एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच उपचार सम्बन्धि सम्झौता
काठमाडौं । एनसीसी बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्दबीच उपचार शुल्क सम्बन्धि सम्झौता भएको छ । हरिसिद्धि, ललितपुरमा रहेको उक्त अस्पतालमा बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फवाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा विशेष छुट पाउने व्यवस्था रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभरि हाल ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
के हो स्पाईन क्यान्सर ? नेपालमै यसको उपचार सम्भव छ !
डा. गौरव राज ढकाल, स्पाईन सर्जन काठमाडौं। केही दशक अघिदेखि, स्पाइन क्यान्सरको बिरामीको संख्या बढ्दो देखिन्छ। आयु बढ्दै जाँदा क्यान्सर हुने सम्भावना पनि बढेर जान्छ। स्पाईन क्यान्सरले सबै उमेर समूहको ब्यक्तिलाई असर गर्दछ। तर यो बिशेष गरेर पचास वर्ष उमेर भन्दा माथिको ब्यक्तिलाई लाग्न सक्ने सम्भावना बढी हुन्छ। स्पाईन क्यान्सर वा स्पाईन ट्यूमर दुई प्रकारका हुन गर्छन्: प्राथमिक ट्यूमरको स्थान स्पाईन हुन्छ र माध्यमिक स्पाइन ट्युमर विभिन्न स्थान वा अंगमा हुनसक्छ। बच्चाहरूमा प्राथमिक स्पाइन ट्यूमर बढी देखिन्छ भने वयस्कहरूमा माध्यमिक स्पाइन ट्यूमर बढी देखिन्छ। माध्यमिक स्पाइन ट्यूमरहरूलाई मेटास्टेटिक स्पाइनल ट्यूमर पनि भनिन्छ र यसको बिरामीको संख्या बढ्दो छ । संयुक्त राज्य अमेरिकामा मात्र हरेक वर्ष १.६ मिलियन क्यान्सरका बिरामीहरु पत्ता लाग्ने गरेको छ। फोक्सो र कलेजो पछि सबैभन्दा फैलने क्यान्सर भनेको स्पाईन एरियाको क्यान्सर हो। स्पाइन क्यान्सर रोगीहरु मध्ये ५ देखि १०% बिरामीलाई हात र खुट्टामा समस्या हुन गई पिसाब र दिसामा समस्या आउने गर्दछ। स्पाईन क्यान्सरको लक्षण महिलाहरुमा स्तन क्यान्सर र पुरुषहरुमा प्रोस्टेट क्यान्सर स्पाईनमा फैलने गर्दछ। स्पाईन क्यान्सरको प्राय देखिने लक्षण भनेको ढाँडको दुखाइ हो। यो दुखाइ अचानक र कडा हुनसक्ने वा सामान्य पनि हुन सक्दछ। दुखाइ कम गर्ने औषधीको प्रयोग अथवा उपचार पछि पनि यसको पीडा कम नहुन सक्छ। दुखाइको कारण बिरामीको हात-खुट्टा कमजोर भई प्यारालाईसिस तथा दिशा पिसाबमा पनि समस्या हुनसक्छ। नेपालमा यसको उपचार सम्भव छ ! स्पाईन क्यान्सरको उपचार पूर्ण रुपमा स्पाईन सर्जनको क्लिनिकल परीक्षण, एक्स रे, सिटी स्क्यान अथवा एमआरआई स्क्यान र रक्त परीक्षणबाट गर्न सकिन्छ। स्पाईन क्यान्सरको उपचार अधिकांश रोगीहरूले स्पिन सर्जरी, विकिरण र कीमोथेरेपीबाट गर्न सकिन्छ । यसको उपचारको प्रकृया बिरामीको अवस्था हेरेर फरक हुनसक्छ र यो बिरामीको