जोन्टा क्लब अफ काठमाडौँद्वारा विभिन्न विधाका दर्जनभन्दा बढी महिलाहरु सम्मानित

काठमाडौं । जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायताका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको छ । जोन्टा क्लब अफ काठमाडौं स्थानीय तथा राष्ट्रिय स्तरका महिला हिंसा र भेदभाव सम्बन्धी विभिन्न विषयहरुमा जागरुक गर्न निरन्तर लागि रहेको छ । कार्यक्रममा अपवाद र प्रभावकारी काम गरेर समाजमा परिवर्तन ल्याउनका साथै अन्य महिलाहरुको जीवनमा प्रभाव पर्ने कार्यमा लागि परेका विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मानित गरिएको छ । सम्मानित महिलाहरु दमशना शाक्यलाई “द प्रिन्शेस हेलेन शाह इन्स्पिरेस्नल उमन अफ द इयर अवार्ड २०१९” बाट सम्मानित गरिएको छ । उनलाई सम्मान स्वरुप रु १ लाख रुपैया प्रदान गरिएको छ । त्यस्तै, बसन्ति प्रधानलाई “अमर राना उमन इन फ्लोरिकल्चर अवार्ड २०१९” बाट सम्मानित गरिएको छ । बसन्ति प्रदानलाई रु १ लाख रुपैया प्रदान गरिएको छ । त्यस्तै, “ज्योति स्कलरसिप अवार्ड २०१९ फर म. क्लावस्म्यान उमन इन बिज्नेश स्कोलरसिप” अन्तर्गत श्रेया पोखरेललाई रु २५ हजार रुपैया प्रदान गरिएको छ । “ज्योति स्कलरसिप अवार्ड २०१९ फर योङ्ग उमन इन पब्लिक अफियरस्” मा प्रतिक्षा गुरुङलाई रु २५ हजार प्रदान गरिएको छ । साथै यस वर्ष जोन्टा क्लब अफ काठमाडौंले हालसम्म महिलाहरु अपरिचित रहेको क्षेत्रमा योगदान पुर्याउने ४ जना महिलालाई सम्मान गरेको छ । उनीहरुको कामप्रतिको लगनशीलता र उपलब्धीले प्रभाव पार्नुका साथै अन्य महिलाहरुलाई पनि उत्प्रेरित गरेको छ । उक्त अवार्डलाई नबिल बैंकले सपोर्ट गर्नुका साथै प्रत्येक ४ जना सम्मानित महिलालाई रु २५ हजार प्रदान गरेको छ । कार्यक्रममा लगातार २० वर्षदेखि हेभ्भी मेसिन इक्यूप्मेन्ट (डोजर) चलाईरहेकी मुना घिमिरे, नेपालकी पहिलो महिला बडि बिल्डर निर्मला महर्जन, निरन्तर महिला मेसनको रुपमा कार्यरत राम माया तामाङ, महिला मोटरसाईकल रेसर र स्टन्ट राइडर बन्ने सपना पूरा गर्न सफल भइसकेकी दिक्षा श्रेष्ठलाई सम्मानित गरिएको छ ।

देवीघाटको वृद्धाश्रममा लायन्स क्लबको सोलार प्यानल

काठमाडौं । नुवाकोटको देवीघाटस्थित एक वृद्धाश्रममा सोलार प्यानल जडान गरिएको छ । लायन्स क्लव इन्टरनेशनलको सहयोगमा विदुर नगरपालिका वडा नम्बर ५ स्थित जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रममा शनिबार सोलार प्यानल जडान लायन्सले सो प्यानल जडान गरी हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का गभर्नर लायन अशोक श्रेष्ठ गभर्नर श्रेष्ठले सामाजिक सेवामा लायन्स हरुको भूमिका महत्वपूर्ण रहको र सेवाकार्यमा एकमन भै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अुनुज कुमार श्रेष्ठले सामाजिक सेवामा सक्रिय लायन्स क्लबको ‘लिभिङ बाइ गिभिङ’ भन्ने मान्यताका साथ अघि बढेको भन्दै यस्ता सामाजिक सहयोगहरु गर्दै जाने बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिष्णु नेपाल, डिस्ट्रिकका पदाधिकारीहरु मणिश्री रत्न बज्राचार्य, हरि मरठ्ठा, रमेश श्रेष्ठ लगायतको उपस्थिति थियो । विभिन्न १६ वटा क्लबहरु तथा डिस्ट्रिक पदाधिकारीहरुको सहयोगमा गत माघ महिनामा सोलार प्यानल जडान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- ‘ह्याप्पी भ्यालेन्टाइन डे !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै नवयुवा तथा युगल जोडीलाई भ्यालेन्टाइन डेको शुभकामना दिएका छन् । करिब ५० मिनेट लामो सम्बोधनका क्रममा अधिकांश समय एक वर्षमा गरेका केही राम्रा काम, आश्वासन र विपक्षीप्रतिको आलोचनामा खर्चिएका ओलीले सम्बोधनलाई टुङ्ग्याउँदै भने – ‘म यहाँहरु सबैलाई धन्यवाद भन्न चाहन्छु, नयाँ पिढीका हाम्रा भाइबहिनीहरुलाई ह्याप्पी भ्यालेन्टाइन डे समेत ।’