पल र पुजा अभिनित ‘ओई कान्छी’ सार्बजनिक (भिडियो सहित)

काठमाडौं । सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन् । छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । साथै, उक्त म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाई फिचर्ड गरिएको छ । भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन् ।

नयाँ कमेडि सिरियल ‘अड्डा’ डिशहोमकाे कमेडि प्लसमा

काठमाडाैं । डिशहोमले सुरु गरेको हास्य विषयवस्तु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा आजबाट नयाँ हाँस्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुने भएकाे छ । आजबाट हरेक मंगलबार साँझ ९ बजे कमेडि प्लसमा अड्डा प्रसारण हुने भएकाे हाे । विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन । भण्डारीका अनुसार हाँस्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि अड्डा केही फरक प्रस्तुति लिएर आएको बताए ।

डिसहोमबाट पहिलाे पटक बलिउड फिल्म रिलिज हुँदै, घरमै बसेर हेर्न सकिने

काठमाडौं । डिसहोमबाट पहिलो पटक बलिउड फिल्म रिलिज हुने भएको छ । हिन्दी चलचित्र ‘खाली पिली’ अक्टोबर २ तारिखमा डिसहोमबाट रिलिज हुने भएको हो । उक्त फिल्ममा अनन्या र इसान खट्टरको मुख्य भूमिका रहेको छ । दर्शकले प्रति शोको शूल्क तिर्ने गरी ९पे पर भ्यु० घरै बसेर चलचित्र हेर्न पाउने डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । “चलचित्रको ग्लोबल रिलिज नेपालमा डिसहोममार्फत् हुने हामीलाई गौरवको विषय हो । चलचित्र सिनेमा घरको सिनेमा घर च्यानलमा रिलिज हुनेछ ।” प्रबन्ध निर्देशक आचार्यले भने । यसअघि हिन्दी चलचित्र नेपाली सिनेमा थियटरमा रिलिज हुने गरेको थियो ।