हजारमा १ शिशुलाई हुन्छ आँखाको क्यान्सर, तिलगंगा अस्पतलामा सचेतना सप्ताह मनाइँदै
काठमाडौं। तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन भईरहेको छ। रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करीब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ। यो वंशानुगत पनि हुन सक्छ। यसको लक्षणमा आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्यरुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनाका साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखा पर्नसक्ने चिकित्सकको भनाइ छ। यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्न सक्छ। आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिने प्रतिष्ठानले जनाएको छ। लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ तर उपचार गर्न ढिलो भइसकेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ। सप्ताह उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले यस रोगबारे जनचेतना जगाउन हरेक अस्पतालको प्रसूति वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई जानकारी गराउन सक्यौँ भने पनि ती महिलाले समयमै उपचारका लागि ल्याउन सक्ने धारणा व्यक्त गरिन्। तिलगङ्गा आँखा प्रतिष्ठानले यस रोगको उपचार र जनचेतनाका लागि गरेको पहलको प्रशंसा गर्दै उनले पैसाका कारण उपचार गराउन नसकेका बिरामीका लागि पनि लागि के कस्तो सहयोग गर्न सकिन्छ यसमा सरकार हातेमालो गर्न तयार रहेको जानकारी दिइन्। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले गाउँ घरका धेरै बिरामी शुरुमा जचाँउन सामुदायिक आँखा केन्द्र जाने भएकाले यस रोगको चेतना जिल्लास्थित सामुदायिक आँखा केन्द्रले प्राथमिकताका साथ गरिनुपर्ने उल्लेख गरे। उनले सबै सञ्चारमाध्यम प्रयोग गरी यस किसिमका बिरामीलाई प्रत्यक्ष निगरानीमा राखी सेवा प्रदान गर्न सकिनेमा जोड दिए। आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकारले प्रतिष्ठानमा यस रोगको उपचार कसरी भइरहेको छ र कस्ता प्रविधि प्रयोग भइरहेका छन् भन्नेसम्बन्धी जानकारी दिइन्। उनका अनुसार वार्षिक ३५ देखि ४० को सङ्ख्यामा यस रोगका नयाँ बिरामी आउने गरेका छन्। पहिलेपहिले उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो भने अहिले नयाँ प्रविधिको प्रयोग गरी शल्यक्रिया नगरिकन पनि यस रोगको उपचार गर्ने गरिएको छ। सो अवसरमा क्यान्सरपीडितको उपचारार्थ ओपन आई ग्लोबलले ४० जनाका लागि नक्कली आँखा निःशुल्क उपलब्ध गराउन प्रतिष्ठानलाई रु चार लाख उपलब्ध गराएको थियो। नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ३० देखि ७० प्रतिशत छ भने विकसित देशमा एक प्रतिशतभन्दा कम पाइन्छ। प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन डा बेन लिम्बूले शिक्षा र जनचेतनाको अभावले यस रोगका बिरामी ढिलो आउने, अर्थाभावका कारण उपचार नगरी फर्कने देखिएको र कतिको उपचार गर्दागर्दै पनि आँखा तथा ज्यान जोगाउन नसकिएको स्थितिबारे आफूहरुले सात प्रदेशको २७ अस्पतालमा अनुसन्धान गर्न थालेको जानकारी दिए। सप्ताहभरि नै जनचेतनाका लागि पर्चा, पम्प्लेट, स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा, आमासमूह र बालबालिकामा यो रोगका लक्षणसम्बन्धी तस्बीर देखाउने, विद्यालय, अस्पताल, समुदायमा पोस्टर टाँस्ने, आमसञ्चारका विभिन्न माध्यमबाट जानकारी दिइने प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु कुँवर केसीले जानकारी दिइन्।