फिटनेस, ट्यूमरको आकारमा आधारित हुन्छ। नेपालमा एकै छट मुनि अहिले क्यान्सर विशेषज्ञहरूको पाउनुको साथै क्यान्सरको उपचारको लागि आवश्यक सबै सामाग्री उपलब्ध छन्। नेपालमा नै स्पाईन क्यान्सर उपचार गर्न सम्भव छ। उपचार सुरू गर्नुअघि रोगी र उनका आफतहरुसँग स्पाईन सर्जनको उपचारको समय हुने कुराको बारेमा सामान्य छलफल गर्नु आवश्यक हुन्छ। – स्पाईन क्यान्सर बढ्दो आयुसँग बढ्दै गएको देखिन्छ। – स्पाईन क्यान्सर प्राथमिक वा मेटास्टेटिक हुनसक्छ। – मेटास्टेटिक स्पाईन क्यान्सर वयस्कमा देखिन्छ। – अत्याधिक ढाँड दुख्ने वयस्कहरूको दुखाईको मापन हुन जरुरी हुन्छ। – स्पाईन सर्जरी, विकिरण, किमोथेरापी उपचारका तरिकाहरु हुन्। – नेपालमा स्पाईन क्यान्सरको उपचार उपलब्ध छ। ( डा. गौरव राज ढकाल स्पाईन सर्जनको रुपमा ट्रमा सेन्टर र नेपाल क्यान्सर अस्पतालमा कार्यरत छन्। )
पूर्वान्चल विश्वविद्यालयको अटेरीले अन्यौलमा हजारौं विद्यार्थीको भविष्य
काठमाडाैं । पुर्वान्चल विश्वविद्यालय (पियु) ले स्नातकोत्तर कार्यक्रम संचालनलाई अनुमति दिन ढिला गर्दा हजारौ विद्यार्थीहरु मास्टर पढ्नबाट बन्चित भएका छन। पियुले मापदण्ड पुरा गरेका कलेजहरुलाई ३ बर्षअघि नै दिनुपर्ने अनुमति अहिलेसम्म नदिंदा स्नातक गरि आफुलाई अपग्रेडिङ र कुनै बिषयमा स्पेसीलाई जेशन गर्न चाहने विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ। पियुमा नै मास्टर पढ्न चाहने हजारबढी बिद्यार्थी ठुलो रकम तिरेर विदेश अध्ययन गर्न जान बाध्य भएका छन। यसबाट स्नातकोत्तर संचालनको अनुमतिको पर्खाईमा रहेका कलेजलाई आर्थिक नोक्सानी बेहोर्नु त छदैछ, बिदेशी मुद्रा बाहिरिंदा देशलाई ठुलो आर्थिक हानि समेत पुगेको छ। स्नातकोत्तर कार्यक्रम संचालनलाई पियुले २०७३ मङ्सिर ५ मा आबेदन माग गरेकोमा आधा दर्जन बढी कलेजहरुले मङ्सिर २० मै निबेदन पेश गरि पूर्वाधार निर्माणमा ठुलो रकम खर्चिएका छन। यद्दपी ३ बर्षसम्म पनि मास्टर प्रोग्राम संचालन गर्न पाउने नपाउने अनिर्णयको बन्दि बन्दा कलेजहरुले बिद्यार्थी गुमाउनुको साथै ठुलो लगानी समेत खेर जाने देखिएको छ। इच्छुक कलेजहरुले प्रति स्नातकोत्तर कार्यक्रमलाई ५२ हजार सहित निबेदन बुझाएका थिए। मास्टर प्रोग्रामलाई सम्बन्धन नपाएकोमा असन्तुष्टि जनाउदै इस्टर्न कलेज अफ इन्जिनियरिङ, कान्तिपुर इन्टरनेशनल कलेज लगायत ८ वटा कलेजले पियुलाई बिपक्षी बनाई उच्च अदालत बिराटनगरमा रिट दायर गरेका छन। यी कलेजले दायर गरेको रिट उपर अदालतले अन्तरिम आदेश दिंदै तत्काल कुनै पनि भर्ना प्रकृया अघि नबढाउन स्टे अर्डर जारि गरेको छ। यसले गर्दा पहिलेनै अनुमति पाएकाले समेत भर्ना लिन नपाउदा पियुमा मास्टर