अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको छ । साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’ र ‘दुस्वप्न’ कथा कृतिहरु, ‘अव्यक्त¬’ र आधा दर्जन बालकथा कृतिहरु प्रकाशित छन् । यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियाे ।
सुनौलो ताराको ग्रान्ड फिनाली आज, डिशहोमबाटै प्रसारण हुने
काठमाडाैं । सुनौलो ताराको ग्रान्ड फिनाली कार्यक्रम आज डिशहोमको रियालीटी टिभीकाे च्यानल नं. १०२ बाट ८ः३० वजे प्रसारण हुनेछ । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गरेको थियो । डिशहोमले नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थाका ४०० भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम गरेको थियो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबार देखी प्रशारण शुरु भई यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण भएको थियो । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने डिशहोमले जानकारी दिइएको छ ।
‘मारुनी’ अब डिशहोमको सिनेमाघरमै, यसरी हेर्न सकिन्छ
काठमाडौं । चलचित्र ‘मारुनी’ अब डिशहोमको सिनेमाघर बाटै हेर्न पाइने भएको छ । कम्पनीका अनुसार वैशाख ३१ गतेबाट डिशहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा उक्त चलचित्र हेर्न पाइने छ । पुनम गौतमले निर्माण गरेकी यो चलचित्र हरेक दिन १० शो हेर्न पाइने कम्पनीले जनाएको छ । उक्त शो हेर्नको लागि वा चलचित्र खुलाउन ९८०११९०९९० मा फोन गर्नुपर्ने छ । त्यसपछि, ३२५०० वा ३२५८० मा एसएमएस पठाएर वा डिशहोम ग्राहक केन्द्रमा फोन गरेर वा नजिकको बिक्रेतालाई सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।