नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक
काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा सिद्धार्थ बैंक बनेको हो । बुधबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्वबद्धता जनाएका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । साथै, यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले उल्लेख गरे । नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले जानकारी दिएका छन् । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरी उत्पादन र प्रशारण गरिने कार्यक्रम नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयास भएको छ । स्पष्ट र बुलन्द आवाजमा फुल एचडीमा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ र्बैकलाई स्वागत गर्न पाउदा नेपाल टेलिभिजन गौरवान्वित भएको र सधै यस्ता कार्यक्रममा यस र्बैकलाई सदैव स्वागत गर्ने नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले बताए । यो सम्बन्धलाई सदैव अगाडि बढाउन सिद्धार्थ बैंक तयार रहेको र यस किसिमका राष्ट्रिय स्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका, तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्ने उनले बताए । सिद्धार्थ र्बैक सदैव यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरुमा साथ दिन तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले जानकारी दिए । गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्यायक संगीतकार आलोकश्रीले गर्ने बताए । आज कलाले कदर पाउन थालेको छ र कलाको माग दिनानुदिन बढेदै गइरहेको अवस्थामा हामी राष्ट्रिय कलाकारको खोजिमा निस्केका छोै यस महान अभियानमा बरिष्ठ गायक गायिक क्रमश रामकृष्ण ढकाल र अन्जु पन्त सहितको हाम्रो टिमले मुर्धन्य कलाकारको खोजी गर्नेछ । नेपाल टेलिभिजनबाट प्रशारण हुन लागेको यो कार्यक्रमले नव आगन्तुक कलाकारलाई स्वागत गर्ने गायक अन्जु पन्तले बताइन् । यो कार्यक्रमले निश्चय पनि राम्रो कलाकार जन्माउन सफल हुने र यही प्रयासस्वरुप आफु लागि परेको गायक रामकृष्ण ढकालले भने । कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डल, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, कि इन्टरटेनमेन्टका अध्यक्ष , बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लगायत अन्यको उपस्थित रहेको थियो सिद्धार्थ बैक सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी वैशाख २ गतेदेखि सुरु, यस्ता छन् हालसम्मका कार्ययोजना
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी पनि २०७७ वैशाख २ गतेदेखि सुरु गर्ने प्रस्ताव प्राज्ञपरिषद्बाट दशौं प्राज्ञसभामा पेश भइ अनुमोदन भइसकेको छ । तीन हप्तासम्म चल्ने प्रदर्शनीको तयारीका लागि २०७६ चैत्र २४ गतेदेखि नेपाल कला परिषद्, बबरमहलमा हल बुक गरिसकिएको छ । माघ २२ गतेको प्राज्ञपरिषद् बैठकबाट कुलपति के.के. कर्माचार्य, अध्यक्ष उपकुलपति गोपाल चित्रकार सह–अध्यक्ष तथा सदस्य सचिव विपिन कुमार घिमिरे सचिव रहने गरी ६५ सदस्यीय मूल आयोजक समिति गठन तथा समितिको काम कर्तव्य र अधिकार निर्धारण गरिएको छ । विभिन्न समाचार माध्यममा राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रदर्शन गर्न विभिन्न कलाकारहरुका कलाकृति एक महिनाभित्र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुझाउन आह्वान गर्नका साथै सहभागिता जनाउने कलाका विधाहरु, प्रदर्शनीसम्बन्धी नियमहरु, कलाकृतिको मापदण्ड र कलाकृति तथा कलालेखन र कलापत्रकारितालाई दिइने पुरस्कारहरुको विवरणसमेत उल्लेख गरी सूचना प्रकाशित गरिएको छ । जस अनुरुप २०७६ फागुन १३ गतेभित्र कलाकृतिहरु यस प्रतिष्ठानमा बुझाइ सक्नुपर्ने हुन्छ । तर अपेक्षा गरे अनुरुप कलाकृतिहरु प्राप्त नभएको हुँदा बुझाउने म्याद ७ दिन अर्थात् २०७६ चैत २० गतेसम्मका लागि थप गरिएको व्यहोरा जानकारी गराइएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहिलो पटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि २०७७ निमार्ण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । २०७६ फागुन ०२ गते बसेको मूल आयोजक समितिको बैठकबाट उपकुलपति गोपाल चित्रकारको संयोजकत्वमा सदस्य सचिव विपिन कुमार घिमिरे सचिव तथा विभिन्न सात वटा उपसमितिका संयोजकज्यूहरु सदस्य रहने गरी कार्यसमितिको गठन गरी सो कार्यसमितिको काम, कर्तव्य र अधिकारसमेत तोकिएको छ । त्यसरी नै प्रस्तावित सात वटा उपसमितिका संयोजकज्यूहरु (सबै प्राज्ञपरिषद् सदस्य रहने) को नाम तथा उप–समितिको काम, कर्तव्य र अधिकार समेत