टिकटक स्टार रियालिटी शो हुने, विजेताले कार पाउने

काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म टिकटकलाई लिएर रियालिटी शो आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’को घोषणा गरिएको हो । प्रतिस्पर्धामा भाग लिनेहरुमध्येबाट प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर उपहार मिल्ने बताइएको छ । त्यस्तै, उत्कृष्ट १० प्रतियोगिहरुलाई कम्युटर, क्यामेरा, टेलिभिजनलगायतका विभिन्न उपहार प्रदान गरिने कार्यक्रमका निर्देशक हरी शर्माले बताए । शिखर नेपाल प्रा.लिले आयोजना गरेको प्रतियोगिताका टिकटकको माध्यमबाट हुने अभिनय, नृत्य, गायनलगायतका प्रस्तुतीहरुलाई समेटिएको छ। यस्ता प्रस्तुतीमार्फत सहभागिले कार्यक्रममा भाग लिन पाउन आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको निर्णायकको रुपमा भने अभिनेत्री गौरी मल्ल, वर्षा सिवाकोटी र रमेश उप्रेती रहेका छन् ।

न्यून पारिश्रमिक लिने कलाकारलाई सरकारले सहयाेग गर्ने

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका हुन् । यस्तै उनले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरुको भिडियो बनाउनु पर्ने पनि बताए । ‘यो कार्यक्रम सफल बनाउनको लागि मेरो र सरकारको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, टिकटकलाई समाजले पोजेटिभ रुपले हेरोस्, नकारात्मक कुरा मात्रै होइन, सन्देशमुलक पनि होस्,पोजेछिटभ पनि होस्,सँगै विकृतिका कुरालाई उजागर गरोस्, म कलाकार श्रमीकहरुको सामाजिक सुरक्षा कोषमा पनि सहयोग गर्न तयार छु, के गर्नुपर्छ सहयोग हुन्छ,’ उनले भने ।  

मिस इन्टरकन्टिनेन्टल नेपाल पाठकलाई बिदाई

काठमाडाैं । मिस इन्टरकन्टिनेन्टल नेपालका नेशनल डिरेक्टर राजेश राैनिया‍रले मिस इन्टरकन्टिनेन्टल नेपाल निशा पाठकलाई बिदाइ गरेका छन् । उनलाई प्रतियाेगिताकाे लागि राैनियारले शुभकामना दिँदै बिदाइ गरेका हुन् । पाठक इजिप्टमा हुन गइरहेकाे मिस इन्टरकन्टिनेन्ट २०२१ काे लागि छिटै जाँदै छिन् । उक्त बिदाई कार्यक्रममा निशाले प्रतियाेगितामा लगाउने राष्ट्रिय पाेसाक र इन्ट्राेडक्सन भिडियाे प्रस्तुत गरिएकाे थियाे । पाठक ४९ औं मिस इन्टरकन्टिनेन्टल नेपाल हुन् ।