फोर्डले १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिता गर्दै, भाग लिने कसरी ?
काठमाडौं । फोर्डले बालबालिकाहरुको लागि १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ । ग्रुमिङ्गटेल्ससँग सहकार्य गर्दै यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई उक्त प्रतियोगिता गर्न लागेको हो । यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी राम्रो शिक्षा तथा अन्तरक्र्रियात्मक अनुभव रहनेछ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्त/पुरा गर्नुपर्नेछ । प्रतिस्पर्धाको १०औं दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने छ । प्रतियोगितामा भाग लिने तरिका तथा नियमहरु: १. बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtales को साथ पोष्ट गर्न जरुरी छ । साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ । २. ह्यास्ट्याग #ford #fordnepal #groomingtales को प्रयोग गर्ने । ३. आफ्नो फेसबुक सेटिङ्ग पब्लिकमा राख्नुहोला । (तपाईको फेसबुक एकाउन्ट सेटिङ्ग प्राइभेट रहेमा तपाईले # प्रयोग गरेतापनि पोष्ट प्राप्त नहुन सक्छ ) ४. अरु १० अभिभावकहरुलाई ट्याग गरी पोष्ट गर्नु पर्नेछ । ५. आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला । ६. माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ । ७. प्रतिस्पर्धाका विजेता फाेर सी- क्रियटिभ, कन्सेप्ट, कन्टेन्स, क्ल्यारिटीको आधारमा गरिनेछ । ८. प्रतिस्पर्धा १७ अप्रिल मन शुरु हुनेछ । हरेक दिनको चुनौती/प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १० बजे सम्म पोष्ट गर्नुपर्नेछ । उक्त दिनको विजेता भोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ ।
‘आइएमई पे’ ले फेसबुकमार्फत सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम गर्दै
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतबार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ । यसपटकको नयाँ वर्ष लामो समयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवर्द्धन गर्ने ग्रुपले जनाएकाे छ । कार्यक्रम माथि उल्लेखित मिति र समयमा http://www.facebook.com/imepay/ र आइएमईको यूट्युव च्यानलमा निःशुल्क उपलब्ध हुनेछ भने कार्यक्रम केटीएम लाइभले व्यवस्थापन गर्ने कम्पनीले जनाएकाे छ ।
समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव, शनिवार कर्णाली र गुरुकुलको नाटक
काठमाडौं । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ । कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो । नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिने कार्यक्रम आजबाट समापन भए पनि भिन्न स्वरूपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने उत्सव निर्देशक केदार श्रेष्ठले जनाए । ‘नाटकको भिडियो लाइभ स्ट्रिमिङमात्रै समापन गरिएको हो । रङ्गमञ्चसँग सम्बन्धित अन्य धेरै कार्यक्रमहरू तय हुँदैछन् । जसअन्तर्गत आइतबार नाटककै समय ५ बजे रङ्गमञ्च र भर्चुल माध्यमको विषयमा प्यानल डिस्कसनको योजना बनेको छ’, उनले भने । उत्सवको नियमित समय बेलुकी ५ बजे रङ्गमञ्च, कला, साहित्यका सन्दर्भमा कार्यक्रमहरू जारी राखिने नाट्य उत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलियले बताए । उनले भने, ‘अरू नयाँ र सिर्जनात्मक कार्यक्रम हुनेछ ।’ शनिबार (आज)को नाटक शनिबार दिउँसो १ बजे कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’को भिडियो प्रदर्शन हुँदैछ । हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारहरुको अभिनय छ । जसमा विष्णुमाया परियारको साथमा राज मल्ल, गोविन्द सुनुवार, गणेश बहादुर खड्कालगायतको अभिनय देख्न पाइनेछ । त्यस्तै साँझ ५ बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’को भिडियो प्रदर्शन हुँदैछ । तत्कालिन गुरुकुलका अधिकांश कलाकारहरू रहेको नाटकले बाल्यकालिन समयमा पु¥याउँछ । गुरुकुलका अधिंकाश कलाकारहरू बालबालिकाको भूमिकामा छन् । नाटक नर्वेका रङ्गकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन् । को को छन् ‘ताराबाजी लै लै’ मा ? नाटक ‘ताराबाजी लै लै’मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा, प्रविण खतिवडा, मणिराम पोखरेल, ओमप्रकाश कर्ण, महेश शाक्य कर्मा, समुना केसी, पशुपति राई, सरस्वती चौधरी, सुरेश चन्द, विपिन कार्की, सजन थापा मगर, रविन्द्रसिंह बानियाँलगायतले अभिनय गरेका छन् । जो सिनेमा र रङ्गमञ्चमा स्थापित भइसकेका छन् । काभिड–१९को संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो । नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल facebook.com/theatreMall बाट लाइभ स्ट्रिमिङ गरिनेछ ।