चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो ‘चिसो मान्छे’

काठमाडौं । चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो चलचित्र ‘चिसो मान्छे’ । जसले हाम्रो मुलुकको राजधानीबाट दुर रहेको सुदुरको कथा थोरै तर हुबहु उतारेको छ । थोरै पात्र र धेरै लामो दुरि समेटेर बनाइएको उक्त चलचित्र नेपाली सिनेमाले खोजेको एक मीठो कोसेली हो । भोलिका दिनमा सिनेमार्केटलाई चिसो मान्छेले हल्लाउन नसक्ला,सोसल मिडियाको भाइरल कन्टेन्ट बन्न नसक्ला, चिसो मान्छेका मुख्य पात्रलाई सबैले चिन्न नसक्लान् । तर उक्त चलचित्र हेर्ने दर्शकले चिसो मान्छेलाई अलग्गै किसिमले व्याख्या गर्ने छन् । के उतारेको छैन र चिसो मान्छेले ? चिसो मान्छेले परदेशदेखि घरदेशसम्मको कथा पर्दामा उतारेको छ । विधवादेखि विदुरसम्मको पीडा उतारेको छ । बाकसमा थुनिएको चिसो लासमाथि हुने भष्ट्रचार उतारेको छ, लासमाथि खेलिने राजनीति उतारेको छ । सुदुरपश्चिममा गरिने जातिय विभेदलाई उतारेको छ (डुम्) । एक विधवाले एक विदुरको आँखा पढिसकेपछि, यो समय यहि रोक्कियोस् भन्दै गर्दा मलाई कविजीको एउटा लाइन बारम्बार मगजमा खेलिरह्यो । ‘तिमी आँखा खोलेर निदाउन सक्दैनौं, मलाई पढ्नु छ तिम्रा आँखा के भन्न चाहन्छन् भनि ।’ कथाले जे माग्यो, जस्तो माग्यो त्यस्तै रूपमा प्रस्तुत भैदिने कलाकार क्या कलाकार । भाषा, भूगोल अनि कथा नै फरक पर्दा पनि कत्ति मज्जाले भूमिका निभाउनुभयो । पुरै मुभि हेरेपछि यति भन्न कन्जुस्याइँ गर्न सकिन्न ‘पूर्वकी स्वास्तिमाले पश्चिमी भाषालाई न्याय दिएकी छिन् ।’

कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

काठमाडौं । डिशहोम फाईवरनेटले मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’ को सह – प्रायोजन गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ुकमेडी हवु माग्नेबुढा ९केदार घिमिरे० ले निर्देशन गरेका हुन । राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायतका हाँस्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भईसकेको छ ।

पूर्व डेपुटी गभर्नर शिवाकोटीको ‘दोहमना घुम्न जाउँ’ सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको २१औं गित ‘दोहमना घुम्न जाउँ’ सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकको संचालक समिति सदस्य रहेका शिवाकोटीले रचना गरेको सो गितमा तुलसी पराजुलीले संगित भरेका छन् भने स्वर पनि पराजुली र प्रविशा अधिकारीको छ । गितको एरेन्जर चन्दु गोर्खाली हुन भने भिडियोमा दिपेन्द्र तिमल्सेना, स्मारिका ढकाल र विवेक शिवाकोटीको अभिनय छ । भिडियोको निर्देशक निर्देशक कमल खालिङले गरेका हुन् । सो गितमा मोरङ जिल्लाको दोहमना क्षेत्रमा आन्तरिक पर्यटन बढाउन सो क्षेत्रको प्रचार प्रसार गरिएको छ । रचनाकार शिवाकोटीले कक्षा ४ देखि १० सम्म सोही स्थानको विद्यालयमा अध्ययन गरेका थिए । सोही कारण आफ्नो क्षेत्रको प्रचार प्रसार गर्न गित रचना गरिएको शिवाकोटीले बताए । गितमा सो क्षेत्रको चालचलन, रहनसहन, खानपान जस्ता विषयको चर्चा गरिएको छ । सो क्षेत्रका ऐतिहासिक र पौराणिक स्थानहरु सुनबर्सी महाराज र काँटा महाराजको क्षेत्रको चर्चा गरिएको छ । सुनबर्सीमा बैशाख १ गते र काँटामा बैशाख २ गते ठूलो मेला लाग्ने गरेको छ । सो गित पूर्वेली भाकामा छमछम नाच्न मिल्ने लयमा रहेको शिवाकोटीले बताए ।