आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उद्घाटन

काठमाडौं । काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएका छन् । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्घाटन वरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् । उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बसनारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पुर्ण कानुनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा बरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरी सञ्चालनमा आएकोले छिटै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अबस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन ।

रात्रिकालीन काठमाडौं, रंगिन दुनियाँ कि विकृतिको अड्डा ?

काठमाडौं । संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन् । फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ । शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको हो । निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य ‘जाने हो ?’ स्कुटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो, जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो । एकछिन बार्गेनिङ भयोे र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन । रातको १० बजेको छ । ठमेल आसपास धेरै यौनकर्मी महिला र तेस्रो लिंगी सलबलाउन थालिसकेका छन् । युरोप र अमेरिकाको संगत गरेको ठमेल ह्याप्पी फ्राइडेको नशामा डुबेको छ । ठमेलका रात्रिकालीन व्यवसाय मस्त र व्यस्त रूपले चलिरहेछ । डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ । रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन उमेर नपुगेकालाई प्रवेश गर्न प्रशासनले रोक लगाएको छ । तर पनि १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूको आवतजावतसमेत सहजै भइरहेको देखिन्छ । महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार प्रहरीले कडाइ गरेका कारण उमेर नपुगेकालाई प्रवेश दिने क्रम रोकिएको छ । प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा कडाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई कारबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ । प्रहरीले दैनिक रूपमा निगरानी नगर्ने भए तापनि विभिन्न अवस्थामा गरिने चेकजाँचका क्रममा बालबालिकाको प्रवेशमा नियन्त्रण देखिएको एसएसपी लामाको दाबी छ । कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।

होली खेल्दै हुनुहुन्छ ? छाला र कपाललाई रंगको प्रभावबाट बचाउन यसो गर्नुहोस्

काठमाडौं। रंगहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदै छ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी साट्ने गर्दन् । होलीको समयमा दिनभरी अनुहारमा दलेको रंगले छालाको प्राकृतिक रुप बिगार्ने गर्दछ। यसले गर्दा छाला सुख्खा हुनुका साथै विभिन्न समस्याले मानिसलाई सताउने गर्छ। छालाको साथसाथै कपालहरु पनि रंगको कारणले बिग्रिने गर्दछ। त्यसैले यस्तो अवस्थामा आफ्नो छाला र कपाललाई बिशेष ध्यान दिनुपर्ने हुन्छ। होली खेल्दा यस्ता कुरामा ध्यान दिनुस्  : १। छालामा रंगले धेरै नै प्रभाव पर्ने गर्दछ छ त्यसैले होली खेल्न जानु भन्दा अगाडि मोस्टराईजर र सनक्रिमको प्रयोग गर्नुहोस्। यसले तपाईको छालालाई सुख्खा हुनबाट जोगाउनको साथै रङले छालालाई पार्ने प्रभावबाट बचाउन मद्त गर्दछ। २। होलीको रंगमा विभिन्न केमिकल मिसाएको हुन्छ । जसले होलीपछि शरीरमा लागेको रंग निकाल्न निकै मेहनत गर्नुपर्छ। यसकारण होली खेल्नु अघि शरीर र कपालनमा तेल लगाउनुहोस् । यसले कपाल र शरीरमा रंग बस्नबाट रोक्छ ३। होली खेल्दा हातको नङमा धेरै नै रंग लाग्ने गर्छ । नङमा रंग लाग्दा हात र नङ कुरुप बन्न सक्छ । यसकारण होलीको रंग हातमा लाग्नु भन्दा पहिले नङमा नेल पोलिस लगाउन नबिर्सनुहोस् । यसले नङको सौन्दर्य पनि बढ्छ र रंगबाट पनि जोगाउँछ। ४। आँखामा चस्मा तथा ग्लासको प्रयोग गर्ने । होली खेलेपछि यसाे गर्नुस् : १। कपालमा नछुट्ने रंग लागेको छ भने त्यसलाई निकाल्नका लागि सिधै स्याम्पू लगाउनु हुँदैन । पहिले सादा पानीले  कपाललाई राम्रोसँग सफा गर्ने । यसले कपालमा लागेको रंग सफा हुन्छ । त्यसपछि मात्रै स्याम्पू लगाएर कपाल धुने गर्नुपर्छ । यस बाहेक कपालमा स्याम्पू लगाउनु भन्दा पहिले अण्डाको पहेँलो भाग लगाएर लगभग ३० मिनेट सम्म छोड्नुहोस् । साथै दहीमा मेथी मिसाएर पनि लगाउन सकिन्छ। २। होली खेलीसकेपछी अनुहारको रङ सफा पानीले पखाल्नुहोस्। पानीले राम्रोसँग रंग नगएको खण्डमा तपाईले फेसवासको प्रयोग गर्नसक्नु हुन्छ। ३। अन्त्यमा राती सुत्ने समयमा टोनर र मोस्टराईजरको प्रयोग गर्नुहोस्।