३ घण्टा बढी काम गर्दैन सनक्रिम, गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी: डा. स्मृति श्रेष्ठ
काठमाडौं। झरीको मौसम होस् वा चहकिलो घाम लागेको दिन, जाडो होस् वा गर्मी केही समय बाहिर बिताउँदा तपाईको संवेदनशिल छालालाई असर गर्ने गर्दछ। हामीलाई पहिलैबाट सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ भन्ने सुन्दै आएका छौं तर अझै पनि यसले कसरी काम गर्छ र हाम्रो छालालाई कसरी बचाउँछ भन्ने कुरामा हामी अस्पस्ट छौं। घाममा हाम्रो छालाको मिल्ने साथी भनेर सनस्क्रिनलाई भनिन्छ। सनस्क्रिन क्रिमको प्रयोगले छालालाई धेरै हदसम्म घामका नकरात्मक विकिरणको प्रभावबाट बचाउँछ। घामका किरणहरु देखिने र नदेखिने हुन्छन्। त्यसमा धेरै मात्रामा युभी रे हुने गर्दछ। यि विकिरणहरुले सिधै छालाको बाहिरी सतहलाई असर पार्दै छालाको कोशीकाहरुको बिकास दरमा प्रभाव पार्दछ। घामको किरण र छाला सम्पर्कमा आउँदा छाला डड्नुको साथै पछि गएर छाला चाउरिने, बिग्रिने र छालाको क्यान्सर पनि हुनसक्ने सम्भावना हुन्छ। हाम्रो छाला हाम्रो शरीरको संवेदनशिल भाग हो। घामको प्रत्यक्ष प्रभाव जहिले पनि छालालाई परिरहेको हुन्छ। लामो समयसम्म घामसँग छाला सम्पर्कमा रहँदा छालामा रातो डाबरहरु देखिने, चिलाउने, फोका जस्तो आउने गर्दछ। कसरी सनस्क्रिन क्रिम छान्ने ? बजारमा धेरै संख्यामा विभिन्न ब्राण्डका सनस्क्रिन क्रिमहरु पाइने गर्दछ। त्यसमा कुन हाम्रो छालाको लागि उपयुक्त हुन्छ भन्ने हामीले प्रयोग गरेपछी मात्र थाहा पाउन सक्छौं। त्यसमाथी बजारमा नक्कली ब्राण्डका ब्युटी प्रडक्ट छ्यापछ्यापती पाईन्छन् जसकारण हामी अझै धेरै सजक रहनुपर्छ। यसमा हाम्रो राम्रो छनोट हुन सक्छ मेडिकेटेड सनस्क्रिन क्रिम। यो सजिलै औषधी पसलमा पाउन सकिन्छ। तपाईले औषधी पसलको मानिससँग आफ्नो छालाको प्रकारको बारेमा बुझेर त्यही अनुरुप म्र्डिकेटेड सनस्क्रिन प्रयोग गर्न सक्नुहुन्छ। मेडिकल सनस्क्रिनमा किन्दा हामीले उक्त सनस्क्रिनमा भएको तत्वो र त्यसको एसपिएफ हेर्नुपर्ने हुन्छ। एसपिएफ भन्नाले घामको संरक्षण कारक ब्र्टिस असोसेसियन अफ डर्मेटोलोजिस्टको अनुसार एउटा सनस्क्रिनको एस्पिफ कम्तिमा पनि ३० भन्दा कम एसपिएफको प्रयोग नगर्नु भन्दछ। यस्तै एसपिएफ ५० भन्दा माथिका बजारमा पाईने सनस्क्रिन क्रिमको प्रयोग नगर्न छाला रोग बिशेषज्ञहरु बताउँछन्। धेरै सनस्क्रिनहरुले प्रयोग गरेको आधाघण्टामा आफ्नो काम गर्न थाल्दछ भने केहीले प्रयोग गरेको ५ मिनेटमै आफ्नो काम सुरु गर्दछ। यस्तै कुनै पनि सनस्क्रिन क्रिमले ३ घण्टा भन्दा लामो समय काम भने गर्दैन। त्यसैले दिनमा ३ पटक समय मिलाएर हामीले सनस्क्रिन आफ्नो छालामा प्रयोग गर्नुपर्छ। यो