विपन्न नागरिककाे नि:शुल्क उपचार हुने यी हुन् काठमाडाैंकाे १४ अस्पताल

<p>काठमाडाैं । काठमाडाैंकाे १४ अस्पतालमा काेराेना संक्रमितकाे विपन्न नागरिककाे नि:शुल्क उपचार हुने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिककाे नि:शुल्क उपचारकाे लागि काठमाडाैंकाे १४ वटा अस्पताललाई ताेकेकाे छ । ताेकिएका अस्पतालहरुमा बानेश्वरस्थित सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, जाेरपाटीस्थित नेशनल मेडिकल कलेज, साेर्ह्रखुट्टेस्थित पिपल्स डेन्टल कलेज,  काठमाडाैं नेशनल मेडिकल कलेज, समिट हस्पिटल, हेल्पिङ ह्याण्डस अस्पताल, नेपाल भारत [&hellip;]</p>

काठमाडाैं । काठमाडाैंकाे १४ अस्पतालमा काेराेना संक्रमितकाे विपन्न नागरिककाे नि:शुल्क उपचार हुने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिककाे नि:शुल्क उपचारकाे लागि काठमाडाैंकाे १४ वटा अस्पताललाई ताेकेकाे छ ।

ताेकिएका अस्पतालहरुमा बानेश्वरस्थित सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, जाेरपाटीस्थित नेशनल मेडिकल कलेज, साेर्ह्रखुट्टेस्थित पिपल्स डेन्टल कलेज,  काठमाडाैं नेशनल मेडिकल कलेज, समिट हस्पिटल, हेल्पिङ ह्याण्डस अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, ललितपुरकाे आन्नदबन अस्पताल, काठमाडाैं यसिनभर्सिटी स्कुल अफ मेडिकल साइन्स, सिनामंलस्थित काठमाडाैं मेडिकल कलेज र चाबाहिलकाे मेडिकेयर अस्पताल रहेकाे छ ।

विस्तारै अन्य अस्पताललाई पनि विपन्न नागरिककाे नि:शुल्क उपचारमा सामेल गराउने तयारी भइरहेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले देशभरकाे ३० अस्पतालसँग विपन्न नागरिकलाई नि:शुल्क उपचार गराउनकाे लागि सम्झाैता गरेकाे छ ।

 

Share News