बेलुका ७ देखी १० बजे रुँदा सबैभन्दा बढी वजन घट्ने
काठमाडौं। एसियावानले सार्वजनिक गरेको नयाँ अध्ययन अनुसार मानिसहरूले रुदाँ र भावनाहरूलाई पोख्दा वजन घट्ने देखिएको छ। यो सम्भव छ र यसको पछि वैज्ञानीक कारणहरु पनि रहेका छन्। जब हामी रुन्छौं हाम्रो शरीरबाट कन्ट्रोसिल नामको हार्मोन निस्कन्छ। यो हार्मोन शरीरबाट बढी मात्रामा निस्कँदा यसले शरीरमा भएको बोसोलाई पगाल्ने गर्दछ। साथै तनाव-दुखका कारण निस्किएका आसुँले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हटाउन मदत गर्दछ जुन वजन घट्नको लागि राम्रो तरिका हो। यो अध्ययनको निष्कर्ष प्रसिद्ध जैव रसायनज्ञ विलियम फ्रेीले समर्थन गरेका छन्। यदी तपाई त्यस्तो व्यक्तीमा पर्नुहुन्छ जो सजिलाई रुदैनन् भने यो त्यस्ता व्यक्तीको लागि भने यो तरिका वजन घटाउनको लागि काम गर्दैन। अध्ययनको अनुसार यदि तपाई भित्री मनबाट दुखी भएर रुनुभएको छ भने मात्र तपाईले आफ्नो शरिरको बोसो पघाल्न सक्नुहुन्छ। आँसु तीन प्रकारका हुन्छन् : बेसल, रिफ्लेक्स र साइकिक। बेसल आँसुले हाम्रो आँखालाई रसिलो राख्न मद्दत गर्दछ, रिफ्लेक्स आँसु धुवाँ-धुलो र प्रदुशणको कारण हुने गर्दछ र साईकिक आँसुहरु मानव भावनासँग जोडिएका हुन्छन्। यसको अर्थ मात्र साईकिक आँसुले मात्र तपाईको वजन घटाउन मद्त गर्द्छ। जब हामी तनावमा हुन्छौं तब हाम्रो मुटुको धड्कन बढेर जान्छ। मुटुको धड्कन बढ्दा हृदय मांसपेशिहरुले शरीरको क्यालोरीलाई घटाउन मद्त गर्दछ। त्यस्तै साँझको ७ देखी १० बजेको समय रुनको लागि धेरै राम्रो रहेको बताईन्छ किनभने यो समयमा भावनामा डुबेर रुँदा धेरै मात्रामा कन्ट्रोसिल हार्मोनहरु निस्कन्छ। (टाईम्स अफ ईण्डियाबाट नेपालीमा उल्था गरिएको)
तनहुुँका ८० ज्येष्ठ नागरिकले पाए बुढेसकालको साथी ’लौरी’
काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–६ का ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीको रूपमा लौरी वितरण गरेको छ । वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो । ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या रहेको हुँदा हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले लौरी प्रदान गरिएको वडाध्यक्ष बसन थापाले जानकारी दिएका छन् । उनका अनुसार लौरीको सहायताले हिँड्डुल गर्दा ज्येष्ठ नागरिकको स्वास्थ्यमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त लौरी पोखराबाट प्रतिथान रु एक हजार २०० मा खरिद गरिएको हो । उक्त लौरी हिँड्डुल नगर्दाको समयमा फोल्डिङ गरेर झोलामा राख्न मिल्छ । वडा सदस्य निर्मला वाग्लेका अनुसार ज्येष्ठ नागरिकको सम्मानस्वरुप गत वर्ष चरेसको थाल वितरण गरिएकामा यस वर्ष लौरी वितरण गरिएको हो । लौरी पाएपछि ८२ वर्षीय बुद्धिबहादुर थापाले लौरीको सहयोगमा हिँड्डुलमा सहज हुने बताए । लौरी नहुँदा घर वरपर हिँड्न पनि समस्या हुने गरेको सुनाउँदै उनले लौरीको सहायताले बैंकसम्म पुग्न सहज हुने बताएका छन् । अधिकांश ज्येष्ठ नागरिक काठको लौरी प्रयोग गर्न बाध्य छन् । काठको लौरी केही महिनापछि भाँच्चिने र अर्को लौरी खोज्न वा बनाउन पनि समस्या पर्ने हुँदा दुःख पाउने गरेको उनीहरुको गुनासो छ । लायन्सद्वारा ह्वीलचियर प्रदान लायन्स क्लब इन्टरनेशनलले म्याग्दे गाउँपालिका–१ गुणादीका बलबहादुर थापालाई ह्वीलचियर प्रदान गरेको छ । सामान्य हिँड्डुल गर्न पनि नसक्ने थापालाई लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ‘बी १’ का सन् २०१८/१९ का गभर्नर अशोककुमार श्रेष्ठले ह्वीलचियर प्रदान गरेको हो । जन्मैदेखि अपाङ्गता रहनुभएका थापा शुरुमा सामान्य हिँड्नसक्ने भए पनि विगत ४/५ वर्षदेखि भने हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेका छन् । रासस
एक हजार दुईसय हजयात्री साउदी जाँदै,प्रतिहजयात्री रु दुई लाख ३० हजार
काठमाडौं । नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको जनाएको हो । यस वर्ष पनि नेपालबाट एक हजार २०० हज यात्रामा जानेछन् । यसरी, हज यात्रामा दुई हजार पठाउनका लागि पहल गरिए पनि सार्थक नभएको समितिले जनाएको छ । समितिले गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावासको अथक प्रयासका बाबजुत पनि कोटा बढाउन नसकिएको समितिका अध्यक्ष शमशेर मियाँले बताए । साउन २ देखि १० गतेभित्र हजयात्री साउदी पुग्नेछन् । दैनिक १५० का दरले एयर अरेबियाको जहाजबाट हजयात्री लगिनेछ । साउदीमा ४२ दिनको मुख्य हज यात्रा सकेपछि उनीहरु स्वदेश फर्कने बताइएको छ । थप एक हजार कोटा माग गरिएकामा साउदी सरकारले ५०० थप्ने मौखिक आश्वासन दिएको भए पनि त्यो पूरा हुन नसकेको भन्दै अध्यक्ष मियाँले हजयात्रीको कोटा बढाउनका लागि पहल गरिदिन सरकारसमक्ष आग्रह गरे । समितिका अनुसार नेपालमा करिब १२ लाख मुस्लिम समुदाय रहेको पुरानो आँकडा रहे पनि अहिले त्यो सङ्ख्या अहिले झण्डै १५ लाखको हाराहारीमा रहेका छन् । प्रतिहजयात्री करिब रु दुई लाख ३० हजार खर्च लाग्ने बताइन्छ । यो रकम हजीले नै ब्यहोर्छन् । समितिले रु १० देखि १५ हजार हरेक हजीलाई फिर्ता गर्ने गरेको थियो यो वर्ष रकम बढेकाले फर्काउन समस्या हुने समितिको भनाइ छ । विगतभन्दा कम रकममा हज गराउन लक्ष्यका साथ काम गरिरहेको भए पनि साउदी सरकारले नै हजयात्रीको खर्च बढाएकाले समस्या भएको समितिका अध्यक्ष शमशेर मियाँले बताए । उनले हजयात्रीको सहज व्यवस्थापनका लागि अनुदान रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । समितिका अनुसार यस वर्ष साउदी रियल बढेकाले प्रतिहाजीको कूल खर्चमा झण्डै रु पाँच हजारले वृद्धि भएको छ । साउदी सरकारलाई प्रतिहाजी बुझाउनुपर्ने स्थानीय यातायात खर्च यसपटक रु १५ हजार १८० ले बुझाउनुपर्ने बाध्यता छ । अध्यक्ष मियाँले हज समितिको बारेमा केही व्यक्तिले अनर्गल प्रचारबाजी गरेकोमा आपत्ति जनाउँदै संस्थाभित्र त्यस्तो कुनै गतिविधि नभएको र हज समिति आफ्नो लक्ष्यमा कटिबद्ध भएर लागि पर्ने बताएका छन् । हजीको टिकटलगायत व्यवस्थापनमा समितिले आर्थिक अनियमितता गरेको भनी समाचार आएको थियो । रासस