अमेरिकी आइडलको टप १० मा दिवेश पोखरेल

काठमाडौं । अमेरिकन आइडलको १८ औं सिजनको टप १० मा नेपालका दिवेश पोखरेल पर्न सफल भएका छन्। टप २० जनाबाट धेरै भोट पाएर पोखरेल टप १० भित्र पर्न सफल भएका हुन्। काठमाडौंमा हुर्किएर उच्‍च शिक्षाको क्रममा आमाबुबासँगै अमेरिका बस्दै आएका दिवेशले अमेरिकन आइडलको १८ औं संस्करणमा दमदार प्रस्तुति दिइरहेका छन्। पोखरेल विगत लामो समयदेखि परिवारसहित अमेरिका बस्दै आएका पोखरेल ‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा प्रख्यात छन् । यसअघि नेपाली भाषामै भोट अपील गर्दै उनले भनेका थिए, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरूको भोटको आवश्यकता छ। अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक भएका उनलाई टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सकिनेछ।

सोमबारदेखि ‘कथा खरर, मन हरर……’ सुरु

काठमाडौं । थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर…’ सुरु गर्दैछ । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेको यी नाट्य संस्थाले ‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावमा उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो । बालबालिकाहरु कथा पढ्न, सुन्न र सुनाउन साह्रै मन पराउने भएकोले लकडाउनमा बालबालिकाको समय सिर्जनशील र उर्जावान बनाउन ‘कथा खरर, मन हरर’ आयोजना गर्न लागिएको हो । ‘कथा खरर, मन हरर’ बालकोसेली नानीबाबुको युट्युव च्यानलमा वैशाख २२, सोमबारदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुँदैछन् । ‘‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’’ थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौ ।’’ त्यस्तै कार्यक्रमका सह निर्माता प्रशुन सिन्धुलियले बालबालिकाले कता सुनाएको भिडियो  [email protected] मा पठाउन पनि अनुरोध गरेका छन् । साथै कार्यक्रमको उदघोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने उनले जनाए ।

प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता: अब आँसु खसाउनु पर्दैन

प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन । *** सामाजिक न्याय र समानता अधिकारसम्पन्न जनता मेची-काली, पहाड-तराई निर्भय वातावरण सुरक्षित नारी अब आधुनिकतामा बढ्यो नेपाल गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाउनु पर्दैन *** फाटोका खेती कुहिन्छन् स्वार्थी हिंसा तुहिन्छन् अब चेलीका चुरा फुट्दैनन् कोही टुहुरा पर्दैनन् गणतन्त्र हो यो गणतन्त्र शक्तिका स्रोत जनताको जनतन्त्र हो यो जनतन्त्र अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन