काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ६ हजार ७१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे तथ्यांक अनुसार हालसम्म संक्रमणमुक्त हुनेको दर ७६ दशमलव ९ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ४५ जनाको मृत्यु भएको छ ।
बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ४९३ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १ हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका छन् ।