पञ्चकन्या फाउन्डेशन र अजिसले संयुक्त रुपमा पोडकास्ट बनाउने

काठमाडौं । पञ्चकन्या फाउन्डेशन र अजिसले संयुक्त रुपमा पोडकास्ट बनाउने सम्झौता भएको छ । वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्धेश्यले दुई संस्थाबीच पोडकास्ट बनाउने सम्झौता भएका हो । पोडकास्ट बनाउन मुख्य उद्घेश्य युवा पुस्ता र बृद्धबृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पु¥याउनु रहेको फाउन्डेशनले जानकारी दिएको छ । यसको प्रत्येक श्रृङखलाले प्रत्येक श्रृङखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ । पञ्चकन्या फाउन्डेशन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहँदै आएको छ । यस्तै अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नका लागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रवर्धन गर्न मद्दत पु¥याउने संस्था हो ।

डिशहोममा मधेस प्लस च्यानल

काठमाडाैं । नेपाली टेलिभिजनको दुनियाँमा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ । डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ । नेपालमानै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रथमिकताका साथ प्रशारण गर्ने तयारि च्यानलले गरिरहेको छ । मधेस प्लस च्यानलमा हरेक शुक्रबार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिशृंखला मिथिलाञ्चली प्रसारण भईरहेको छ । यस सिरियललाई दर्शकहरुले रुचाउनुका साथै राम्रो प्रतिकृया जनाएकाे कारण साे च्यानल मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रीत कन्टेन्ट प्रसारण गर्ने तयारी गरिरहेको जानकारी दिएकाे छ । उक्त च्यानलमा डिशहाेमले हरेक शनिबार दिउँसो १ वजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रसारण गरिरहेको छ भने दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण गरिरहेको छ । डिशहाेमकाे अनुसार चाँडै यस च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुनेछ । लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।  

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालनमा

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालन गरेको छ । कार्यक्रम कमेडी क्याफे २०७७ फागुन २२ गतेदेखि डिशहोमको रियालिटी टीभी च्यानेल नं. १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भइरहेको छ । विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसंगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य व्यक्तिलाई प्रयाङ्क कल गरि प्रस्तोताले रमाइलो कुराकानी गर्ने छन् । हाँस्य टेलिश्रीङ्खलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनि फोन उठाउने व्यक्तिलाई प्रयाङ्क गर्छन् । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले मनोरञ्जन लिने कम्पनीले विश्वास लिएको छ ।