डीएभी स्कुलमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
काठमाडौं । डीएभी शुशील केडिया विश्व भारती विद्यालयमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व र विद्यालयका विद्यार्थी र अभिभावकको उपस्थितिबीच मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लता मङ्गेश्करको वृत्तचित्र प्रर्दशन गरिएको थियो । कार्यक्रममा गायिका मनिला सोताङ्ग र बबिता मानन्धरको उपस्थिती रहेको थियो । दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । सोही अवसरमा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । यस्तै प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रर्दशन गरेक थिए । त्यसैगरी संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङग्रेजी शिक्षिका शशिल्ता राइले लता मङ्गेश्करले गाएको युगल गीत प्रस्तुत गरेका थिए । विद्यालयले स्व. गायिका लत मङ्गेश्करको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
टिकटक स्टार रियालिटी शो हुने, विजेताले कार पाउने
काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म टिकटकलाई लिएर रियालिटी शो आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’को घोषणा गरिएको हो । प्रतिस्पर्धामा भाग लिनेहरुमध्येबाट प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर उपहार मिल्ने बताइएको छ । त्यस्तै, उत्कृष्ट १० प्रतियोगिहरुलाई कम्युटर, क्यामेरा, टेलिभिजनलगायतका विभिन्न उपहार प्रदान गरिने कार्यक्रमका निर्देशक हरी शर्माले बताए । शिखर नेपाल प्रा.लिले आयोजना गरेको प्रतियोगिताका टिकटकको माध्यमबाट हुने अभिनय, नृत्य, गायनलगायतका प्रस्तुतीहरुलाई समेटिएको छ। यस्ता प्रस्तुतीमार्फत सहभागिले कार्यक्रममा भाग लिन पाउन आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको निर्णायकको रुपमा भने अभिनेत्री गौरी मल्ल, वर्षा सिवाकोटी र रमेश उप्रेती रहेका छन् ।
न्यून पारिश्रमिक लिने कलाकारलाई सरकारले सहयाेग गर्ने
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका हुन् । यस्तै उनले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरुको भिडियो बनाउनु पर्ने पनि बताए । ‘यो कार्यक्रम सफल बनाउनको लागि मेरो र सरकारको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, टिकटकलाई समाजले पोजेटिभ रुपले हेरोस्, नकारात्मक कुरा मात्रै होइन, सन्देशमुलक पनि होस्,पोजेछिटभ पनि होस्,सँगै विकृतिका कुरालाई उजागर गरोस्, म कलाकार श्रमीकहरुको सामाजिक सुरक्षा कोषमा पनि सहयोग गर्न तयार छु, के गर्नुपर्छ सहयोग हुन्छ,’ उनले भने ।