सिटिजन्स बैंकद्वारा डोल्पाको विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पा जिल्लाको श्री सरस्वति माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । उक्त रकम बैंकले आइतबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको यस विद्यालयले उक्त सहयोग रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा आवासिय रूपमा अध्ययन गरिरहेका २० जना छात्राहरुको लागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्ने बताएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । साथै, यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । हाल बैंकले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक र र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसाेर्टमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

दैलेखकाे राकममा सय शैय्याकाे ‘ट्रमा सेन्टर’ बन्ने

दैलेख । दैलेखको आठबीस नगरपालिका स्थित राकममा १०० श्ययाको ‘ट्रमा सेन्टर ’(अस्पताल) निर्माण हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सो सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने रहको बताइएको छ । नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । द्विपक्षीय सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने उद्देश्यका साथ सहकार्य भएको नगरप्रमुख उपाध्यायले जानकारी दिए । “तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्याव लगायतका सामग्री तथा चिकित्सक फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ”, उनले भने । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने निर्दशक गोसाईले जानकारी दिएका छन् । अस्पतालका लागि नगरपालिकाले १०५ रोपनी जग्गा उपलब्ध तथा विस्तृत परियोजना प्रतिवेदन तयारी सुरु गरेको जनाएको छ । अस्पतालले अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र एमडीजीपी तहका पठन पाठन गर्न आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ । रासस