बैठकबाट अनुमोदन गरिएको छ । २०७६ फागुन ६ गते बसेको कार्यसमितिको बैठकबाट विभिन्न उपसमितिका सदस्यमा उपसमितिका संयोजकबाट प्रस्तावित नामावली अनुमोदन गरिएको छ । यसअघिदेखि नैै विभिन्न उपसमिति संयोजकको आ–आफ्नो उप–समितिको काम कारवाही सम्बन्धमा गृहकार्य सुरु गरिसकिएको छ र विभिन्न उपसमितिका बैठक बसी कार्य योजनाहरु बन्दै गरेको अवस्था छ । यसमध्ये प्रचार प्रसार उपसमितिको २०७६ फागुन ७ मा बसेको बैठकको निर्णय अनुसार नै यो पत्रकार सम्मेलन भइरहेको छ भने विविध कला गतिविधि व्यवस्थापन उपसमितिको बैठक २०७६ फागुन ८ मा बसी कार्ययोजना तयार गरेको छ । त्यसरी नै कलाकृति संकलन उप–समितिका संयोजकबाट निकै अगाडिदेखि नै कलाकृति संकलनको कार्ययोजना बनाई आवश्यक पहल गरिरहेका छन् । अन्य उप–समितिबाट पनि आ–आफ्नो जिम्माको कार्यको कार्ययोजना बनाई कार्य अघि बढिरहेको छ । पुरस्कारको सम्बन्धमा माथि उल्लेख भएबमोजिम माघ १४ गते प्रकाशित सूचनामा विस्तृत विवरण दिइएको भएता पनि यहाँ जानकारीका लागि प्रस्तुत गरिएको छ । क. ललितकला विधा १. क) परम्परागत चित्रकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) २५ हजार रूपैयाँका दरले दुई जनालाई ख) आधुनिक चित्रकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) २५ हजार रूपैयाँ तीन जनालाई २. क) परम्परागत मूर्तिकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) रु. २५ हजार रूपैयाँ दुई जनालाई ख) आधुनिक मूर्तिकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) २५ हजार रूपैयाँ दुई जनालाई ३. हस्तकला/शिल्पकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष)२५ हजार रूपैयाँ दुई जनालाई ४. लोककला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) २५ हजार रूपैयाँ दुई जनालाई ५. वास्तुकला तथा सृजनात्मक कला (राष्ट्रिय)६० हजार रूपैयाँ दुई जनालाई (विशेष)२५ हजार रूपैयाँ चार जनालाई ख. कला लेखन १. राष्ट्रिय ललितकला लेखन पुरस्कारः रु. २५ हजार रूपैयाँ एक जनालाई । २. राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारःरु. २५ हजार रूपैयाँ एक जनालाई । ग. प्रादेशिक पुरस्कारःदफा ४ (क) मा उल्लेख भएको कलाका ५ विधामध्ये उत्कृष्ट कलालाई प्रत्येक प्रदेशबाट १/१ जना गरी ७ प्रदेशबाट २५ हजार रूपैयाँका दरले ७ जनालाई दिइनेछ ।
स्टार इंडिया ग्रुपद्वारा ‘स्टार इन्टरनेशनल ऐजुकेशन अवार्ड’ वितरण, विभूषित भए ९ जना कलाकार
काठमाडौं । स्टार इंडिया ग्रुपले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री साङ्गीतिक कार्यक्रम तथा स्टार इन्टरनेशनल एजुकेशन अवार्ड २०२० सम्पन्न गरेको छ । उक्त कार्यक्रम डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयमा भएको थियाे । कार्यक्रममा भारतबाट आमन्त्रित ९ प्रतिष्ठित कलाकारहरूलाई भारत गौरव रत्न अवार्डबाट विभूषित गरिएको छ । उक्त कलाकारहरूको समूहको विभिन्न प्रस्तुति हेर्नको लागि एक हजार बढी उपस्थित थिए । भारत गौरव रत्न अवार्ड २०२० बाट विभूषित हुने कलाकारहरूको सूचीमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादव, आभा वामबुरकर र सुनिता जमडाडे छन् । कार्यक्रमका प्रमुख अतिथि स्टार इंडिया ग्रुपका डाइरेक्टर सुनिल कुमार र भारतीय दुतावासका कार्यवाहक राजदुत महामहिम डा. अजय कुमार उपस्थित थिए । उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै स्टार इंडिया ग्रुपका व्यवस्थापकीय डाइरेक्टर सुनिल कुमारले नेपाल–भारत सांस्कृतिक विरासतको केन्द्रको रूपमा विश्व मानवकल्याण र भातृत्वको लागि अध्ययनको केन्द्र रहेको बताए । स्टार इंडिया ग्रुपको २०२० को इन्टरनेशनल एडुकेशनल अवार्ड यस वर्ष समेत डीएभी. विद्यालयले हात पा¥यो । त्यसैगरी, विद्यालयका अध्यक्ष अनिल केडियाले सोहि ग्रुपको बेस्ट लिडरसिप अवार्ड जित्न सफल भएका छन् भने प्राचार्य भुवनेश्वरी रावले वेस्ट प्रिन्सिपल अवार्ड जित्न सफल भएकी छन् । यससँगै स्टार इंडिया ग्रुपको अन्तर्राष्ट्रिय अवार्ड डीएभी. विद्यालयले १२ औ पटक हात पार्न सफल भएको हो । अवार्ड हात पारेसँगै डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले भारत गोैरव रत्न अवार्ड वितरण समारोह डीएभी स्कुलमा आयोजना हुनु विद्यालएकै लागि महत्वपूर्ण उपलब्धी भएको बताइन् । उक्त कार्यव्रmममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदार नाथ शर्मा, त्रिभुवन विश्वविद्यालयका डा. विरेन्द्र पाण्डे, नेपाल–भारत मैत्रि समाजका अध्यक्ष–प्रेम लस्करी र परित्रान कन्सल्टेन्सिका विक्रान्त पाण्डे, लगायत प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो ।