साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन
काठमाडाैं । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् । यसैबीस, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले साहित्यकार श्रेष्ठको साहित्यिक देनको स्मरणसहित उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
‘ऐतिहासिक विमान अपहरण २८ जेष्ठ २०३०’ पुस्तक भित्र रमाउँदा
मदन प्रसाद अर्याल पूर्वको लागि एक चर्चित अनुहार । विराटनगरका समाजसेवी ,करिव आधा दर्जन साहित्यिक र र्धािर्मक पुस्तकका लेखक र दुइ दर्जन भन्दा बढी सस्थांमा आवद्घता जनाइसकेका अर्यालले पछिल्लो पटक नेपाली वजारमा “ऐतिहासिक विमान अपहरण २८ जेष्ठ २०३०” पुस्तक ल्याएका छन् । सामान्यतया लेखकहरुले कल्पनामा बगेर समाजलाई चेतना र असल मार्ग देखाउने उधेश्यले लेख्छन् । तर अर्यालले यो पल्ट २०३० सालतिर नेपाली काँग्रेसले अगुवाई गरेको पन्चायत बिरुद्घको सरकार ढाल्न हतियार किन्न र कार्यकर्ता लाई भोक भोकै मर्न नदिन नेपाल रास्ट्रबैंक बिराटनगर शाखामा रहेको ३० लाख भारतीय रुपैयाँ दाखिला गर्न विमानबाट काठमाडौं पठाउन लागेको रकम कसरी बिच बाटोबाट अपहरण गरियो र भारतिय शहर फारविसगन्ज पुर्याइयो भन्ने कुरा यस पुस्तकको मुल विषय वस्तु हो । लेखक स्यंम आफुपनि रास्ट्रबैकका तत्कलिन कर्मचारि मात्र नभई यो योजनाका प्रमुख पात्र पनि हुन् । २०३० साल जेस्ठ महिना शुरु भएको थियो । कुनै एकजना परिचित मान्छेले तपाई लाई (लेखक लाई) गिरिजा दाजुले भेट्न खोज्नु भएको छ । जसरि पनि एकपटक उहाँलाई जेगवनि गएर भेट्नु भनेर गयो । गिरिजा प्रसाद कोइराला त्यति वेला जोगवनि –फारबिसगंज बसेर नेपाली कांग्रेसले गरेको क्रान्तिको अगुवाई गर्दै हुनुहुथ्यो । (पेज १२) आफु बैंकमा काम गरेपनि कसरि नेपाली कांग्रेसले गरेको क्रान्ति लाई सहयोग गरेको , कसरि गिरिजा प्रसाद कोइरालाले नगद ले भरिएको विमान अपहरण गर्न सहयोग माग्दा किन नाई भन्न नसकेको र रास्ट्रबैंकको गोप्य सुचना कसरि चुहाएको भन्ने वारेका यस पुस्तकमा लेखकले छलङ् पारेका छन् । शाखामा त्यतिबेला मेरो काम बिल्स सेक्सनमा थियो । बिशेस गरेर क्लियरिङ हाउसको काम वढि पथ्र्यो । केदार जि विरामि परेर केहिदिन विदामा बसेकोले मदनजि तपाई फन्ड टान्फरको काम पनि हेर्नु होला । अव मेरो काम काठमाडौ बाट कहिले चिठी आउला भन्ने थियो । (पेज १६) परिस्थिति अनुकुलता देखेर म चकित थिएँ । मेरो मनको ढुकढुकि बढेको जस्तो भयो । जहाजभित्र सिक्योरिटी थिएन् । २ जना बैंक स्टाफ डेपुटि म्यानेजर दिलीप जङ थापा र क्यासियरको असिस्टेन्ट गगांलाल प्रधान सहित बैंकको ३० लाख भारतीय रुपैयाँ पर्सी जेठ २८ गते आइतबार विहान ८.३० वजे प्लेन जाने भन्ने यकिन भयो र मैले चिया पिउने वहानाले अफिस वाट निक्लेर सुचना दिए । (पेज १८) यस पुस्तक जति जति पढदै गइन्छ पाठकको मनमा अब के होला भन्ने कौहतुलता बढदै जान्छ । लेखकले परिस्थीति र घटना यसरी पुस्तकमा उतारेका छन् । मानौ यो पुस्तक नभएर पढदै जादा सिनेमा हेरेको भान हुन्छ । कहिँ कहिँ त मुटुका धड्कन तेज हुन पुग्छन् । म बिहान जेष्ठ २८ गते कोइराला निवास गएँ । मेरो मन धेरै अशान्त भइ रहेको थियो ,त्यहा वि.