प्रतिष्ठित ‘इन्टरनेसनल बुकर प्राइज’ उपन्यास ‘ताइवान ट्राभलग’ लाई
काठमाडौं । ताइवानको परिकार र निषेधित प्रेमको कथामा आधारित उपन्यास ‘ताइवान ट्राभलग’ ले प्रतिष्ठित इन्टरनेसनल बुकर प्राइज जितेको छ । मन्दारिन चिनियाँ भाषाबाट अनुवाद गरिएको कुनै उपन्यासले यो सम्मान पाएको यो पहिलो पटक हो । यो उपन्यास ताइवानी लेखक याङ सुआङ जीले लेखेकी हुन् भने ताइवानी–अमेरिकी नागरिक लिन किङले अंग्रेजीमा अनुवाद गरेकी हुन् । यसको कथा सन् १९३० को दशकको ताइवानको पृष्ठभूमिमा आधारित छ, जुन समयमा यो जापानी शासनको अधीनमा थियो । यसमा दुई महिलाको ताइवानका विभिन्न परिकारहरूको यात्रालाई देखाइएको छ । उपन्यासलाई यसरी प्रस्तुत गरिएको छ कि मानौं यो कुनै पुरानो यात्रा संस्मरणको अनुवाद हो, जसमा काल्पनिक फुटनोटहरूसमेत समावेश छन् । सन् २०२० मा यो पुस्तक प्रकाशित हुँदा धेरै पाठकहरूलाई यो वास्तवमै कुनै ऐतिहासिक दस्तावेज हो जस्तो लागेको थियो । जुरी प्यानलकी अध्यक्ष नताशा ब्राउनले यसलाई ‘अत्यन्तै आकर्षक र चलाखीपूर्वक लेखिएको परिष्कृत उपन्यास’ भनेकी छन् । कथाकी मुख्य पात्र काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारद्वारा प्रायोजित ताइवान यात्रामा निस्कन्छिन् । उनीसँग ताइवानी अनुवादक ओ चिजुरु हुन्छिन्, जसको प्रेममा उनी पर्छिन् । उपन्यासले यी दुई पात्रहरूका माध्यमबाट प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र सत्ताजस्ता विषयहरूको खोजी गर्दछ ।
बुद्ध
गाेपाल खनाल राखेर ईर्ष्या अनि अहङ्कार किन भैरहेछौ क्रुद्ध गर्नु छ सत्कर्म राखेर सद्भाव बोली व्यवहार शुद्ध युद्धको विभीषिकाबाट मानवता बचाउन तत्पर रहौं मनन गरौं त यही भनिरहेछन् मोह छाडेर हिँडेका बुद्ध
माफ गरिदेऊ अमिशा नानी
तिमीले केवल आफ्नो मन खोलेकी थियौ, संविधानप्रदत्त अधिकार बोलेकी थियौ, तर बदलामा के पायौ ? गाली, दुर्वाच्य र हप्की । के चाहिँ सहनुपरेन तिम्ले ? दर्दनाक साइबर हिंसाको घाउ, तुच्छ गाली, आक्षेप, लाञ्छना, बाआमासँग जोडिएका अश्रवणीय वृष्टि, आफूले कहिल्यै कसैलाई नबोलेको क्षुद्र बोली आफ्नै लागि सुन्नुपरो, सहनुपरो । मलाई माफ गर नानी, मैले तिम्रा लागि केही गर्न सकिनँ, निर्मला पन्तसँग जोडेर तिमीलाई डर देखाउँदा पनि, निर्मलाको दर्दनाक घटनामाथि मजाक बनाउँदा पनि, आमा–बहिनीको गाली दिँदा पनि, चुत्थो शब्दका वृष्टि हुँदा पनि, ‘बलात्कार त यसको पो हुनुपर्छ !’ भनेर खुलमखुल्ला भन्दा पनि, मैले केही गर्न सकिनँ, माफ गर नानी, तिम्रो यो असह्य पीडामा, तिम्रो यो दादाले तिम्रो आँसु पुछ्न सकेन, तिम्रो अस्मितामाथि औंला उठाउने हातहरू रोक्न सकेन । यद्यपि म मौन बसेको छैन नानी, तिम्रो पक्षमा शब्दहरू उभ्याएकै हुँ मैले, तर ती शब्दहरूले केवल मलाई होइन, मेरो घरका कोठासम्म गालीको वृष्टि ल्याइदिए । हिजो महिला हिंसाको वकालत गर्नेहरू आज तिम्रो वेदनापूर्ण घाउलाई ‘झोले हिंसा’भन्दै पीडालाई सस्तो बनाउँछन् ! हिजो निर्मला जस्ता पीडादायी, मर्माहित घटनामा सडक तताउनेहरू, आज बलात्कारजस्तो क्रुर पीडालाई ‘झापडजस्तै हो’ भन्दै गिज्याउँछन् ! आज उनीहरू पीडा होइन मुद्दा रोज्छन्, शोभा पाठक मात्र देख्छन्, बलात्कारकै भाष्य फेर्छन् ! हिजो ‘बोल्न दे सरकार’ भन्नेहरू आज ‘किन बोल्न दिने झोलेलाई’ भन्छन् ! हिजो गलत प्रवृत्तिको विरोध गर्नेहरू नै ‘तिमुरूले गरेथ्यो, अब हामीले किन नगर्ने’ भन्छन् ! मान्छे मर्दा आँसु झार्ने आँखाहरू आज रङ्ग, ब्राण्ड र झण्डा हेरेर मात्र रुन्छन्, र निर्दयी हाँसोसहित भन्छन्– ‘ए, मान्छे भनेको त झोले पो मरेको रैछ...’ ! आश्चर्य ! घोर आश्चर्य !! यो के हो ? मास हिप्नोटिजम् ? या मास रिफ्याक्टिब एरर् ? या बोर्डरलाइन पर्सनालिटी डिस्अर्डर ? सियर्ड साइकोसिस् ? या फ्यान्टिसिजम् ? मेसियानिजम् ? या स्प्लिटिङ?/बाइनरी थिङ्किग ? हो, सोच सबैको एउटै कहाँ हुन्छ र ! तर फरक सोचको सजाय यतिसम्म कठोर किन हुन्छ नानी ? गन्तव्य एकै भएता पनि बाटो फरक हुन सक्छन्, तर बाटो फरक हुँदैमा किन यति बिघ्न घृणाको आगो सल्किन्छ नानी ? किन आवाजको मूल्य र नारीको अस्मिता पनि रङ्ग र झण्डाले नापिन्छ नानी ? भैगो नानी, अब कसैलाई गाली नगरौं, यो अन्धकारमा हामी प्रेमको दियो बालौं मसँग सत्ता छैन, शक्ति छैन, पद र पैसा छैन, तर बहिनीहरूका लागि लड्ने दादासँग एउटा अटल साधना छ, जुन कहिल्यै पछि हट्ने छैन । फेरि कुनै नेपाली चेलीले यस्तो साइबर नर्क भोग्नु नपरोस्, नेपाली नारीको साहस कहिल्यै कम नहोस् । माफ गरिदेऊ अमिशा नानी, तिम्रो दादाले तिम्रो लागि केही गर्न सकेन, मलाई माफ गर ....