सिलिण्डर समयमा नै सम्बन्धित उद्याेगमा फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डरहरु थन्काएर नराखी समयमा नै सम्बन्धित उद्याेगमा फिर्ता गर्न सबैलाई आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल सिलिण्डरहरु समयमा नै उद्याेगमा भर्न नपुग्ने समस्या अत्यधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउने भन्दै समयमा नै सिलिण्डरहरु सम्बन्धित उद्याेगमा फिर्ता गर्न आग्रह गरेकाे हाे । मन्त्रालयले सूचनामार्फत अक्सिजन सिलिण्डरहरु [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डरहरु थन्काएर नराखी समयमा नै सम्बन्धित उद्याेगमा फिर्ता गर्न सबैलाई आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल सिलिण्डरहरु समयमा नै उद्याेगमा भर्न नपुग्ने समस्या अत्यधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउने भन्दै समयमा नै सिलिण्डरहरु सम्बन्धित उद्याेगमा फिर्ता गर्न आग्रह गरेकाे हाे ।

मन्त्रालयले सूचनामार्फत अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिन अनुरोध गरेको हो ।

यस्तै स्वास्थ्य मन्त्रालयले अक्सिजन जस्तो औषधिय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्द गर्न तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न पनि आग्रह गरेको छ ।

Share News