बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन
काठमाडाैं । भारतीय कलाकार तथा बिग बाेस विजेता सिद्धार्थ शुक्लाको निधन भएकाे छ । भारतिय मिडियाका अनुसार हृदयघातकाे कारण शुक्लाकाे ४० वर्षकाे उमेरमा निधन भएकाे हाे । ‘बीग बोसल १३’को विजेता समेत रहेका उनकाे जन्म सन् १९८० मुम्बईमा भएको थियो । उनी भारतीय टेलिभिजन सिरियलका निकै परिचित अनुहार हुन् ।
गायक जेबी टुहुरेकाे निधन
काठमाडाैं । गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कधात भई बल्खुको बयोधा अस्पतालमा उपचाररत उनकाे बिहीबार मध्यान्ह साढे १२ बजे निधन भएको हाे । ७८ वर्षका उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो । टुहुरेको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा १ः३० बजेदेखि २ बजेसम्म र ३ बजेदेखि ४ बजेसम्म पशुपति आर्यघाटमा राखिने बताइएकाे छ ।
गायक सपुत र दुलाल बने ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’
काठमाडाैं । सरकारले लोकगायक प्रकाश सपुत र लोक गायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद् सम्बन्धि जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो । गीत संगीतको माध्यमबाट समूदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरुलाई सो सम्बन्धि सदभावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । “विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ, यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समूदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपद जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ,” उनले भने । प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढि प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भईरहेको पनि जनाएको छ । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाएकाे छ ।