एक पटक लाउँदा आदा चम्चा देखी एक चम्चा लगाउनु पर्दछ। यो अन्य मोस्टराईजर क्रिम जस्तो थोरै प्रयोग गरेर काम गर्ने क्रिम भने होईन। साथै कुनै पनि सनस्क्रिन पूरा सुरक्षा भने होईन त्यसैले घरबाहिर जाँदा जहिले पनि तपाई छालामा सनस्क्रिन र हातमा छाता बोकेर निस्किनुहोला। गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी तपाईको छालाको रङले तपाईको छालालाई घामको किरणले कत्ति असर गर्छ र गर्दैन भन्ने निर्घारण गर्दछ। सबै प्रकारको छालालाई घामका विकिरणहरुले प्रभाव पार्ने भएता पनि गोरो छाला भएका मानिसलाई कालो छाला भएका मानिसको दाँजोमा बढी प्रभाव पार्ने गर्दछ। कालो छालामा मेलानोसाईट्स भन्ने तत्वो बढी हुनेगर्छ जसले मेलानिन उत्पादन गर्दछ। मेलानिन यस्तो तत्वो हो जसले युभी रे हरुलाई रोक्ने गर्दछ जसकारण कालो छाला भएका मानिसहरु घाममा सजिलै डढ्छन् तर घामको विकिरणको प्रभाव कम हुने गर्दछ। मेलानिन बढी भएको कारण कालो छाला भएका मानिसहरुको गोरो छाला भएका मानिसको दाँजोमा कम चाउरी पर्ने र क्यान्सर हुने सम्भावना कम हुन्छ। ( छाला रोग बिशेषज्ञ डा. स्मृति श्रेष्ठसँगको कुराकानीमा आधारित )
तीन दिनदेखि दैलेखमा विद्युत् आपूर्ति बन्द, जनजीवन कष्टकर बन्दै
काठमाडौं । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताएका छन् । उनले ढलेको पोल बनाइसकेको , रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको विद्युत लाइन मर्मत गरिरहेको उल्लेख गरे । विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ । त्यसैगरी, दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङले आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ । आधिकारिक रूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ । उक्त घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन् । यसरी झ्याप्प–झ्याप्प जाने विद्युत् सेवाले आम उपभोक्तामा मात्रै होइन, अत्यावश्यक सेवा क्षेत्र अस्पताल, यातायात, सञ्चारलगायतका क्षेत्रहरु समेत प्रभावित बनेका छन् । रासस
उच्च रक्तचापका बिरामीले औषधी नियमित नखाए प्यारालाईसिस हुने सम्भावना बढी : डा. अनिल भट्टराई
वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराई व्यस्त र तनावपूर्ण जिन्दगीको कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचापको कारण मात्र संसारभरमा वर्सेनि ७५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । यो संख्या मानिस मृत्यु हुने कूल संख्याको १२ प्रतिशत हो । बढ्दो उमेरलाई यसको मुख्य कारणको रुपमा मानिन्छ । युवा अवस्थामा पनि यो समस्या देखिएता पनि ६०–६९ बर्षको उमेर समूहलाई यसले बढी सताउने गरेको छ । हृदयघातको हुनुको कारणहरु मध्ये उच्च रक्तचाप पनि एक हो भनिन्छ, तर यी दुई बिच के–कस्तो सम्बन्ध छ भन्ने बिषयमा थोरै मानिसलाई मात्र अवगत छ । शुक्रबार विश्व उच्च रक्तचाप दिवस हो, यसै सन्दर्भमा उच्च रक्तचाप र हृदयघात कसरी सम्बन्धित छन्, प्रेसरको औषधी खानु ठीक छ कि छैन ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईसँग विकासन्यूजका लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी: उच्च रक्तचाप र हृदयघातको कस्तो सम्बन्ध छ ? उच्च रक्तचाप भएको मानिसलाई हृदयघात (हार्ट अट्याक) हुन्छ भन्ने ग्यारेन्टी छैन तर उच्च रक्तचाप हुने मानिसको रगतमा बढी चिल्लो (कोलेस्ट्रोल) र मधुमेह (सुगर) हुनेगर्छ । सुगर र कोलस्ट्रोल भएका मानिसलाई अन्य मानिसभन्दा हृदयघात हुने सम्भावना बढी हुन्छ । त्यस्तै यो अवस्थालाई निम्ताउने रोगको जोखिमका कारण पनि एउटै हुन्छ । उच्च रक्तचाप र हृदयघात दुवै वंशानुगत रोग पनि हुन् । मोटोपना, रगतमा चिल्लोको मात्रा बढी (कोलेस्ट्रोल), धुम्रपान, मधुमेह, मध्यपानको अत्याधिक सेवन, चिल्लो(बोसो भएको) र तारेको(भुटेको) खाना ब्ढी खानु यी दुवै रोग लाग्ने कारणहरु हुन् । साथै हृदयघात भएको मानिसको ईतिहास हेर्ने हो भने प्रायःमा उच्च रक्तचाप देखिन्छ, जसकारण उच्च रक्तचाप हुने मानिसलाई हृदयघात हुने सम्भावना बढी हुन्छ भन्न सकिन्छ । यिनै विविध कारण रक्तचाप र हृदयघात एकअर्कासँग सम्बन्धित छन् । हृदयघातका विभिन्न औषधीहरु छन्, जुन बिशेषज्ञ डाक्टरलाई देखाएर मात्र खानु पर्छ । हामीले घरमै बसेर पनि उपचार गर्न सक्छौं । हृदयघात हुँदा रक्तचापको अवस्था के हुन्छ ? हृदयघात हुने बित्तिकै मानिसको रक्तचाप घटेर जान्छ किनभने हृदयघात भनेको मुटुको मांसपेशीको कुनैपनि भागमा रक्तसंचार अवरोध भएर एकहद सम्म मरे तुल्य हुनु हो । यो अवस्थामा मुटुको रगत फाल्ने शक्ति कम भएर जान्छ । जसकारण हृदयघात भएको तत्कालीन अवस्थामा ब्लड प्रेसर घटेर जान्छ । रक्तचापको सबैभन्दा माथिल्लो लेभल र तल्लो लेभल कुन हो ? सबैभन्दा त पहिला सामान्य ब्लड प्रेसर कति हो भन्ने जान्न जरुरी छ । प्रेसर दुई किसिमका हुन्छन्, एक माथिको प्रेसर र दोस्रो तलको प्रेसर । ११०-१३० सम्मलाई माथिल्लो प्रेसरको सामान्य अवस्था मानिन्छ । यसमा प्रेसर १३० भन्दा माथि हुनु उच्च रक्तचापको अवस्था हो र ११० भन्दा कम हुनु निम्न रक्तचाप(लो ब्लड प्रेसर) को अवस्था हो । त्यस्तै, तलको प्रेसर ६०-८० को अवस्थालाई सामान्य मानिन्छ। यसअघि ९० लाई सामान्य मानिन्थ्यो । यसमा प्रेसर ८० भन्दा माथि हुनु उच्च रक्तचापको अवस्था हो र ६० भन्दा कम हुनु निम्न रक्तचाप (लो ब्लड प्रेसर)को अवस्था हो। उच्च रक्तचाप घटाउने तरिका के के