फागुन १८ गतेदेखि ‘अर्को अर्थ नलागेमा’ मण्डला थिएटरमा

काठमाडौं । यही फागुन १८ गतेदेखि नाटक ‘अर्को अर्थ नलागेमा’ मण्डला नाटक घरमा मञ्चन हुने भएको छ । नाटक यही फागुन १८ गते, मंगलबारदेखि चैत ७ गतेसम्म मञ्चन हुने भएकाे हाे । उक्त नाटक हरेक शनिबार कान्तिपुर पत्रिकामा छापिँदै आएका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्को अर्थ नलागेमा’का स्तम्भमध्ये १० र ११ वटा स्तम्भहरुलाई जोडेर रुपान्तरण गरिएको नाटकका एक निर्देशक नवीनचन्द्र अर्यालले जानकारी बताए । अर्यालको अनुसार नाटक आफुसहित थप ९ जना नयाँ युवन निर्देशक निता राई, सुरज तमू, चन्द्र नेपाली, राज न्यौपाने, जयराम ढकाल, अकिल बजगाईं, आर्जेश रेग्मी, सञ्जीप योगी, निशांश पोखरेलले निर्दशन गरेका हुन् । नाटकको संयोजना तथा परिकल्पना लामो समयदेखि रंगकर्म क्षेत्रमा लागेका सुनिल पोख्रेलले गरेका हुन् । नाटकमा संगीत सापकोटा, सब्बु गुरुङ, देविशा लामिछाने, उत्तमराज पाण्डेय, आनन्द महत, मौसम खड्का, विशाल देवकोटा लगायतका ‘ज्ञ’ थिएटरका कलाकारको अभिनय रहने छ । नाटक हरेक दिन साँझ ५:३० बजे र शनिबार भने दिउँसो १ बजेपनि मञ्चन हुने आर्यलले जानकारी दिए ।

अब डिशहोमबाटै कोरियन सिरिज हेर्न पाइने, नेपाली भाषामा प्रशारण हुँदै

काठमाडौं । अब डिशहोमबाटै कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ हेर्न पाइने भएको छ । डिसहोमले यही माघ २९ गतेदेखि सो नयाँ कोरियन सिरिज प्रशारण गर्न लागेको हो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ । डिशहोमले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ । भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी डिशहोमले गरिरहेको छ ।

नेसनल जिओग्राफीकाे वृतचित्रमा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको कथा

काठमाडाैं । विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जिओग्राफीक डकुमेन्ट्री फिल्मसले निर्माण गरेको वृतचित्र ुओन द रुम मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ । पाण्डे नेपालमा पहिलोपटक सप्राइज प्लानिङ तथा गिफ्टिङ सेवा भित्र्याउने कम्पनी अफरिङ ह्यापिनेसका सह-संस्थापक हुन् । सो कम्पनीले आफ्नो वेवसाइट मार्फत विगत ४ वर्ष देखि देश-विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच गिफ्ट तथा सरप्राइज आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ । एमी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो वृतचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो । अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले ग्लाेबल स्टुडेन्ट इन्टरप्रेनरसिप अवार्ड फाइनल्सका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धीहरु मध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा डिजनी प्लसमा सार्वजनिक हुनेछ ।