‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता हुँदै, विजेताले ११ लाख रूपैयाँसहित विभिन्न अवसर पाउने
काठमाडौं । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अँग्रेजी नयाँ वर्ष २०२१ को शुभारम्भ गर्न “खुकुरी म्युजिक नेसन” प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहनेछ, जसले नेपाली संगीत र नेपाली कलाकारहरुको उत्थान, प्रवद्र्धन एवं प्रोत्साहनमा सहयोग पुर्याउनेछन् । खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ, जहाँ आवेदकहरुले आफू भित्र रहेको सांगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निर्णायकहरुमा चर्चित स्टारहरु-विपुल क्षेत्री, समृद्धी राई र सबिन राई (नेपाली लोकप्रिय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) रहनेछन् । यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरुको नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष सांगीतिक कार्यक्रमबाट उद्घोष गरिनेछ । जनवरी १ तारिखमा सम्पन्न हुने सांगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने छन् । हालको कोभिड परिस्थितिको कारणले गर्दा खुकुरी देशको संगीत कार्यक्रममा प्रत्यक्ष उपस्थिति रहने छैन तर यो कार्यक्रम नेपालमै पहिलो चोटी यसप्रकारको कार्यक्रम हुनेछ, जुन बृहत् अनलाइन कन्सर्ट गरेर गरिनेछ र २०२१ फेब्रुअरी २१ मा गरिने घोषणासँगै नेपाली संगीतमा नयाँ नेपाली संगीत स्टारको उदयहुनेछ भने ती विजेताले ११ लाख रूपैयाँ बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्नेछ अनि विभिन्न कलाकारहरुको साथमा नेपालमा आफ्नो प्रस्तुतिको अवसर पनि उसलाई हुनेछ । यो कार्यक्रमको बारेमा बताउँदै खुकुरी रमको तर्फबाट कार्यक्रम मैनेजर श्रीदाशाहले भनिन् “खुकुरी रम नेपाली संगीत र यहाँको साँगीतिक प्रतिभाहरुमा गर्व गर्दछ । हामीले वर्षैभरी विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरुलाई साथ दिएका छौं, र खुकुरी देशको संगीत पनि, हामीले उदयमान नेपाली कलाकारहरु लाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि एक उपयुक्त मञ्च हुने अपेक्षा राखेका छौं । कोभिड-१९ बाट उत्पन्न जटिल अवस्था हामीहरु सबैका लागि कठिन बनेको छ, संगीत उद्योग पनि त्यसको मारमा परेको छ । तर यसो भन्दैमा राम्रो संगीतसिर्जनागर्ने आकाँक्षालाई यसबाट रोकिनु दिनु हुँदैन । यसर्थ, हामी नेपालीकलाकारहरुसँग मिलेर नेपाली संगीतको उत्सवमनाउने दिशामा अग्रसर भएका छौं तर यसपटक परिस्थिति यस्तै भएकोले भर्चुअल विधि अपनाएका छौं ।” खुकुरी देशको संगीतलाई २०२१ को भव्य एवं विशाल साँगीतिक कार्यक्रम बनाउने तयारी गरिएको छ र योविभिन्न साँस्कृतिक पृष्ठभूमिबाटआएका थरी थरीका प्रतिभाहरुद्वारा प्रस्तुत हुने संगीतको विभिन्न विधाहरुको एक भव्यशो बन्नेछ । विभिन्न समुदायका व्यक्तिहरुले उनीहरुको संगीतमाउनीहरुको साँस्कृतिक प्रभावलाई कसरी दर्शाउँछन्, नेपाली संगीत कसरी मनाउँछन् र अन्ततःगर्वका साथ नेपालीको उद्घोष कसरी गर्छन् भनेर हेर्न वास्तवमै अभूतपूर्व मज्जाआउनेछ । यो प्रतियोगिता नेपाल लगायत विदेशमा रहेका सबै नेपालीहरुका लागि खुला गरिएको छ ।
विवाहको पूर्व सन्ध्यामा अभिनेत्री श्वेता खड्काले लेखिन् भावुक स्टाटस
म: जीवनको नविन यात्रामा जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर, ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुश्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ । म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरप्रष्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरप्रष्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ ।” अत: मैले मृत्युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनि जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ । ‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कमजाेर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महशुस गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन् गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें । “मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निश्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे, अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र ?” म मेरा हितैषीहरुलाई प्रश्न गर्थें । आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्वीकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय शुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?” मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचार जना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रति साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रति रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् । अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु । उही तपाईंकी छोरी/चेली श्वेता खड्का (अभिनेत्री खड्काकाे सामाजिक सञ्जालबाट । उनी मंसिर २२ गते बिवाह गर्दैछिन् ।)
काठमाडाैंकी नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’
तस्बिर- हिडन ट्रेजर काठमाडाैं । काठमाडाैंकी नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० काे उपाधी जितेकी छिन् । श्रेष्ठले शनिबार पार्क भिलेज रिसाेर्टमा आयोजना भएकाे मिस नेपाल वर्ल्ड २०२० काे उपाधी जितेकी हुन् । श्रेष्ठलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराइन् । उनले यसअघि २०१६ काे मिस नेपालमा पनि भाग लिएकी थिइन् । यस्तै, यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजिया, ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठ र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् ।