श्रमिक वेदना

    चुहिन्छन् पसिना हाम्रा दिनहुँ झरना सरि    खिइन्छन् तनका हड्डी खान पुग्दैन तैपनि !    उज्यालो भुइँमा खस्ता थाल्यो जोतिन काममा    आधा रात हुँदासम्म आराम हुन्न ज्यानमा !!    सधैं असारको पन्ध्र, हुन्न फुर्सदको क्षण    पेट पाल्नै सधैं गाह्रो बढ्दैछ गरिबी झन !    शिक्षा स्वास्थ भए स्वप्न छैनन् पहुँचमा कुनै    न्याय भो कल्पनामात्रै घटेन दासता अझै !!    बढ्छ बजारमा भाउ सेवा वस्तु सबैतिर    बढ्दैन श्रमको मूल्य झाँगिदै जान्छ शोषण !    हाम्रो श्रम डकार्दैछन् ठालुहरू बसीबसी    अवस्था बिग्रदो हाम्रो रातोदिन खटे पनि !!    हाम्रो नाम भजाएर सत्तामा उक्लिए कति    योजना बुनिए लाखौं हाम्रो उन्नतिका पनि !    हाम्रो चर्चा भयो धेरै गोष्ठी भेला जताततै    किन्तु भलाइका निम्ति काम शून्य भए सधैं !!    हाम्रैनिम्ति खुले भन्छन् संघसंस्था धमाधम    छन् रे कानूनका ठेली हाम्रै उन्नति खातिर  !    पक्ष विपक्ष सत्ताका भिडन्तमा जुटे अरे   कठै! हाम्रो अवस्था यो सुध्रिएन कसै गरे !!                                      पोकली, ओखलढुंगा

शुक्रबारदेखि डिसहोमको सिनेमाघरबाट ‘इन्टु मिन्टु लण्डनमा’ प्रसारण

काठमाडौं । डिसहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा शुक्रबारदेखि ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म  सुरु हुने भएको छ । यसअघि मारुनी चलचित्र प्रसारण गर्दै आएको कम्पनीले भोलिबाट ‘इन्टु मिन्टु लण्डन’मा सुरु गर्न लागेको हो । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा राेकथाम गर्नका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेकाे छ । काेराेना संक्रमण फैलिएसँगै घरमै बस्न बाध्य रहेका दर्शकहरूलाई मध्ये नजर गर्दै डिशहोमले सिनेमाघरमा विभिन्न चलचित्रहरु प्रसारण गर्दै आएको छ । ‘इन्टु मिन्टु लण्डनमा’ हेर्नका लागि ३ सय २५ शुल्क तिर्नुपर्ने हुन्छ । रेनाशा र प्रज्वल राणाले निर्देशन गरेकाे उक्त सिनेमामा धिरज मगर, साम्रज्ञी शाह, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठलगायतको अभिनय रहेको यो चलचित्रमा रेनाशा वान्तवा राईको कथा रहेकाे छ  ।

बलिउडका निर्माता करण जोहर आइसोलेशनमा

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक रहेका करण जौहर १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना देखिए पछि करण आइसोलेशनमा बसेका छन् । रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमेकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बसेको ट्वाटमार्फत जानकारी दिएका हुन् । “परिवारका सबै सदस्य र अन्य सहयोगीहरूको कोरोना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर, हाम्रा आसपासका सबै मानिसको सुरक्षाका लागि १४ दिनसम्म हामी सबैजना आइसोलेसनमा बस्दैछौं” उनले भने ।