मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड

काठमाडौं । ‘मेरो डाक्टर’ ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड भएको छ । ‘मेरो डाक्टर’ मिदास टेक्नोलोजीको हेल्थकेयर एप हो । कम्पनीको अनुसार यसले हालसम्म ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याइसकेको छ । यस्तै मेरो डाक्टरमा सूचीवद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ।पी।डी।टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी सेवा लिएको कम्पनीले जानकारी दिएको छ । मिदास टेक्नोलोजी विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा संलग्न छ । यस कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

सोमबार ६ हजार १४६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १३ जनाको मृत्यु हुँदा ६ हजार १४६ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका ११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ८ हजार ७०४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ जनाको मृत्यु हुँदा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको हाे ।