१२ बर्षको खोज र अनुसन्धान पश्चात ‘सूर्य चारै दिशाबाट उदाउँछ’ पुस्तक सार्वजनिक

काठमाडौं । कमलकुमार रिजालद्वारा लिखित ‘युनिक डिस्कभरी इन युनिभर्स’ नामक अनुसन्धानपरक पुस्तक सार्वजनिक गरिएको छ । गत आईतवार एक कार्यक्रमकावीच प्रज्ञाप्रतिष्ठान कमलादीमा नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले उक्त पुस्तकको सार्वजनिक गरेका हुन् । पृथ्वीको उत्पत्ति, मानव जातिको विकासक्रम, ग्रहहरुको उत्पत्ति र सूर्य उदय तथा अस्त लगायतका विषय समेटिएको पुस्तक बैज्ञानिक खोजमा आधारित रहेको लेखक कमल कुमार रिजालको भनाई छ । पुस्तकले मुलत सूर्य पूर्वबाट मात्र उदाउँछ भन्ने मान्यतालाई चुनौति दिएको छ । ‘युनिक डिस्कभरी इन युनिभर्स’का अनुसार सूर्य चार वटै दिशाबाट उदाउने गर्छ । सदियौं देखि पूर्वबाट सूर्य उदाउँछ भन्ने मान्यता भन्दा फरक दृष्टिकोण राखेर लेखिएको पुस्तक ‘युनिक डिस्कभरी इन युनिभर्स’ नेपाली पाठकहरुका लागि मात्र नभएर विश्वभर खगोलिय अध्ययन गर्नेहरुका लागि नितान्त नयाँ विषय हुनेछ । पुस्तक लोकापर्ण कार्यक्रममा काग्रेस उपसभापति विजय गच्छदारले सूर्य पूर्वबाट मात्र नउदाउने भन्ने कुरा सुन्दा आफूलाई अनौठो लागेको बताए । तर उनले खोज र अनुसन्धानहरुले पूर्ववत मान्यताहरुलाई भत्काउने हुँदा ‘युनिक डिस्कभरी इन युनिभर्स’ ले निक्र्याेल गरेको खोजले पनि नयाँ तथ्य स्थापित गर्ने विश्वास व्यक्त गरे । लेखक रिजालका अनुसार ‘युनिक डिस्कभरी इन युनिभर्स’ १२ बर्षको खोज र अनुसन्धान पश्चात लेखिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । ५२ वर्षका भट्टराई वैवाहिक कार्यक्रमबाट निवास फर्कदै गर्दा बाटोमा बेहोस भएका थिए । उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । उनको अहिले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिएका छन् । भट्टराई चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।

गायक सहिमा र सन्दिपको नयाँ गीत ‘तिम्रै हुनु छ’ सार्वजनिक

काठमाडौं । गायिका सहिमा श्रेष्ठ तथा लालुमैका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित ‘तिम्रै हुनु छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गीत सांगीतिक बजारमा लिएर आएका छन् । संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा अर्जुन गौतम र एलिसा राईलाई फिचर्ड गरिएको छ ।