नेपाललाई १० लाख डोज खोप दिने चीनको घोषणा

<p>काठमाडाैं ।  चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका हुन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० लाख [&hellip;]</p>

काठमाडाैं ।  चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका हुन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप दिने घोषणाको जानकारी दिएकी हुन्।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि यसअघि चीनले नेपाललाई ८ लाख खोप अनुदान दिएको थियो। चिनियाँ भेरोसेल खोप कोरोनाविरुद्ध प्रभावकारी मानिएको छ।

बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको कुराकानीमा राष्ट्रपति भण्डारीले कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

Share News