काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ जनाको मृत्यु हुँदा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै देशभरिका ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ पुगेको छ ।