आजदेखि डिश होम प्लस एचडिको ‘घरमै फिल्म हल’
काठमाडौं ।काेराेना भाइरसकाे विश्वभरी फैलिएसँगै नेपाल सरकारले लकडाउनको घोषणासंगै दर्शकहरुको मनोरंजन प्रदान गर्न डिश हाेमले प्लस एचडि को ‘घरमै फिल्म हल’लाई लक्षित एक हप्ते कार्यक्रम घोषणा गरेको छ । आइतबारदेखि शनिबार सम्ममा दर्शकहरुले घरै बसी बसी विभिन्न फिल्महरु हेर्न पाउने छन् । डिश होमको प्लस मुभी एचडिमा आइतबार १० बजे ‘रिङ्ग रोड’, १ बजे ‘राजनीति’, ४ बजे ‘पासवर्ड’ र ७ बजे ‘ठमेल डट कम’ देखाईनेछ । इन्टरनेटको पहुँच नभएको ठाउँका दर्शकहरुले यसबाट लाभ उठाउन सक्नेछन् । त्यस्तै इन्टरनेटको स्पिड घटेकोले सास्ती खेपिरहेकाहरुलाई पनि यो राम्रो विकल्प हुन सक्छ । यो बेला भिविन्न फेक न्युज हेरेर बस्नु भन्दा यि फिल्म हरु ले पारिवारिक जमघट पनि हुने र रमाइलो पनि हुने , फिल्म को माद्यम बाट मनोरन्जन दिने र लकडाउनको समयमा घरमै समय व्यतित गरिरहेका दर्शकहरुको मनोरंजनको लागि यसो गरिएको रमाइलो यचडि का अध्यक्ष दयाराम पाण्डेय्ले बताए । सोमबार १० बजे ‘सौभाग्य’, १ बजे ‘टिन एज’, ४ बजे ‘प्रेम लिला’ र ‘७ बजे ‘प्रेम गीत’ देखाईनेछ । मंगलबार १० बजे ‘सुश्री सम्पत्ति’, १ बजे ‘हैरान’, ४ बजे ‘छक्का पन्जा २’ र ७ बजे ‘झमक बहादुर’ देखाईनेछ । शुक्रबार १० बजे, १ बजे, ४ बजे र ७ बजे ‘माया पिरिम’, शनिबार क्लासिक मुभी अंतर्गर १० बजे ‘हामी तीन भाइ’, १ बजे ‘अल्लारे’, ४ बजे ‘ट्रक ड्राइभर’ र ७ बजे ‘दक्षिणा’ हेर्न सकिनेछ । यी सबै फिल्महरु निस्शुल्क हेर्न पाइनेछ । त्यसैगरि बुधबार १० बजे ‘सिन्दुर’, १ बजे ‘गोपी’, ४ बजे ‘चौका दाउ’ र ७ बजे ‘राहदानी’, बिहिबार १० बजे ‘जेरी’, १ बजे ‘गाजलु’, ४ बजे ‘क्याप्टेन’ र ७ बजे ‘जेरी’ देखाईनेछ । त्यसैगरि सिनेमाघरको च्यानल नम्बर १०८ मा ‘छक्का पन्जा ३’ र च्यानल नम्बर ८८८ मा ‘आमा’ हेर्न सकिनेछ । छक्का पन्जा ३ को लागि २ सय २५ रूपैयाँ तिर्नु पर्नेछ भने ‘आमा’ को लागि ३ सय २५ रूपैयाँ तिर्नु पर्नेछ । दुवै फिल्मको दैनिक ८/८ शो हुनेछ ।
घरमै बसेर दैनिक नयाँ नयाँ नाटक हेर्न सकिने, शुरू हुँदै छ थिएटर फेस्टिभल
काठमाडौं । ‘लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् । ‘कोभिड-१९को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए । ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ । घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ उनले भने । हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल (www.fb.com/theatremall) बाट एउटा नाटक देखाइनेछ । थिएटर मल तथा टिसिसी नेपालका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो । यसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ ।’ महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने उनले जानकारी दिए । ‘यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन । रङ्गमञ्च आफैमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ । त्यसकारण रङ्गमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन,’ उनी भन्छन्, ‘तर पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रङ्गप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं । यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रङ्गमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ ।’ उनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह पनि गरेका छन् । महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव-२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ । लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ । थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले जानकारी दिए । उनले भने, ‘लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठिक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ ।’ उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे । फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ । त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुन लागू हुने उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई थाहा छ- हामीले यो समयमा जे काम गर्दैछौं, रङ्गमञ्चका दर्शकको मनोभावना बुझरै गर्दैछौं । उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ । सिर्जनामाथिको सर्वाधिकारलाई उहाँहरूले सम्मान गर्नुभएको छ र गर्नु हुने नै छ ।’ फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन् । अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक सुरु हुनुअघि उद्घोषण हुने उनले बताए । उनी भन्छन्, ‘त्यस अवधिमा ‘कोरोना (कोभिड १९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ ।’ नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा शेयर गर्न सकिने उनले जानकारी दिए । लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ । फेस्टिभलबारे बढिभन्दा बढि रङ्मञ्चप्रेमीलाई सूचना पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा राख्न जानकारीमूलक प्रचार सामग्री तयार पारिएको पब्लिसिटी डिजाइन संयोजक सुजिता महर्जनले बताइन् । त्यसलाई बढीभन्दा बढी शेयर गरिदिनु हुन पनि उनले आग्रह गरिन् । महोत्सव सफल पार्न मिडियाको ठूलो हात रहने भन्दै त्यसमा सहयोग गरिदिन मिडिया कोअर्डिनेटर कला अनुरागीले अनुरोध गरेका छन् । ‘संकटको समयमा सिर्जनात्मक कार्य गर्नु चुनौतिपूर्ण छ । तर यस्तै समयमा सिर्जनाको शक्ति र यसले प्रदान आत्मबलको अनुभूति गर्न सकिन्छ’, उनले भने, ‘त्यसैले संकटको समयमा हुने यस्ता सकारात्मक तथा सिर्जनात्मक कार्यको प्रचारमा मिडियाले प्राथमिकता दिनेछ भन्ने विश्वास छ ।’
हिमालय टेलिभिजनमा ‘डान्सिङ वीथ द स्टार्स’, मुख्य प्रायोजकमा आइएमई
काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ नेपाली संस्करणमा हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ । विश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङ वीथ द स्टार नेपाल” रहने छ । सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुनेछ ।