नेसनल जिओग्राफीकाे वृतचित्रमा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको कथा

काठमाडाैं । विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जिओग्राफीक डकुमेन्ट्री फिल्मसले निर्माण गरेको वृतचित्र ुओन द रुम मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ । पाण्डे नेपालमा पहिलोपटक सप्राइज प्लानिङ तथा गिफ्टिङ सेवा भित्र्याउने कम्पनी अफरिङ ह्यापिनेसका सह-संस्थापक हुन् । सो कम्पनीले आफ्नो वेवसाइट मार्फत विगत ४ वर्ष देखि देश-विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच गिफ्ट तथा सरप्राइज आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ । एमी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो वृतचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो । अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले ग्लाेबल स्टुडेन्ट इन्टरप्रेनरसिप अवार्ड फाइनल्सका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धीहरु मध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा डिजनी प्लसमा सार्वजनिक हुनेछ ।

पोखराकी एलिना गुरुङ्ग बनिन् वाइ वाइ नेपाल स्टारको विजेता

काठमाडौं । नेपालको आफनै साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ्गले भएकी छिन् । नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरी प्रशारण गरेकाे साँगितिक रियालीटि शो को पहिलो सिजनको विजेता गुरुङ भएकी हुन्। नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो ग्राण्ड फिनालेमा नेपाल सरकारका संचार, सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको ३०० स्टुडियोमा भव्य समारोहका बीच कार्यक्रम भएको थियो । नेपाली गीत संगीत नेपालको संस्कार, संस्कृतिलाई विश्वको कुना कुनामा चिनाउने एक सशक्त माध्यम भएको र वाइ वाइ नेपाल स्टारमा देशभरबाट हजारौको संख्यामा अडिसनको समयदेखि यो अन्तिम प्रतिस्पर्धासम्मको अवधिमा रहने सम्पूर्ण सहभागीहरुले देशको नाम राख्न सफल भएको मन्त्री गुरुङले बताए। नेपाल टेलिभिजन क्रमश अत्याधुनिक कार्यक्रमहरु प्रविधिसँग घुलमेल गर्दै आम दर्शक सामु पस्कन पाउदा अत्यन्त गौंरवान्वित भएको महशुस भएको नेपाल टेलिजिभनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले बताएका थिएन। नेपालको आफनै एकमात्र साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको अडिसन नेपालको ७ बाटै प्रदेशमा भएको थियो । यस वाइ वाइ नेपाल स्टारको मुख्य प्रायोजकको रुपमा वाइ वाइ बृज सिमेन्ट तथा सिद्धार्थ बैंक रहेको थियो भने अन्य प्रायोजकहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हरपल चामल तथा यति कार्पेट रहेका थिए। वाइ वाइ नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा रहेका पोखराकी एलिना गुरुङ्ग, ताप्लेजुङ्गका लक्ष्मण लिम्बु, काठमाण्डौका शुरेस लामा तथा धरानका सन्देश बम्जन लामा थिए। यी अन्तिम प्रतिस्पर्धाका चारै जनाले जनही रु ५,५ लाखका दरले नगद प्राप्त गरका थिए भने वाइ वाइ नेपाल स्टार बन्न सफल पोखराकी एलिना गुरुङ्गले थप ३० लाख सहित रु ३५ लाख नगद जितेकी छिन्। वाइ वाइ नेपाल स्टार २०७६ साल फाल्गुन २४ गते शनिवारका दिनदेखि नेपाल टेलिभिजनबाट प्रशारण शूरुवात भएको थियो। बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण नेपाल स्टार पनि केही समय रोकिन पुगेको थियो र यसलाई पुन केही समयपछि निरन्तरता दिइएको थियो। यस कार्यक्रमलाई बिश्वस्तरको बनाउन नेपाल स्टारका डाइरेक्टर रवि श्रेष्ठको अथक प्रयास, मेहनत र परिश्रम प्रत्यक्ष प्रशारणसम्म रहेको थियो भने उहाँसँग एउटै टिममा रहेर काम गर्नुहुने सम्पुर्ण नेपाल स्टार उत्पादन,व्यवस्थापन टिमको उत्तिकै मेहनत रहेको थियो। वाइ वाइ नेपाल स्टार जस्तो नेपालको आफनै साँगितिका रियालिटी शो परिकल्पना कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले गरेका थिए र उनले शुरुदेखि अन्तसम्म कार्यक्रमलाई सफल बनाउन कार्यक्रमका डाइरेक्टर रवि श्रेष्ठ लगायत अन्य टिम एवं नेपाल टेलिभिजनसँग प्रत्यक्ष रुपमा संबाद गरेका थिए।    

गायक सनम लामाको ‘आकाशको जुन’ सार्वजनिक

काठमाडौं । गायक सनम लामाको स्वर रहेको ‘आकाशको जुन’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । आधुनिक शैलीमा तयार गरिएको गीतमा शब्द सौरभ राणा मगर तथा संगीत सनम लामाकै रहेको छ भने सविन लिम्बुले एरेन्ज गरेका हुन् । चर्चित इन्टरटेनमेन्टलेनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन अर्जुन क्षेत्रिले गरेका हुन् । ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु खेसेहाङ खजुुम, दिलिप खड्का र नारायण काफ्लेको अभिनय देख्न सकिन्छ । बिशाल प्याकुरेलको छायाँकन, गणेश राइको कथा रहेको भिडियोको सम्पादन सनम लामाले गरेका हुन् । गीतलाई दासि इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा त्रिकोणात्मक प्रेमकथा चित्रण गरिएको छ ।