सम्वृद्धिको मनसँगै उडे चरा (भिडियो सहित)

काठमाडौं । सङ्गितकार डम्बर खापुङको सङ्गितमाको सङ्गितमा “उडे चरा” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त खपुङको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन्। भिडियोलाई जीवन शाहीले निर्देशन र छायांकन ओम प्रसाईले गरेका हुन् भने भिडियोमा सम्वृद्धि पौडेल र सौरभ अधिकारीको अभिनय हेर्न सकिन्छ ।

राेजिनाले जितिन् ‘मिस ग्ल्याम नेपाल २०२०’ को उपाधि

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल २०२०’ को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधि समेत हात पारिन । उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर कार्यक्रमकी प्रमुख अतिथि हास्यसाम्राज्ञी बसुन्धरा भुसालले प्रदान गरेकी थिइन । १३ जना अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगितामा बर्दिबासकी रेनुका बोगटी फष्ट रनरअप र सेकेण्ड रनरअप धरानकी सम्झना परियार भइन । सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन । उनीहरुलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यस्तै, प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारिन भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस वेष्ट पर्सानालिटी, ईलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसीपिलनीकोे उपाधि हात पार्न सफल भए । प्रतियोगितामा बिभिन्न अडिशनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रा.लि.का अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए । प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्रा्ष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष तामाङलेले बताए । सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगिलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेकटर सुस्मिता गोलेले जानकारी गराइन । अन्तिम प्रतिस्पर्धाको निर्णकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दर्यविद् शशि शाही रहेका थिए । गायक बुद्ध लामा यो प्रतियोगिताको ब्राण्ड एम्बेशडरमा समेत रहेका छन् । प्रतियोगितामा बुद्ध लामा र सत्यकला राईको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

पहिलो भोईस अफ नेपाल सिडि विजय अधिकारीको ‘मोहनी’ शुक्रबार सार्वजनिक हुँदै

काठमाडौं । पहिलो भोइस अफ नेपाल विजेता सिडि विजय अधिकारीको मोहनी गीत शुक्रबार ३ बजे सार्वजनिक हुने भएको छ । सबैले मन पराएका गायक अधिकारीको मोहनी गीत एभरेष्ट ग्यालरी मार्फत दिउँसो ३ बजे सार्वजनिक हुँदै छ । गीतकार नारद आचार्य सुदामाको उत्कृष्ट शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ । मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाई आकर्षक प्रेममुन्द्रामा हेर्न सकिन्छ । अन्जन शर्माको निर्देशन , मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पूर्वनै चर्चामा छ । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।