वीर अस्पतालको सेवा विस्तार गर्ने योजना अन्योलमा, सहयोगी चीनको निश्कर्ष-‘ठाउँ उपयुक्त भएन’

काठमाडौं । भक्तपुरमा वीर अस्पतालको सेवा विस्तार गर्ने सरकारको योजना अन्योलमा परेको छ । ६ बर्ष भित्र भक्तपुरमा वीर अस्पताल सेवालाई बिस्तार गर्ने योजना बनेको ३ बर्ष बितिसक्दा पनि सेवा विस्तार गर्ने या नगर्ने भन्नेमा अझै अन्योल रहेको छ । सरकारले अस्पताल निर्माणको लागि चीन सरकारको सहायता मागेको थियो । निर्माण गरिदिने भन्दै चीन सरकारले ३ महिना अघिमात्र दुवाकोटको स्थलगत भ्रमण गरेर प्रतिवेदन पेश गरेको छ । तर, सरकारबाट उक्त प्रतिवेदनको जवाफ नआएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । यसअघि सरकारले निर्माण गर्ने कि वैदेशिक सहायता लिने भन्ने कुराको निर्णय हुन नसक्दा दुवाकोटमा अस्पताल बन्न नसकेको स्वास्थ्य सचिव डा. पुष्प चौधरीले बताएकी थिईन् । चीन सरकारले अध्ययन गरी पेश गरेको प्रतिवेदन अनुसार भक्तपुरको दुवाकोट अस्पताल बन्नको लागि उपयुक्त स्थान नभएको रिपोर्टिङ आएको चौधरीले बताईन् । अस्पतालसम्म पुग्ने आवश्यक बिकासका सबै पूर्वाधारहरु सरकारले बनाउने सहमति जनाएपछि मात्र काम सुरु हुने चीन सरकारले बताएको उनले जानकारी दिईन् । यसअघि चीन सरकारले अफ्रिकामा पनि ठूलो अस्पताल निर्माण गरेको, तर कर्मचारी व्यवस्थापन हुन नसक्दा अस्पताल ठप्प रहेको कारण चीन केही हच्किएको प्रवक्ता श्रेष्ठले बताए। सरकारले अस्पताल विस्तारको लागि २०७३ सालदेखी रकम विनियोजन गर्दै आएको छ । दुवाकोटमा १ हजार शैयाको अस्पताल र अहिले वीर अस्पतालमा हुन नसकेको विशिष्टिकृत सेवा दुवाकोटबाट दिने लक्ष्य सरकारको छ । वीर अस्पताललाई अत्याधुनिक सेवा सुविधासहित विस्तार गर्ने निर्णय गरी सोहीअनुसार सरकारले भक्तपुरको ५ सय रोपनी जग्गा अस्पतालको नाममा पास गरेको थियो । तर, ६ बर्षभित्र निर्माण हुने भनिएको गुरुयोजनाको ३ बर्ष बितिसक्दा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार हुनसकेको छैन । गत आर्थिक बर्ष मात्र सरकारले अस्पतालको डीपीआर निर्माणको लागि १५ करोड रकम विनियोजन गरेको थियो । यो रकमको उपयोग हुन नसक्दा रकम फ्रिज भएको छ । यस्तै सरकारले यस आर्थिक बर्षमा अस्पताल सेवा विस्तारको लागि ४० करोड रकम विनियोजन गरेको छ । उक्त सुविधासम्पन्न अस्पतालको संरचना निर्माण गर्न ३५ अर्ब जस्तो लाग्ने अनुमान गरिएको छ।    

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्सका लागि सम्झौता

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले धुलिखेल हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमको उदेश्य हो । एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायतापनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ । धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान जनाइएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साउनको अन्तिम सोमबार वृज सिमेन्टले पशुपतिनाथमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनकोे अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस वितरण लगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, नेपाल भारत मैत्री अस्पताल, मित्रपार्क, काठमाडौं र वृज सिमेन्टको संयुक्त आयोजनामा उक्त सेवामूलक कार्यक्रम गरेको हो । बिभिन्न स्थानबाट आउने र पशुपतिदर्शन गर्ने भक्तजनहरुलाई १५० जना बिभिन्न स्वयम् सेवकहरुद्घारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भतmजनहरुलाई निःशुल्क स्वस्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्य शिविरमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब २००० धर्मावलम्बीहरुले सेवा लिएका थिए ।