पढ्न चाहने विद्यार्थीको भविष्य अन्यौलपूर्ण बनेको छ। पियुले ३ बर्षअघि स्नातकोत्तर अध्यापन गराउन चाहनेहरुसंग आबेदन मागेको थियो। अहिले अदालत पुगेका ८ वटा कलेज लगायतले बिभिन्न बिषयमा स्नातकोत्तर अध्यापन गराउनलाई पियुसंग अनुमति माग गरि निबेदन दिएका थिए। केहि कलेजहरुले ३ वटा कार्यक्रमसम्मलाई अनुमति माग गरि प्रति कार्यक्रम ५२ हजार बुझाए। तर पछि पियुको मिति २०७४ कात्तिक १२ को निर्णयअनुसार २ कार्यक्रमलाई मात्र स्नातकोत्तर दिने निर्णय भयो तर उसले अहिलेसम्म पनि २ भन्दा बढी कार्यक्रमलाई अनुमति चाहनेको पैसा फिर्ता गरेको छैन। पियुले सरकारको २०७२ साउन २२ को निर्णय देखाएर नयाँ कार्यक्रमलाई तत्काल स्नातकोत्तर नदिने बताएपनि पछि प्रधानमन्त्री तथा मन्त्री परिषदको २०७५ साउन १८ को निर्णयले उक्त निर्णयलाई खण्डन गरि पुरानो प्रकियामा रहेकालाई स्नातकोत्तर कार्यक्रमलाई अनुमति दिने बाटो खोलेको थियो। त्यसपश्चात त्रिभुवन र पोखरा बिश्वबिद्यालयले सोहि बमोजिम निर्णय गरि आफु अन्तर्गतका कलेजहरुलाई नयाँ कार्यक्रम संचालनलाई अनुमति दिए। तर पियुले भने उक्त निर्देशनको अटेर गरि प्रक्रियामा रहेका फाइलहरु टुंगोमा पुर्याउने काम नगरी अहिलेसम्म अनुमति दिएको छैन। नेपालका बिश्वबिद्यालयहरुले जथाभावी सम्बन्धन दिएकै कारण शिक्षा मन्त्रालयले नयां सम्बन्धन रोकेको भएपनि बिषय थप, कार्यक्रम थप गर्न नरोकेको पत्र पठाइसकेको शिक्षा मन्त्रालय स्रोतको दाबी छ। मापदण्ड पुरा गरेका कलेजहरुलाई सम्भाव्यता अध्ययन समाप्त भएकै शैक्षीक बर्ष २०७४ देखि नै पठनपाठन गर्न स्वीकृति दिनुपर्नेमा यस शैक्षिक बर्ष २०७५ मा समेत पठनपाठन गर्न नदिएको र यहि पुष २६ गते पहिलेनै अनुमति पाएका कलेजहरुलाई बिद्यार्थी भर्ना गर्न अनुमति दिने गरि सूचना जारि गरेकाले अनुमतिको पर्खाईमा रहेका कलेजहरुले पियुलाई बिपक्षी बनाई उक्त कार्य नगर्नु नगरानु भनि उच्च अदालत बिराटनगरमा मुद्दा दायर गरे। त्यसपश्चात अदालतले तत्काल कुनैपनि भर्ना प्रक्रिया नगर्न नगराउन भनि अन्तरिम आदेश जारि गरेको छ। यसबाट नेपालमै मास्टर पढ्न चाहनेहरुको भविष्य अन्यौलमा परेको छ। यस बिषयमा कुराकानी गर्न रजिष्टार प्राड़ा प्रमिला थापा, डीन प्राड़ा शुभरत्न पाठक र उपकुलपति घनश्याम लालदाससंगको प्रयास सफल हुन सकेन। सम्बन्धन रोकिएको बिषयमा सोधिएको प्रश्नको जवाफ प्राप्त नहुँदा व्यक्तिगत स्वार्थमा डुबेर हजारौ बिद्यार्थीको भविष्य अन्यौलमा राख्न नियोजित योजना रहेको अनुमान गर्न सकिन्छ। यद्दपी पहिले नै स्नातकोत्तरको अनुमति लिएका केहि कलेजलाई र केहि कन्सल्टेन्सीलाई पोस्नलाई सम्बन्धन दिने काममा ढिलाई भएको बजारमा चर्चा छ।