जसले जति पायाे त्यति खान हुन्छ ग्रीन टी ? के हाे सही तरिका ?

काठमाडाैं । ग्रीन टी धेरै मानिसको लागि स्वस्थ जिवनशैलीको प्रतिज्ञा दिने पेय पदार्थ हो । यसमा धेरै मात्रामा ऐन्टीअक्सीडेण्ट हुने गर्दछ, जसले शरीरको कोषलाई क्षति हुनबाट बच्न मद्दत गर्दछ । ग्रीन टीले शरीरको बोसोलाई पगाल्ने, सास गन्हाउनलाई कम गर्न, मुटुरोगबाट बचाउने, शरीरको विषाक्त हटाउने, पाचनशक्ति राम्रो बनाउने र ढल्कदो उमेरले बाहिरी रुपमा पार्न प्रभावलाई कम गर्न मद्दत गर्दछ । साथै शुद्ध अर्गानिक ग्रिन टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई पनि बढाउँछ। तर, ग्रीटीले माथि उल्लेखित फाईदा गर्छ भन्दैमा जति पायाे त्यति खानु उपयुक्त होला ? स्वास्थ्य विज्ञहरुका अनुसार यस्तो गर्नु स्वस्थकर हुँदैन । प्रस्तुत छ ग्रीन टी कसरी खाने भन्ने विषयमा आहार विशेषज्ञ मिनाकुमारी शाहसँग कुरा गरेर तयार पारिएको हेल्थ टिप्स : दिनमा दुईदेखि ३ कप ग्रीन टीमा उच्च मात्रामा एन्टिअक्सिीडेण्ट र यसमा प्राकृतिक बोटबिरुवामा आधारित टानिन र फेल्भोनोईड जस्ता तत्व पाईन्छ । यसको अधिक सेवन विष बराबर हुनसक्छ वा यसले कलेजोलाई क्षति पुराउन सक्छ । यस्तै, यसले पत्थरी हुने सम्भावना पनि बढाएर जान्छ । त्यसैले दिनमा कहिले पनि दुईदेखि तीन कपभन्दा बढि ग्रीन टीको सेवन नगर्नुहोस् । खाली पेटमा नखानुहोस् तपाईको दिनको सुरुवात क्याफिनबाट गर्दा तपाईलाई बढि तागत प्राप्त हुन्छ । तर, यसले तपाईको पेटको सन्तुलन बिगार्न सक्छ । त्यसैले ग्रीन टीको सट्टा दिनको सुरुवात मनतातो पानी, कागती र मह अथवा फलफूलको साथ सुरु गर्नुहोस् । खानापछि तुरुन्तै पनि नखानुहोस् धेरै मानिसहरु खाना लगतै ग्रीन टी पिउने गर्छन् । तर, यसो गर्नाले यसले शरीरको पौष्टिक अवशोषण क्षमता रोक्न सक्छ । यसको मतलब तपाईले खाएको खानेकुराको पोषण ग्रीन टीमा भएको क्याफिन र टानिनले अवरोध सिर्जना गरी राम्रोसँग समाहित हुँन दिँदैन । साथै, यसले ग्यास्ट्रिक रसलाई पनि पातलो पार्न सक्छ, जसले पाचन प्रणाली बिगार्न सक्छ । त्यसैले खानाको ४० देखि ४५ मिनेट अघि वा पछि मात्र ग्रीन टी पिउन उत्तम हुन्छ । राति नपिउनुहोस् राति अबेला ग्रीन टी नखानुहोस्, किनभने यसले तपाईको निन्दाउने समय बिगार्नको साथै तनाव बढाउन सक्छ । ग्रीन टी ब्याग पुनः प्रयोग नगर्नुहोस् पहिले प्रयोग गरेको ग्रीन टी ब्यागमा धेरै मात्रामा क्याफिन हुने गर्दछ, जसले नियमअनुसार ग्रीन टी ब्यागभन्दा ग्रीन टीको पात प्रयोग गर्न सबैभन्दा उत्तम मानिन्छ । साधा पानी धेरै पिउनुहोस् ग्रीन टी एक मुत्रवर्धक पनि हो, जसले लगातार पिसाब लाग्ने गराउन सक्छ । त्यसैले तपाईले आफ्नो शरीरमा पानीको कमि हुन नदिनलाई पानीको सेवन गरिरहनुहोस् । कम रक्तचाप भएको व्यक्तिले नखाने कम रक्तचाप भएको व्यक्तिले कहिले पनि ग्रीन टी खानुहुदैन । यसले शरीरको ईनर्जीलाई चाढै पगाल्ने र शरीरमा तागत कम हुने हुनाले रक्तचाप कम भएको व्यक्तिले कहिले पनि ग्रीन टीको सेवन गर्नुहुदैन ।

आशा लघुवित्तले बारामा दियो तीन दिने निःशुल्क सीपमूलक तालिम

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बाराको आदर्श कोटवालमा तीन दिने सीपमूलक तालिम संचालन गरी सम्पन्न गरेको छ । संस्थो पुस २३, २४ र २५ गते संस्थाले शाखा कार्यालय आदर्श कोटवाल बारामाआबद्ध सदस्यहरु मध्ये ११० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने झोल साबुन तथा सर्फ बनाउने तालिम दिएको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै आदर्श कोटवाल गाउँपालिकाका प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने बताएका छन् । साथै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपप्रमुख पुनम देबी साहले तालिम पश्चात महिलाहरुलाई लघु उद्यम गर्नका लागी थप सहयोग पुग्ने बताएका छन् । उक्त शाखाका प्रमुख प्रभु कुमार यादवले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धीभई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुखहुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लगतमा लुगा धुने झोल सर्फ तथासर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी लिएका छन् । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ हजार एक सय ५५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताएका छन् । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

शितलहर प्रभावितलाई मेगा बैंकले दियो न्यानो ब्ल्याङ्केट, २०० बालबालिका लाभान्विन्त

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केटको व्यवस्था गरेको हो । शितलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको बैंकले जनाएको छ । लुम्बिनी विकास मञ्चको आयोजनामा ‘न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं’ भन्ने मुल नाराका साथ ‘निःशुल्क न्यानोपन अभियान २०७६’ सञ्चालन भइरहेको जसमा बैंकले गरेको सहयोगबाट यी समुदायमा रहेका करिब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्विन्त भएका छन् । ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरुको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।