झाडापखला लाग्दा झोल पदार्थ पिउनुहोस् तर दुध होइन : डा. अनुप बास्तोला
काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये झाडापखालाका बिरामी उल्लेख्य मात्रामा छन् । अस्पताल श्रोतका अनुसार केही बर्ष यता अस्पतालमा सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेका छन् । अस्पतालले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार प्रमुख पाँच रोगमा पहिलोमा झाडापखाला पाईएको हो । अहिले गर्मी सिजन चलिरहेको छ, यो सिजनमा धेरै मानिसहरुलाई झाडापखलाले सताउने गरेको छ । झाडापखाला जाडो महिनामा पनि देखिने गर्दछ, तर गर्मी महिनामा यसले मानिसहरुलाई बढी सताउने गरेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाको अनुसार विशेष गरेर ब्याक्टेरिया र भाइरसको संक्रमणले हुने झाडापखाला दूषित पानी, सडेगलेका बासी र झिंगा भन्किएका खाना, फोहोर पानी, फोहोर हातका माध्यमबाट फैलिने गर्दछन्। खुला क्षेत्रमा गरिएको मानिसको र पशुपन्छीको दिशा पानीमा मिसावट हुने र त्यही पानी मानिसहरुले पिउदा झाडापखलाको हुनु गरेको डा. बास्तोलाले बताए। खानाको कारण पेटमा हुने एलर्जी, शरीरले कार्बोहाइड्रेट पचाउन नसक्दा पनि झाडापखाला हुने गर्दछ । झाडापखाला हुँदा शरीरबाट धेरै मात्रामा नुन, पोषनतत्व र पानीखेर जान्छ, जुन अवस्थालाई जलवियोजन भनिन्छ । यस्तो अवस्थामा समयमै उपचार नभए बिरामीको अकालमा मृत्यु पनि हुन सक्दछ। के खाने ? १। साधा खानेकुरा झाडापखला लागेको समयमा चिल्लो, पिरो रहित साधा खानेकुरा खानुपर्छ किनभने यस समय चिल्लो र पिरो खानाले पेटमा अझै समस्य निम्ताउँछ। त्यसैले यस समयमा निकै साधा खानेकुरा खानुपर्छ जस्तै ः – सेतो भात – पाउरोटी – केरा – उसिनेको आलु – जाउलो यी खानेकुराहरु झाडापखला लागेको पहिलो दिन निकै नै सहयोगी हुन्छ, किनभने साधा खानेकुराहरुले पेटको पाचन शक्तीलाई सन्तुलित बनाउन मद्त गर्दछ। के पिउने ? झोलिलो पदार्थ झाडापखलाको समयमा एकदमै फाईदाजनक तत्व हो । झाडापखला लागेका मानिसहरुले यस्तो समयमा पानी खाईरहनुपर्छ र शौचालय गएर आएको हरेक पटक पानी पिउनु पर्दछ । धेरै पानी पिउनाले शरीरमा पानी कम हुन नदिई शरीरलाई तागत दिईरहन्छ । यस समयमा शरीरले पानी मात्र नभएर मिनिरल जस्ता महत्वपूर्ण तत्व गुमाउँछ। त्यसैले यो अवस्थामा मानिसहरुले मिनिरलहरु पाइने झोल पदार्थ पिउनुपर्छ। मिनिरल पाइने झोल पदार्थ – नरिवल पानी के नखाने ? १। मसालेदार खाना मसालेदर खानेकुराले झाडापखला भएको अवस्थामा अझै पेटलाई बिगार्ने गर्दछ। यसकारण यो समयमा मसालेदार खानेकुराबाट टाढै बस्दा राम्रो हुन्छ। २। तारेको खानेकुरा तारेको खानेकुराले पाचन शक्तीलाई अझै कमजोर बनाउँछ। यसले झाडापखलालाई अझै जटिल बनाउने हुनाले यस अवस्थामा तारेको खानेकुरा खानु हुँदैन। यसको विकल्पमा उसिनेको तरकारी खानु स्वस्थ हुन्छ । ३। उच्च फाईबरयुक्त खानेकुरा झाडापखला लागेको समयमा उच्च फाइबरयुक्त खानेकुराले पनि समस्या निम्ताउन सक्छ । यधपी फाइबरले पाचन शक्तीलाई तन्दुरुस्त राख्ने भएपनि यसले झाडापखला लागेको समयमा अझै धेरै बिगार्न सक्छ। फाइबर युक्त खानेकुरा गहुँ, चामल, रोटी, बदाम हुन्, तर स्याउ, केरामा भएको फाइबरले भने झाडापखलालाई रोक्न मद्त गर्दछ। अन्य खानु नहुने खानेकुरा –प्याज र लसुन – प्याक गरिएको खानेकुरा – काँचो तरकारी – काउली, बन्दा, ब्रोकाउली, दुग्ध पदार्थ – सुंगुरको मासु
सुत्केरी आमामा देखिन्छ मानसिक समस्या, बेलैमा उपचार नगरे बच्चाको ज्यानै लिने !
