नेपाल ब्राइडल मेकअप कम्पिटिसनमा विजेता बन्न सफल मनिषा

काठमाडौं। नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा विजयी भएकी छन् । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मी र मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट विजेता बन्न सफल भएकी हुन् । उनले आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता–२०७६ को उपाधि जित्न सफल भइन् । मनिषाले उत्कृष्ट भएपबात १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जितिन् भने रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकी छन् । त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जिते । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ, लक्ष्मी महत र शर्मिला मुनिकार रहेका थिए । मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एक दिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकी संचालिका सौन्दर्यविद ज्ञानी महर्जनले बताइन् । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने उनी बताउँछिन् । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यविद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।  

गीतकार प्रसाईंको “कथा मृत्युको” गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको आवाज रहेको मार्मिक गीतकाे भिडियोसहित सार्वजनिक भयाे । गायक शिशिर योगीको नै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाई आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाई फिचर्ड गरिएको छ । भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।  

‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बाल गृहलाई

काठमाण्डौ । ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्न टेवा पुर्याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको हो । गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत रुपमा चर्चा गरिएको छ । नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपाली जनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।गीतको भिडियोमा पनि निर्माण पक्षले उतिक्कै मिहिनेत गरेको र सशक्त रुपमा नेपालको पर्यटकीय क्षेत्रलाई देखाइएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खानाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरुपको भिडियो तयार पारिएको छ । यो गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालबारे बुझ्न र चिनाउन सहजता हुने गीतकार एंव उरारा शलिन कार्कीले जानकारी दिए । गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिने समेत उनले बताए । गीतकार उरारा सलिन कार्कीको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन् । गीतमा गायक आनन्द कार्कीको मीठो आवाजमा सुन्न सकिनेछ । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन । गीतको भिडियोमा उदय बिक्रम थापा,उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ । भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकीय क्षेत्रमा छायाँकन गरिएको छ ।