रुकुम घटनामा आधारित दोहोरी गीत ‘मेरो आत्मा’ सार्वजनिक
काठमाडौं । रुकुम घटनामा आधारित लोक दोहोरी गीत शुक्रबार सार्वजनिक भएको छ । बिष्णु बरालको शब्दमा रहेको लाेक दाेहाेरी गीत रुकुममा घटेको घटनालाई आधारित गरेर निर्माण गरिएको छ। गीतमा स्वयम् बिष्णु बराल र अनुशा क्षेत्रीले स्वरमा साथ दिएका छन् । लाेक दाेहाेरी गीतमा रामसिँह धामी, रेखा रिजाल, सुरेन्द्र रावल,भोजराज उपाध्याय र बागमती क्षेत्रीलगायतको अभिनय रहेको छ । ईश्वर जंग खड्काको निर्देशनमा बनेको गीतमा समाजका र विकृति र विसंगतीको चिरफार गर्न खोजिएको छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्
गायक अधिकारीको नयाँ गीत सार्वजनिक
काठमाडाैं । गायक पुष्पबिक्रम अधिकारीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । उनकाे जवदेखि मैले होस पाएँ बाेलकाे गीत सार्वजनिक भएकाे हाे । म त सूदुरपश्चिमेली ठीटो बाेलकाे गीतबाट चर्चामा आएकाे उनकाे याे गीतले पनि दर्शक स्राेताकाे मन जित्न सक्ने उनले विश्वास लिएका छन् । सुदूरपूर्वको भाषा र संस्कृति बोकेको परिवारमा जन्मेका पुष्पबिक्रम अधिकारी सुदूरपश्चिमकाे समाजमा हुर्किए सँगै सुदूरकै पहिचान दिने खालमा रचना गरिरहेका छन् । नेपाली लोकपप शैलीको मेलोडी गीत “जव देखि मैले हाेस पाएँ” गायक अधिकारीले आफै रचना गरेका हुन भने संगीत समेत आफै तयार गरेका हुन । गीतमा अधिकारीको गायकी, सङ्गीत संयोजन र रचना सशक्त र परिपक्व छ । गीतको म्युजिक भिडियो पनि आजै अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा कलाकार विशाल रावत, पुजा चन्द र बाबा सिंहको उत्कृष्ट अभिनय रहेको छ भने गायक अधिकारीकै जीवनसङ्गिनी विजया आचार्य अधिकारीको कन्सेप्ट र कोरियोग्राफी रहेको छ । भिडियाे हेर्नुस्:
प्रतिभा प्रस्तुत गर्ने माध्यम ‘द ट्यालेन्ट’ शाे संचालनमा
काठमाडौं । आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रम ‘द ट्यालेन्ट’को शुरुवात भएको छ । “म भित्रको म” स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्तिभित्र रहेका हरेक प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ । कार्यक्रम यहि जेठ १७ गतेबाट सञ्चालनमा आएको हो कस्मिक मिडिया प्रा.लिद्धारा सञ्चालित कस्मिक टिभि मा प्रसारण हुनेछ । अनलाईन प्रसारित कस्मिक टिभि साथै कस्मिक मिडियाको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सकिने मिडियाका सञ्चालक रमेश पोखरेलले बताए । विश्व माहामारीको रुपमा रहेको कोभिड १९ को यस समयमा सबै व्यक्तिहरु घरमा नै बन्दा बन्दीमा रहेको हुँदा, यस्तो अवस्थामा घरमा बसिरहदाको समयलाई सदुपयोग गर्न पनि यो कार्यक्रमले सहयोग गर्ने पोखरेलको भनाई छ । यो कार्यक्रममा आफ्नो प्रतिभा आफैले रेकर्ड गरेर पठाउनु पर्ने हुनाले पनि सहभागिता जनाउन सजिलो भएको उनको भनाई छ । सहभागीले आफुले रेकर्ड गरेको आफ्नो कला प्रतिभा [email protected] र कस्मिक मिडियाको फेसबुक म्यासेन्जरमा पठाउन सकिने व्यवस्था छ । कार्यक्रमले बन्दाबन्दीको समयको सदुपयोग, प्रतिभा प्रस्तु्त साथै मानसिक तनाव समेत कम हुने कार्यक्रम संचालक पोखरेलको भनाई छ । मानिसभित्र रहेको प्रतिभाहरु गित, नाच, कविता, गजल, भाषण, कमेडि लगायत विभिन्न कलालाई यस कार्यक्रममा प्रस्तुत गर्न सकिनेछ । यस ‘द ट्यालेन्ट’ कार्यक्रमले देश विदेशको हरेक ठाउँमा रहेका व्यक्तिहरुको कलालाई समेट्ने प्रयास गरेको छ । कार्यक्रममा ५ वर्षभन्दा माथिका सबैले सहभागीता जनाउन सक्ने सञ्चालकको भनाई छ । सहभागीले जेठ १७ गते बाट १ महिना सम्ममा भिडियो पठाई सक्नु पर्नेछ । एक जनाले जम्मा ३ देखी ५ वटासम्म भिडियो पठाउन पाउनेछन् , एकै जनाको गित, कविता, नाच ,भाषण, जोक्स फरक फरक पठाउन पनि पाइनेछ । साथै कोभिड १९ लार्ई मध्यनजर गरी कार्यक्रममा सहभागी हुने समय थप पनि गर्न सकिने सञ्चालकको भनाई छ । कार्यक्रममा सहभागीे भिडियोकोे कमेन्ट, भ्यूजको अधारमा ६० प्रतिशत र सञ्चालक टिमको तर्फबाट ४० प्रतिशत गरेर जम्मा १०० प्रतिशत गरी मुल्यंकनबाट बिजेता छानिनेछ । बिजेता को नाम अनलाईन , फेसबुक र समाचारहरुबाट सर्वजनिक गरिनेछ र बिजेतालाई बन्दा बन्दीको अवश्था सामान्य भएपछि मिडियाको कार्यालय बागबजारमा उपस्थित गराई एक कार्यक्रमका बीच पुरस्कृत गरीने सञ्चालक पोखरेलले जानकारी दिए । बिजेतालाई नगद पु्रस्कार सहित प्रमाणपत्र साथै आगामी दिनमा मिडिया क्षेत्रमा प्रवेश गर्ने अवसर समेत प्रदान गरीने उनको भनाई छ । कस्मिक मिडियाले यस अघि पनि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हाल मिडियाले रियालिटि शो द लिडर स्पिच स्टार कार्यक्रम सञ्चालन गराईरहेको उनले जानकारी दिए । द लिडर स्पिच स्टार कार्यक्रमले समाजमा रहेका आवाज खोज्ने र समाज विकास गराउदै देश विकासमा टेवा पुयाउने गर्दछ भने द ट्यालेन्ट कार्यक्रमले हरेक कलाको विकास गराउने पोखरेलको दाबी छ ।