काठमाडौं । बच्चा जन्मिएको समय हरेक महिलाको जिन्दगीको सबैभन्दा महत्वपूर्ण समय हो । चाहे त्यो महिला पहिलो वा दोस्रो अथवा तेस्रो नै पटक आमा बन्दै छिन् अथवा आमा बनेको केही हप्ता हुँदैछ भने त्यो उसको लागि एकदमै रमाइलो क्षण हुनेगर्छ । तर, केही महिलाको लागि भने यो क्षण दुखदायी पनि हुन सक्छ । किनभने धेरै महिलाहरुलाई बच्चा जन्मिसकेपछि केहि दिन तनाब, उदाशिनता, चिन्ता, छटपट, उकुसमुकुस हुने गर्दछ । यो समयमा राम्रोसँग हेरचाह नपाए महिला डिप्रेसनमा पनि जान सक्छिन्, जुन लामो समयसम्म उनीमा रहीरहन सक्छ। उदास र निराशाको भावना भर्खरै बच्चा जन्माएका अभिभावकलाई सामान्य रुपमा देखिरहेको हुन्छ । त्यसैले नयाँ अभिभावक बन्नु भएका र उनीहरुको नजिकका मानिसहरुले यसको लक्षणहरू बुझेर साथ दिनु पर्छ । आफ्नो मानिसको साथ, सहयोग र उपचारबाट डिप्रेसनमा गएकाहरु फेरी पनि खुशी बन्न सक्छन् । बच्चा पाएपछी आमामा देखिने मानसिक समस्याः १। बेबी ब्लुज धेरै नवशिशुको आमालाई शिशु जन्मेको पहिलो १–२ दिनदेखि १०–१५ दिनसम्म मनमष्तिस्कमा धेरथोर तनाब, उदाशिनता, चिन्ता, छटपट, उकुस मुकुस आदि हुने गर्दछ, जसले गर्दा उसलाई छिनछिनमा रुन मन लाग्ने, मन आत्तिने, झनक्क रिस उठ्ने, खान मन नलाग्ने, निन्द्रा राम्रो नपर्ने आदि हुन्छ। यी समस्याहरु तेस्रो हप्तासम्ममा लगभग आँफै समाधान भएर जान्छ। यो प्रक्रियालाई बेबी ब्लुज भनिन्छ। पहिलो चोटी आमा बनेकोलाई धेरैलाई यो समस्या देखिन्छ। किन हुन्छ बेबी ब्लुज ? यो महिलाहरुमा गर्भवती भएदेखी बच्चा पाउँदा शरीरको हर्मोनमा हुने परिवर्तनको कारण हुने गर्दछ । गर्भवती हुँदाको समयमा हुने शरीरको हार्मोन एस्ट्रोजन र प्रोजेस्टोरनको लेभल अचानक बढ्ने र बच्चा पाएसँगै अचानक घट्ने गर्छ जसले आमाको मुडलाई प्रभावित गर्दछ। यो हर्मोन केही हप्तामै गर्भवती अवस्था भन्दा अगाडीकै सामान्य भएर जान्छ जुनसँगै बेबी ब्लुज हराएर जान्छ। के गर्ने ? आराम, पोषणयुक्त खानेकुरा र आफन्तको साथ यो समयमा सबैभन्दा आवश्यक हुन्छ किनभने अपुरो निन्द्रा, थकाईले यसलाई झनै खराब अवस्था निम्ताउँछ। बेबी ब्लुजको समस्यासँग जुध्नलाई सबैभन्दा पहिला नयाँ आमाहरुले केही समयको लागि परिवार र साथीभाइको सहयोग लिनुपर्दछ । आफ्नो परिवारको सदस्य तथा साथीभाइलाई केही समयको लागि किनमेल, बच्चालाई खाने कुरा बनाउने काममा सहयोग लिनुहोस् । यो समयमा तपाई भने भरपुर आराम गर्नुहोस् । जहिले पनि आफ्नो नजिकको मानिससँग आफ्नो मनको कुराहरु राख्नुहोस् । कहिले पनि एक्लो महसुस गरेर भावनामा नबहकिनुस् । कुन अवस्थामा डाक्टरसँग सम्पर्क गर्ने ? यदी बेबी ब्लुजको लक्ष्ण