गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ सार्वजनिक
काठमाडौ । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् । विगत लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडि बढिरहेका युरोप निवासी युरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्रायः युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिइसकेका उनले युरोप मात्र नभएर युरोप बाहिर रहेको विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन । प्रवासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडि बढाउनु धेरै चुनौतीको कुरा हो । तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत छेत्रमा उनले योगदान दिइरहेका छन् । दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका गायकले ‘तिम्रो मेरो प्रेम कहानीु ‘ ‘म त मान्छे सिधा साधाु ‘ ‘ प्यारी छोरी न बचाउन सके’ जस्ता गीत लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायकले प्रायः देश तथा विदेशमा गरिने कार्यक्रमकाे प्रस्तुति निकै दमदार रहने गरेको छ ।
‘झोला हराएको मान्छे’ मंसिर २४ गते देखी मण्डला नाटकघरमा मन्चन हुँदै
काठमाडौं। नाटक ‘झोला हराएको मान्छे’ यही मंसिर २४ गतेबाट मन्चन हुने भएको छ। उक्त नाटक अनामनगर स्थित मण्डला नाटकघरमा पौष १७ गते सम्म मन्चन हुन लागेको हो। विधमान देशको परिस्थिति हेर्दा हरेक दिन सयौँ युवाहरु वैदेशिक रोजगारीका शिलशिलामा झोलामा सपना बोकेर विदेशिन बाध्य छन् तिनै युवाहरुको मनोभाव हो “झोला हराएको मान्छे।” नाटकको स्लिम जीवनले लेखेका हुन् भने कथालाई नाटय रुपान्तरण अभिनेता दिपेन्द्र शाहिले गरेका हुन्। नाटकको तयारी गर्दै कलाकारहरु कथाको पृष्ठभूमि २०७० साल ताकाको हो जब देशमा राजनीतिक अस्थिरता र सिनेमा हलहरुमा नेपाली कथानक चलचित्र छड्के चलिरहेको थियो। त्यहि बेला नेपालको पुर्वी पहाडी जिल्ला भोजपुरबाट विदेश जान भनेर रुद्र प्रसाद पोख्रेल काठमाडौं आउँछ तर आकस्मात उसले झोला हराउँछ। नाटक रुद्रेको झोला खोज्ने संघर्षको वरपर घुम्नेछ। नेपालबाट लोपोन्मुख लज्जावती झारलाई नाटकले प्रतिनिधीत्व गर्दैछ। क्याप मोशन पिक्चर्स र एम्प्टी स्टम्याक क्रियशनलको प्रस्तुतिमा बनेको ‘झोला हराएको मान्छे’मा नविन चन्द्र अर्याल, सुनीशा बँजगाई, चन्द्र नेपाली, विकाश लामा, सन्जित प्रताप मल्ल, गणेश पौँडेल(ताण्डव), जयराम ढकाल, स्लिम जीवन, विशाल श्री, आनन्द महत, मोहन राई, सबीना थापा, अरुण सिंह पौँडेल, सन्जिप योगी लगायतका कलाकारको अभिनय हेर्न सकिनेछ। नाटक सोमबार बाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो १ बजे पनि रहनेछ।
डिशहोमको सिनेमा घरमा चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन हुँदै, मंसिर १३ गतेदेखि शुरु
काठमाडौं । चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । हाँस्य कलाकार दिपक राजगिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गतेदेखि प्रदर्शन हुने छ । डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमाबसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । यस सुुविधाअन्तर्गत संचालन भईरहेको सिनेमाघर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वाहलमा लागेको केहि समयपछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमाघर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँदिन मनाउने तयारीमा रहेको छ ।