एनसीसी बैंक र ओम हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फवाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका सेवामा विशेष छुट व्यवस्था रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवाका साथै ७४ वटा एटिएमहरु सञ्चालनमा रहेको छ ।
खाली पेटमा औषधी खानु भनेको के हो ? औषधी कुन खानासँग नखाने ?
काठमाडौं। के तपाईंलाई थाहा छ खाली पेटमा औषधी खानु भनेको के हो ? तपाईं पक्कैपनि सोच्नुहुन्छ होला कि खाली पेटमा औषधी खानु भनेको केही पनि नखाइ बिहान भोको पेटमा औषधी खानु हो । यो साँचो हो तर यो आधा साँचो हो। हामी धेरैले यस कुरालाई अहिलेसम्म आधा मात्र बुझीरहेका छौं। खाली पेटमा औषधी खानु भनेको : १. औषधी खाएपछि करिब दुई घण्टा केही पनि नखाने । २. पहिला खाना खाइसकेको भए दुई घण्टा कुरेर मात्र औषधी खाने । कुनै औषधी खाली पेटमा खानु भनिन्छ किन भने खाना र केहि पेयहरूले औषधिको काम गर्ने तरिकालाई असर गर्न सक्छ। उदाहरणका लागि, केहि औषधीहरु खाना खाए लगत्तै खाँदा अथवा पछि खाँदा उक्त औषधी र खाना मिसिन गई औषधीको प्रभावलाई कम गराउन सक्छ। कुनै खानेकुरा वा पेय पदार्थहरूले औषधिको प्रभावलाई कम गराउँदछ। जस्तै: – अंगुरको जुस – क्रेनबेरीको रस – भिटामिन ई बढी पाईने खाने कुरा जस्तै हरियो सब्जिहरु – नुनिलो खानेकुरा वा उच्च मात्रामा पोटासियम पाईने खानेकुरा जस्तै केरा । त्यसैले, जहिले पनि डाक्टरले दिएको सुझावलाई राम्रोसँग पालना गर्नुहोस्।
कैलाश विकास बैंकका ग्राहकलाई मेडिसिटीमा आकर्षक छुट
काठमाडौं । कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महा प्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा नेपाल मेडिसिटी अस्पतालले बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिएका छन् । बैंकको हालसम्म शाखा संख्या ८५ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानी कर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।