पि कोइरालाका जेष्ठ छोरा प्रकाश कोइराला थिए । मलाइ केहि वेर प्रकासलाई भनु कि नभनु लोगेको थियो । तर प्रकाश मेरो मिल्ने मित्र भएकोले भने आज हाइज्यकिङ् हुँदैछ । आज विहान काठमाडौं जाने नेपाल रास्ट्रबैंकको नगद सहितको प्लेन अपहरण हुने वाला छ मैले सवै कुरा सुनाएँ । अनि हामी पुर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको घर तिर लाग्यौं । (पेज १९ ) प्लेन अपहरण पछि साहि सेनाका ठुला–ठुला ट्रकहरु धेरै सेना हरु आए अफिस घेरा हाले । मलाइ आखाँ तरेर हेर्न थाले ,इन्स्पेक्टरले मलाई सोधपुछ गरे ,केरे ,मेरो वयान लिए । त्यसपछि मेरो भद्रपुर सरुवा भयो । त्यसपछि चन्द्रगढी जेलमा राखियो जेलमा मोरङ्कै असोक कोइराला पनि हुनुहँुदो रहेछ । लेखकले आफु जेल भित्र बस्दाको पीडा यसरी लेखेका छन् यो पुस्तकमा पढने जो कोहि एक चोटि नरोई बस्न सक्दैनन् । नयाँडिउटिमा आएको गार्डले अति फोहोरी र छाडा गालि गर्न थाल्यो र बेला बेलामा झ्यालबाट राइफल सोझ्याएर मारिदिउँ भन्दै दुनियाँ भरिको छाढा गालि गर्दे यी अन्तर्रास्ट्रिय तत्व हरुलाई मार्नै पर्छ भन्थ्यो । जेल भित्रका कैदिबन्दिहरु हामी केहि नबोलि सुतिरहन्थ्यौं । (पेज ३४) लेखकले यस पुस्तकमा कसरी आफुले खाँदा खाँदैको नोकरी दाउमा राखेको ,ज्यान जोखिममा पारेको नोकरि छोडेको र पछि पन्चायत ढलेपछि पनि आफनो योगदानको पार्टि र पार्टिका अग्रजहरुले वास्ता नगरेको र उक्त पीडाबोधले राजनितिक आस्थामा चोट पुगेको र हाल राजनितिक दाउपेचभन्दा पर बसेर समाजिक र र्धािर्मक पाटोमा आजको दिनमा लागेको कुरा चित्रण गरेका छन् । लेखकले नेपालीले बिर्सिसकेको त्यस विमान अपहरण को नेपालको पहीलो राजनितिक घटना करिब ४२ वर्ष पछाडि लेखकका सहोदर भाई संसद अमृत अर्याल र भाई जस्तै अर्का सांसद पुस्कर आचार्य र कानुन विद विपुलेन्द्र चक्रवर्ति सहित धेरैले आग्रह गरेका कारण र आजको नयाँ पुस्ताको लागि इतिहास सँग साक्ष्यात्कार गराउने हेतुले लेखकले २०७३ साल कार्तिकमा यो पुस्तक बजारमा ल्याएका छन् । गहकिलो घटना तर थोरै मुल्य तिन सय मात्र राखेर प्रकासन गरेको यो एतिहासिक विमान अपहरण २८ जेष्ठ २०३० आम नेपालीले पढनै पर्ने पुस्तक मध्येको एक हो ।
तन्त्र जे होस् मन्त्र एउटै हुनुपर्छ (कविता)
जब समृद्धिको कुरा नारामा सीमित हुन्छ जब न्याय र अधिकारका कुरा संविधानका धारामा सीमित हुन्छ तब बन्न सक्दैनन् रहरका सपनाहरु विपना कहिल्यै ।। नेतृत्वले राजधानी नै देश ठानिरहे डोल्पा र कालिकोटलाई दुर्गम नै मानिरहे नयाँ नेपालको सार्थकता के ? तन्त्र जे होस् मन्त्र एउटै हुनुपर्छ भेद र शोषणका बन्धन तोडेर हामी समान र स्वतन्त्र हुनुपर्छ तब न देश दुख्दा दुख्छन् मन मुटुहरु ।। भ्रष्ट र सामन्तकै राज चलुन्जेल आँखा छलुन्जेल दलालहरुले अभावले गरिबहरु ढलुन्जेल मौन बसिरहे सर्दै जानेछ विकास अनि समृद्धि सार्थक पार्न सहिदका सपना चलखेल टार्न र सीमा बार्न उठ्नै पर्छ हामी एक भएर प्रत्येक मुटुहरुमा धड्कनुपर्छ देश सधैँ ।। चुलाउनुछ आस्थाको शिखर फुलाउनुछ सिर्जनाका फूलहरु खुलाउनुछ विकासका बन्द मुहानहरु भुलाउनुछ स्वार्थमा तल्लीन मनहरुलाई राष्ट्रहितमा ।। हिजो आज र भोलि सबैका मन मस्तिष्कमा सजाइएका समृद्धि सपना पूरा गर्न अब अबेर गर्नु हुँदैन अल्झेर अन्धविश्वासमा ।। गोपाल खनाल तारकेश्वर गापा-१ दाङसिङ, नुवाकोट हाल पोखरा-११