प्रभु शाहको निर्माणमा तथा नायिका अधिकारीकाे अभिनय रहेकाे ‘हमनिके भागिया’ सार्बजनिक

काठमाडौं । भोजपुरी गायिका इन्दु सोनालीको सुमधुर स्वरमा  भोजपुरी गित  ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत समाभेष छिन् । उपेन्द्र सहानीको शब्दमा संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित  ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् । त्यस्तै  निर्देशक पुर्णेन्द्रु  झाले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र बिजय यादब निर्बिजको ससक्त अभिनय रहेको छ । भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गित तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् । भिडियो हेर्नु क्लिक गर्नुहोस् 

विश्व कीर्तिमान राख्न १३ नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने घोषणा

काठमाडौं नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ । आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो । शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व र्कीतिमान बारे जानकारी गराएको हो । उक्त र्कीतिमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिईसकेको छ । कार्यक्रममा र्कीतिमान राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिए । उनले भने,‘कार्यक्रमको राम्रो तयारी भएको छ । यो नेपालको परिवेशमा पनि विशुद्ध नयाँ रेकर्ड हाँसिल हुने हामीले अपेक्षा लिएका छौं । व्यवस्थापकीय हिसाबले पनि धेरै राम्रो तयारी भएको छ । हामी टिमवर्कमा विश्वास गर्छौं ।’ पत्रकार सम्मेलनकी प्रमुख अतिथिसमेत रहेकी चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि विश्व र्कीतिमानी कायम गर्नको लागि सामूहिक नृत्यमा सहभागीहरुलाई शुभकामना दिएकी थिईन् । कार्यक्रममा मारुनी मिडिया नेटवर्कका प्रवन्धक डिल बहादुर मगर (डिकेश) ले ‘देशले हामीलाई के दियो ? भन्दापनि हामीले देशलाई के दियौं ?’ भन्ने मूल नाराका साथ आफूहरु विश्व र्कीतिमान राख्ने तयारीमा जुटेको स्पष्ट पारे । उनले उक्त उद्देश्यमा सफल हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया पनि दिए ।

सम्वृद्धिको मनसँगै उडे चरा (भिडियो सहित)

काठमाडौं । सङ्गितकार डम्बर खापुङको सङ्गितमाको सङ्गितमा “उडे चरा” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त खपुङको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन्। भिडियोलाई जीवन शाहीले निर्देशन र छायांकन ओम प्रसाईले गरेका हुन् भने भिडियोमा सम्वृद्धि पौडेल र सौरभ अधिकारीको अभिनय हेर्न सकिन्छ ।