धवलागिरि अस्पताललाई एम्बुलेन्स किन्न अष्ट्रेलियामा रहेका बागलुङवासीद्वारा १० लाख सहयोग
गलकाेट । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ । बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् । उनीहरूले कोरोना सङ्क्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा १० लाख हस्तान्तरण गरेका हुन् । सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पु¥याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाएका सुमन विष्टले जानकारी दिए । सुविधासम्पन्न अत्याधुनिक एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा १० लाख सहयोग गरेका छन् । भन्सार छुटसहित करिब २८ लाख ५० हजारमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताए । पहिलो चरणको १० लाखको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गरेका थियो । उनले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताए ।
थप ६ हजार ४०४ संक्रमित निको भए, करिब ६ लाखले लगाए दोश्रो खोप
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कारोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै ४ लाख ४ हजार ८८७ जना संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको छ । २२ हजार ९९६ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६९ जना संक्रमितको भने मृत्यु भएको छ । नेपाली सेनाद्धारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी १६९ जनाको मृत्यु भएको हो । साथै, हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ५ लाख ९३ हजार ७५५ जनाले दोश्रो मात्राको खोप लगाई सकेका मन्त्रालयले जनाएको छ ।
थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ। देशभर हाल १ लाख १७ २६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्येमा सबैभन्दा धेरै काठमाडौंमा १८६३ जना, भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको हो ।