काठमाडाैं । मंगलबार पत्ता लागेकाे काेराेनाभाइरसकाे नयाँ भेरियन्टलाई पनि खाेपले काम गर्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका प्रवक्त प्राडा जागेश्वार गाैतमले काेराेनाभाइरसकाे नयाँ भेरियन्टलाई खाेपले काम गर्ने बताएका हुन् ।
गाैतमकाे अनुसार यस नयाँ भेरियन्टकाे भाइरसबाट खाेप लगाएका मानिस नलगाएकाे दाँजाेमा धेरै सुरिक्षत हुनेछन् ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको जानकारी दिएको थियो । यस नयाँ भेरियन्टलाई इण्डियन भेरियन्टको भनिन्छ ।
विश्व स्वास्थ्य संगठनले गएको मे १० मा यस इण्डियन भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेको छ ।
नेपालमा हालसम्म कोरोनाभाइरसको तीन किसिमको भेरियन्टको देखिएको छ ।