तपाईलाई २ हप्ताभन्दा बढी देखा पर्छ भने तपाईले तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्ने हुन्छ। २। पोस्टपार्टम डिप्रेसन केही नयाँ आमाहरुलाई १–२ हप्ता भन्दा बढी समयसम्मा दुःख लाग्ने, केहि कुराको पनि रमाइलो नलाग्ने, बच्चा हेरेर खुशी हुन नसक्ने, जिन्दगी खल्लो भएको जस्तो आदि लक्षणहरु देखा पर्छन्, जसलाई पोस्टपार्टम डिप्रेसन भनिन्छ । यो अवस्थामा आमाले बच्चाको हेरचाह गर्न सक्दिनन् । यो बच्चा पाएको केही समयमै वा १२ महिना भित्रमा देखिने गर्दछ । डिप्रेसनको लक्षण: – केही कुरामा ध्यान दिन नसक्नु र कुनैपनि काम पूरा गर्न नसक्नु । – केही खान मन नगर्ने, भोक नलाग्ने । – आफु राम्रो आमा नभएको महसुस गर्ने । – बच्चालाई ध्यान नदिने । – दिनको धेरै पटक रुने, धेरै सानो कुरामा पनि चित्त दुखाउने, भाबुक हुने । – बच्चासंग रमाउन नसक्ने, खेल्न नसक्ने, जति प्रयास गर्दा पनि बच्चा प्रति ममता नपलाउने जसले गर्दा मनमा ग्लानी उत्पन्न हुने । – धेरै कम बोल्ने वा काम नपरी अरुको अगाडी नपर्ने, कुरा गर्न मन नलाग्ने । – खान नरुच्ने, निन्द्रा नपर्ने ९कसै कसैमा ठिक उल्टो भोक नलागे पनि खाई रहने वा दिनको १६–१८ घण्टा सम्म सुत्ने पनि हुन्छ । – नचाहिँदो कुरामा चिन्ता गरेर बस्ने, बच्चाको स्याहार–सुसार गर्न सक्दिन झैं लाग्ने, आफु आमा हुन लायक नभएको जस्तो महसुस हुने, भबिस्य अन्धकार भएको जस्तो लाग्ने, अब मेरो जिन्दगी बर्बाद भयो भन्ने जस्तो कुरा पटक पटक मनमा आउने । – जत्तिखेर पनि शरीर शिथिल भएको जस्तो, शक्तिहीन महसुस हुने, केहि गर्न आँट नआउने । – मन जत्तिखेर पनि तनाबमा हुने, कारण बिना आत्तिएर बस्ने, खुसि हुन नसक्ने, गित संगीत सुन्न वा चलचित्र हेर्न मन नलाग्ने । – ध्यान एकाग्र गर्न नसक्ने, स(साना कुराको निर्णय पनि गर्न नसक्ने । – आफ्नो बच्चाको रुप र ब्यबहारको प्रशंसा गर्नुको साटो, बच्चा देखेर रिस उठ्ने । यस्तो सोचाइ र भावनाहरु महिलाको लागि एकदमै दुःखदायी हुने गर्छ जबकी उसलाई यो समयमा सबैभन्दा बढी खुशी हुनुपर्ने हो । धेरै महिलाले यस्तो अवस्थामा अरुलाई कुरा साट्ने गर्छन् । तर यो अवस्थामा उसलाई उपचारको एकदम आवश्यक हुन्छ । यसलाई पनि बेबी ब्लुजको जस्तै हार्मोनको घटबढ कारण भएको मानिन्छ । यसले धेरै महिलालाई सताउने गर्दछ, तर कसैको स्वास्थ्य यसको कारणले गर्दा जोखिममा पनि हुनसक्छ । परिवारमा कसैलाई डिप्रेसन भएको अथवा यसभन्दा अगाडि आमा बन्दा बेबी ब्लुज भएका महिलाहरुमा यो समस्या देखिने गर्दछ । यसको अन्य कारण गर्भवती अवस्थामा घरायसी तनाव, परिवारको साथ सहयोगको कमीको कारण हुने गर्दछ । कुन