काेभिड-१९ काे नयाँ भेरियन्टलाई पनि खाेपले काम गर्छ: प्रवक्ता डा. गाैतम

काठमाडाैं । मंगलबार पत्ता लागेकाे काेराेनाभाइरसकाे नयाँ भेरियन्टलाई पनि खाेपले काम गर्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका प्रवक्त प्राडा जागेश्वार गाैतमले काेराेनाभाइरसकाे नयाँ भेरियन्टलाई खाेपले काम गर्ने बताएका हुन् । गाैतमकाे अनुसार यस नयाँ भेरियन्टकाे भाइरसबाट खाेप लगाएका मानिस नलगाएकाे दाँजाेमा धेरै सुरिक्षत हुनेछन् । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको जानकारी दिएको थियो । यस नयाँ भेरियन्टलाई इण्डियन भेरियन्टको भनिन्छ । विश्व स्वास्थ्य संगठनले गएको मे १० मा यस इण्डियन भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेको छ । नेपालमा हालसम्म कोरोनाभाइरसको तीन किसिमको भेरियन्टको देखिएको छ ।

बुधबार ७ हजार ९८९ जनाले जिते काेराेना

काठमाडाैं । बुधबार ७ हजार ९८९ जना काेराेना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बुधबार ७ हजार ९८९ जना काेराेना संक्रमणमुक्त भएका हुन् । यस्तै पीसीआर विधिबाट ८०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना संक्रमित भेटिएका छन् । पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणकाे कारण २४६ जनाकाे मृत्यु भएकाे छ ।

विपन्न नागरिककाे नि:शुल्क उपचार हुने यी हुन् काठमाडाैंकाे १४ अस्पताल

काठमाडाैं । काठमाडाैंकाे १४ अस्पतालमा काेराेना संक्रमितकाे विपन्न नागरिककाे नि:शुल्क उपचार हुने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिककाे नि:शुल्क उपचारकाे लागि काठमाडाैंकाे १४ वटा अस्पताललाई ताेकेकाे छ । ताेकिएका अस्पतालहरुमा बानेश्वरस्थित सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, जाेरपाटीस्थित नेशनल मेडिकल कलेज, साेर्ह्रखुट्टेस्थित पिपल्स डेन्टल कलेज,  काठमाडाैं नेशनल मेडिकल कलेज, समिट हस्पिटल, हेल्पिङ ह्याण्डस अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, ललितपुरकाे आन्नदबन अस्पताल, काठमाडाैं यसिनभर्सिटी स्कुल अफ मेडिकल साइन्स, सिनामंलस्थित काठमाडाैं मेडिकल कलेज र चाबाहिलकाे मेडिकेयर अस्पताल रहेकाे छ । विस्तारै अन्य अस्पताललाई पनि विपन्न नागरिककाे नि:शुल्क उपचारमा सामेल गराउने तयारी भइरहेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले देशभरकाे ३० अस्पतालसँग विपन्न नागरिकलाई नि:शुल्क उपचार गराउनकाे लागि सम्झाैता गरेकाे छ ।