हुन् ? ब्लड प्रेसरका विभिन्न औषधीहरु छन्, जुन बिशेषज्ञ डाक्टरलाई देखाएर मात्र खानु पर्छ । हामीले घरमै बसेर पनि उपचार गर्न सक्छौं । उच्च रक्तचाप भएको अवस्थामा नुनको मात्रा कम खाने किनभने नुनले शरीरमा पानीलाई राखिरहन्छ । जसकारण शरीरमा रगतको मात्रा बढ्न प्रेसर बढेर जान्छ । यी जोखिमका कारणलाई घटाउन खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्न आलु, चिनी, सेतो भात कम खाने गर्नुपर्यो । हामीले उच्च रक्तचापलाई व्यवस्थित गर्न खानपानमा व्यवस्थापन, नियमित व्यायाम, शरीरको चाल सामान्य राख्ने, धुम्रपान मध्यपान छोड्ने, तनावयुक्त जीवनबाट सक्दो टाढा बस्नु पर्छ । अहिलेको अवस्थामा हरेक पेशामा प्रतिस्पर्धा छ, जसकारण मानिसहरु हरसमय तनाबमा रहन्छन् । यदी हामी अरुसँग प्रतिस्पर्धा गर्नु भन्दा पनि आँफैमा प्रतिस्पर्धा गर्ने हो भने धेरै हदसम्म तनावबाट टाढा बस्न सक्छौं । यसरी हामीले धेरै हदसम्म ब्लड प्रेसरलाई सामान्य अवस्थामा राख्न सक्छौँ र भविश्यमा हुने हृदयघातबाट पनि आफुलाई बचाउन सक्छौं । घरेलु उपचार भनेको प्रेसर थप नबढोस् भनेर हो । यसले हुन सक्ने जोखिमलाई नियन्त्रण गर्ने हो, तर प्रेसर आँफैमा बढीसकेको छ भने त्यो आफैमा भने औषधी नखाई घट्न सक्दैन । ब्लड प्रेसरको औषधी खानु कत्तिको उचित हुन्छ ? घरेलु उपचार भनेको प्रेसर थप नबढोस् भनेर हो । यसले हुन सक्ने जोखिमलाई नियन्त्रण गर्ने हो, तर प्रेसर आँफैमा बढीसकेको छ भने त्यो आफैमा भने औषधी नखाई घट्न सक्दैन । त्यसले गर्दा उच्च रक्तचाप भएको बिरामीले विशेषज्ञ डाक्टरलाई देखाई औषधी नै खानु पर्ने हुन्छ । किनभने औषधी सेवन नगरेको अवस्थामा शरीरमा लामो समयसम्म प्रेसर रहन्छ जसले भविश्यमा मृगौला फेल हुने, आँखाको ज्योति कम हुँदै जाने, मस्तिस्कघात भएर प्यारालाईसिस हुने, सुगर र कोलेस्ट्रोल नियन्त्रण नहुँदा हार्ट अट्याक हुने संभावना रहन्छ । त्यसैले भबिश्यमा हुने ठूलो जोखिमबाट बच्न पनि प्रेसरको औषधी नियमित खानु जरुरी छ। त्यसको साथै समय समयमा चेकअप गराईराख्नु पर्छ । के हामी घरमै बसेर प्रेसर जाँच्न सक्छौं ? पक्कैपनि हामी घरमै बसेर प्रेसर जाँच्न सक्छौ, किनभने अहिले प्रेसरका डिजिटल मेसिनहरु बजारमा उपलब्ध छन् । आँफैले आफ्नो प्रेसर जाँच्न गाह्रो भएतापनि यदी घरमा कोही मेडिकल क्षेत्रका सदस्य हुनुहुन्छ भने उहाँबाट पनि तपाईँले आफ्नो प्रेसर जाँच्न सक्नुहुन्छ । एउटा प्रेसरको बिरामीले कति समयको अन्तरालमा आफ्नो प्रेसर चेक गराउनु पर्छ ? लामो समयसम्म प्रेसर भएका बिरामीलेहरुले हप्तामा दुईपटक सम्म आफ्नो प्रेसर जाँच्नु राम्रो हुन्छ, त्यस्तै सामान्य मानिसले महिनामा एक पटक आफ्नो प्रेसर जाँच्दा राम्रो हुन्छ ।