शुक्रबार ८ हजार ४२५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ जनाको मृत्यु हुँदा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ पुगेको छ ।

थप गुणस्तरीय सेवाका लागि नेपाल मेडिसिटीको रिसर्च इकाईलाई विकास गरिँदै

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र एनआइसीआरएफ (नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसन) बीच समन्वयका लागि सम्झौता भएको छ । नेपालको सघन उपचारको विकासमा अनुसन्धान मुख्य आधार रहेको विषयलाई दर्शाउने उद्देश्यका साथ काम गर्दै आएका एनआइसीआरएफले नेपाल मेडिसिटीसँगको सहकार्य गर्न लागेको हो । यस सम्झौताबाट सघन उपचारको कुनैपनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त गर्ने सकिने अस्पतालले जनाएको छ । अस्पतालको अनुसार उपचार सिलसिलाका अनुभवका आधारमा खोजिएका जानकारीको प्रशोधन गर्दै उपयोगी तथ्याङ्कहरुबाट प्राप्त निष्कर्षलाई चिकित्सा सेवामा प्रयोग गर्न सकिनेछ । जसका लागि एनआइसीआरएफले नेपाल मेडिसिटीका कर्मचारीहरुसँग समन्वय गर्नेछ । अस्पतालको सघन उपचारमा भर्ना भएका बिरामीहरुको सबै व्यक्तिगत जानकारीलाई गोप्य राखी कुनैपनि व्यक्ति किन भर्ना हुनुपर्यो, कतिदिन उपचार भयो, के–कस्ता उपचार विधि अपनाइयो, बिरामी सुरक्षा संयन्त्र कसरी अपनाइयो जस्ता जानकारीहरु रिसर्च इकाईले राख्ने छ । नेपाल मेडिसिटीले आफ्नो उपचार प्रक्रियामा उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्ति मात्र नभई खोज तथा अनुसन्धानमूलक ज्ञानको पनि उत्कृष्ट प्रयोग गर्दै आएको अस्पतालका चीफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन प्रा।डा।निलमणी उपाध्यायले बताए । यस सम्झौताले क्रिटिकल केयरको सुक्ष्म अध्ययन गर्न र सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पुर्याउने उनले बताए ।

थप ४ अस्पतालमा कोजेन्ट हेल्थको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौं । नेपालमा अनलाईन मार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले थप अस्पतालहरूमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात गरेको छ । कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँबानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा, मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर पोखरा तथा राप्ति लाइफ केयर हस्पिटल तुल्सिपुरमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात गरेको हो । यी सबै अस्पतालहरु ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा लिन सकिनेछ । योसँगै अबदेखि यी अस्पतालहरुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवाको मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत कम्पनीले जनाएको छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचनाप्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर०मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेबजस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।