मेडिकल कलेजको सिट थपघट गर्न आइओएमको निर्णय, एक सय १५ सिटसम्म थप गर्न सिफारिस

काठमाडौं २८, भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आगामी वर्षका लागि मातहतका क्याम्पसले एमबिबिएस र बिडिएसमा भर्ना लिने विद्यार्थी सिट संख्या सिफारिस गर्ने निर्णय गरेको छ। आइओएमले गरेको सो निर्णय नेपाल मेडिकल काउन्सिलको बोर्डले छलफल गरी स्वीकृत गरेपछि लागू हुने खबर आजको नयाँ पत्रिकामा छापिएको छ। फ्याकल्टी बोर्डको सोमबारको बैठकले एमबिबिएसतर्फ अधिकतम एक सय १५ सिट दिने गरी सिफारिस गर्ने निर्णय गरेको हो । आइओएम स्रोतका अनुसार अघिल्लो वर्ष एक सय ३५ सिट पाएका कलेजको सिट संख्या घटाएर यस वर्ष अधिकतम एक सय १५ मा झारिएको छ । यसैगरी, बिडिएस ९दन्त चिकित्सा०तर्फ अधिकतम ७० सिट संख्या सिफारिस गर्ने निर्णय गरिएको छ। सिफारिस भएका मेडिकल कलेजको मेडिकल काउन्सिलले पुनस् अनुगमन गर्नेछ । मेडिकल काउन्सिलले आइओएमले सिफारिस गरेको सिट संख्यामा आफूले अनुगमन गरेको आधारमा केही सामान्य हेरफेर गर्न सक्नेछ। आइओएमले सिफारिस गरेको सिट संख्या प्रायस् काउन्सिलले परिर्वतन गर्ने चलन छैन । ‘सामान्य एक–दुई सिट घटबढ हुन सक्छ,’ बोर्डका एक सदस्यले भने, ‘फ्याकल्टी बोर्डले पास गरेको कुरा काउन्सिलले सामान्य मात्र हेरफेर गर्ने गरेको छ ।’

वीर अस्पताल बन्ने नाममा जग्गाको मूल्य बढ्यो, चार गुणासम्म वृद्धि

काठमाडौ २६, भदौ । नेपालकै पुरानो र ठूलो वीर अस्पताल विस्तार हुने भएपछि यो अवस्पल बन्ने क्षेत्रमा जग्गाका भाउ बढ्न थालेको छ । अस्पाल बन्ने नाममा भक्तपुरको दुवाकोटमा दलाल तथा भूमाफियाले जग्गाको कृत्रिम मूल्यबृद्धि गरेका छन् । अस्पताल विस्तार हुने साविक दुवाकोट गाविस ५ र ६ तथा चाँगु गाविस ९ मा जग्गाको कृत्रिम मूल्यबृद्धि गरिएको समाचार आइतबारको अन्नपूर्णमा छापिएको छ।  हाल चाँगुनारायण नपा १४ र ११ मा पर्ने उक्त क्षेत्रमा जग्गा दलाल तथा भूमाफियाले सरकारी मूल्यभन्दा चार गुणासम्म बढी मूल्य बढाएका छन्। जग्गा दलाल र भूमाफियाले कृक्रिम तरिकाले जग्गाको मूल्य बढाउँदा पनि यहाँ अहिले दैनिक जगा हेर्न आउने घुईँचो लाग्न छाडेको छैन। चाँगु नपा १४ का उद्धव खड्काले पहिले मोटर बाटो भएको जग्गाको प्रतिआना पाँच छ लाख पर्नेमा जग्गा दलाल तथा भूमाफियाले कृतिम मूल्य बढाएर प्रतिआना १२ देखि १४ लाख पुर्‍याएको बताए। जग्गा दलाल र भूमाफियाका कारण दुवाकोटमा वीर अस्पताल विस्तार रोकिने हो कि भन्ने स्थानीयमा चिन्ता बढेको छ।

गगनले रोके पूर्वउपप्रधानमन्त्रीको उपचार खर्च, देश वाहिरको खर्च राज्यले नबोहोर्ने 

  काठमाडौं २५, भदौ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् । भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा। गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका छन् । मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दजाए दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ? थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । प्रधानमन्त्री जी तपाई पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख नेताहरुको स्वस्थ्य उपचार आगामी दिनमा स्वदेशमै हुनुपर्छ । तपाईहरु आफ्नो उपचार विदेशमाा गराउनुहुन्छ भने जुन देशमा गराउने हो, सोही देशले खर्च बेहोर्ने गरी हुनुपर्यो भन्ने समाचार शनिबारको अन्नपूर्णले छापको छ ।