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले बनाए । साथै, उनले अवार्डमा मनोनयनका लागि माघ २ गते देखि आवेदन फाराम खुल्ला रहने जानकारी दिए । आवेदन फाराम फेब्रुअरी २९ भित्र भरिसक्नु पर्ने साथै अवार्डको नोमिनेशन मार्च ७ मा सार्वजनिक भई मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला,संस्कृतिको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने हेतुले भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकोले यसको महत्व अझ बढ्ने आशा आयोजक संस्थाले लिएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आयोजक टोलीसंगै ख्याति प्राप्त कलाकार, लब्ध प्रतिष्ठित व्यक्तिक्त एवं संचारकर्मी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। मनोरन्जन र सिर्जनशीलताको क्षेत्रमा लागिपर्दै आउने क्रममा विभिन्न व्यक्तित्वहरुले समाजमा पुर्याउदै आएको योगदानको कदर गर्दै मोडल सङ्गस नेपालले उनीहरुलाई प्रोत्साहनका साथै हौसला प्रदान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेकोले हो । अवार्डलाई मर्यादित र आकर्षित तुल्याउन एक्यबद्ध हुँदै यस संस्करणमा हाम्रो साथ रहन्छु अवार्ड कार्यक्रमका एशोसियट पार्टनर ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए । त्यसैगरी, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनलका तर्फबाट क्रमशः राज लुइँटेल र टेक राज पाण्डेले बोल्दै ईभेण्टलाई व्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।
निनाम हाङ राईकाे ‘मैना मैनी’ भिडियोसहित सार्वजनिक
काठमाडाैं । निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको सरस्वतीनगर स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा पर्यटन प्रवद्र्धन सम्बन्धि गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको हो । दीलिप राई ‘सागर’को शब्द, सन्तोष दुमीको सङ्गीत, दिवेश राईको एरेञ्ज रहेको गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका छन् । उदयपुरको बेलका नगरपलिकाको मैना मैनीको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको गीतको भिडियोमा नग्मा श्रेष्ठ, निनाम हाङ राई, सरिता राई, मनिषा राईलगायतलाई फिचरिङ गरिएको छ । सुरज खनालले छायाँकन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । कार्यक्रममा प्रमुख अतिथि शुभ मुकारुङले गीत राम्रो रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरिएको यो गीतको भिडियोमा प्राकृतिक सुन्दरताले भरिपूर्ण मैना मैनी घुम्नका लागि गीत मार्फत आग्रह गरिएको गायक निनामले बताए । भिडियो हेर्न क्लिक गर्नुहाेस् ।