अवस्थामा डाक्टरलाई सम्पर्क गर्ने ? यो कयौं महिनासम्म महिलामा रहिरहन सक्छ । यदी सही समयमा यसको उपचार गर्न सकियो भने मात्र उक्त महिलाले आफुलाई साधरण अवस्थामा पाउनेछिन् । ध्यान, बोल्ने थेरापी, पोशण युक्त खाना, पर्याप्त आराम यसको उपचार हो । केही महिलालाई राम्रो महसुस हुन केही हप्ता लाग्न सक्छ भने कोहि केही दिनमै सामान्य अवस्थामा आउने गर्दछन् । ३। पोस्टपार्टम साईकोसिस ( यदि पोस्टपार्टुम डिप्रेसन समयमै चिन्न सकिएन र बल्झिदै गयो भने यसले पोस्टपार्टम साईकोसिसको रुप लिन सक्छ । यदि पहिलेनै मानसिक समस्या भएको भए बच्चा जन्मिएको केहि दिनमै पोस्टपार्टम साईकोसिस हुन पनि सक्छ नत्र केहि हप्ता लाग्न सक्छ। पोस्टपार्टम डिप्रेसन बढ्दै गयो भने आमाको मष्तिसकले के सहि हो, के गलत हो, कुन भावना सामन्य हो र कुन असामान्य हो, आफु होसमा हो या बेहोसमा हो, के गर्दा ठिक हो र के गर्दा बेठिक हो छुट्याउन सक्दैन । यस्तो अवस्थालाई पोस्टपार्टम साईकोसिस भनिन्छ । यस्तो अवस्थामा केहि समय अस्पतालमा राखेरै उपचार गर्नुपर्ने हुन सक्छ । साईकोसिसका लक्षणहरुः – नभएको कुरा देख्न थाल्नु वा सुन्न थाल्नु, अर्को मानिससंग वार्तालाप गरेको झैं गरि आँफैसंग लामो समयसम्म प्रश्नोत्तर गरिरहनु, घरमा नभएको जीव जन्तु देख्नु । – कुन साल हो, कुन महिना हो, साथी नाता गोता कोको छन् पत्तो नहुनु, सामान्य प्रश्नहरुको उत्तर दिन नसक्नु । – उदाशिनता, चिन्ता, रिस, आदि झन् झन् बढ्दै जानु, आफु र बच्चा दुबैको भोक र निन्द्राको ख्याल नगर्नु, बच्चाको रुवाईले आक्रोसित हुनु । – बच्चा र आंफ्नो दुबैको हत्या गर्ने योजना बनाउनु, कसै कसैले बच्चामा भुतप्रेत पसेको छ वा केहि कारणले बच्चालाई समस्या भएको छ भन्ने भ्रम भै बच्चालाई त्यसबाट जोगाउन भनेर बच्चाको शरीर आगोमा फालिदिने, चक्कुले कोप्ने आदि गर्ने योजना बनाउछन् । कसैले भने बच्चाले भबिस्यमा दुःख पाउँछ, म मेरो सन्तानलाई त्यस्तो दुःख हुन दिन्न र समयमै समधान गरिदिनेछु भन्ने निर्णय लिन्छन् । कोहिले बच्चाको कारण आफ्नो जिन्दगि बर्बाद भएको भनेर बच्चालाई ठेगान लगाउनु पर्छ भनेर सोंचाई बनाउँछन्, कोहिले मनको पिडा सहनै नसकिने भो भनेर आफ्नो ज्यान लिने निर्णय गर्छन् र आँफु मरे पछि आफ्नो सन्तानको बिजोग हुन्छ भनेर सम्पूर्ण परिवार एकै पटक ज्यान लिने मन बनाउछन् । – पछि गएर माथिको उदाहरणमा दिइएको घटना घटेको सबै कुरा आमाले थाहा नपाउनु, सपना जस्तै लाग्नु । घटना भैरहेको बर्तमान अवस्थामा सोध्ने हो भने आमाले आफ्नो मनको कुरा जस्ताको तस्तै भन्न सक्छिन् तर पछि थोरै कुराहरु बाहेक कुनै घटना याद हुँदैन ।