दीपाश्रीलाई माफि दिन राजेश हमालले गरे दर्शकसँग आग्रह
काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन दर्शकसँग आग्रह गरेका छन् । मंगलबार मध्यरातमा लाइभ भिडियो मार्फत हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् । आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले सामाजिक संजालमा गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन हमालले अपिल गरेका छन् । उनले करिब ९ मिनेट लामो भिडियोमा दीपाश्रीको नामै नलिई सम्बन्धित व्यक्तिलाई क्षमा गरिदिन भनेका छन् । कोरोनाको महामारीसँगै नेपालको राजनिति तथा सामाजिक एवं कला क्षेत्रमा पनि टिकाटिप्पणी भइरहेको जानकारी दिँदै आफूलाई सहकर्मी साथीले सार्वजनिक मञ्जमा भनेका कुराप्रति दर्शकको प्रतिक्रिया मात्र नभई आक्रोसलाई ध्यानमा राख्दै आफ्ना कुरा राखेका हुन् । दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायक पनि हुनुहुन्छ र ? भनेपछि राजेश हमालका फ्यानले उनलाई गाली गरिरहेका छन् । दीपाश्रीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन । र्हेनुहोस् भिडियो फेसबुक लाइभमा नायक राजेश हमालले राखेका कुराहरू
ऐश्वर्या राय र उनकी छोरीमा पनि कोरोना संक्रमण
काठमाडौं । बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरीमा पनि कोरोना संक्रमण देखिएकाे छ । उनीहरुमा आईतबार संक्रमण पुष्टि भएकाे हाे । शनिबार मात्र बच्चन अभिषेक बच्चन र अमिताभ बच्चनमा संक्रमण पुष्टि भएकाे थियाे । अमिताभकाे धर्मपत्नी जया बच्चनकाे भने नतिजा नेगेटिभ आएकाे भारतिय संचारमाध्यमले उल्लेख गरेकाे छ ।
प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको निधन
काठमाडौं । प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको शुक्रबार निधन भएको छ। दुई साता अघि अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान करिब २ बजे मुम्बईको गुरु नानक हस्पिटलमा मृत्यु भएको बताईएकाे छ । ७१ वर्षीया खान मुटुको समस्याबाट पीडित थिइन्। यसका साथै उनी मधुमेहकाे बिरामी पनि थिईन् ।