‘सबैले खाप पाउन् भनेर कार्ड अनिवार्य गरिएको हो, बुष्टर डोज जुनसुकै पनि लगाउँदा हुन्छ’

<p>काठमाडाैं । सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु¥याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रष्टयाए । उनले यो नीति [&hellip;]</p>

काठमाडाैं । सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु¥याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रष्टयाए ।

उनले यो नीति लिएपछि कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड नै लाग्न सुरु गरेको पनि स्मरण गराए । प्रवक्ता मिश्रले सरकारले लिएको यो नीति मिडियामा आएजस्तो नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नभएको स्पष्ट पारे ।

उनले भने, ‘खोप कार्ड अनिवार्य किन ग¥यो भनेर हामीले बुझ्नु पर्दछ, यो जनतालाई सास्ती दिनका लागि आवश्यक पनि होईन, विगतको एक्सपेरियन्सले कतिपय व्यक्तिहरु भ्याक्सिनेशन लिन नआएको अवस्था पनि छ, यदि खोप कार्ड छैन भने पहिले गएर खोप लिन्छ अनि मात्रै सेवा लिन आउँछ भन्ने कुरा मात्रै हो, यो चाँही खोपमा पहुँच बढाउन राज्यले लिएको नीति हो,  यो मिडियामा प्रचार भएजस्तो कसैलाई विभेद गर्न वा सेवा निषेध गर्नका लागि लिएको चाँही रहेनछ ।’

सार्वजनिक सेवा दिने ठाउँ नजिकै कोभिडविरुद्धको खोप केन्द्रको व्यवस्था गरेर सो सेवा लिनुअघि कोभिडविरुद्धको खोप लिन सहज हुने व्यवस्था सरकारले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।

प्रवक्ता मिश्रले इम्यूनिटी रेसपोन्स गर्न सहज हुने भएकाले जुनसुकै खोप लगाएका नागरिकहरुले पनि बुष्टर खोपको लागि फरक खोप लगाउन पाउनेगरी पछिल्लो निर्णय आएको पनि स्पष्ट पारे । कोभिडको ‘रिसर्च’ र ‘डाटा’ दैनिक चेन्ज हुने भएकाले यसका निर्णयहरु पनि नेपाल सरकारले चेन्ज गरिरहनु परेको सरकारको स्पष्टिकरण छ ।

प्रवक्ता मिश्रले गत माघ ७ गते बसेको डब्लूएचओ अन्तरगतको स्ट्राटिजिक एडभाईजरी बोर्डको बैठक र त्यसको लगत्तै बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले नै भेरोसेल वा जुनसुकै खोप लगाएको भएपनि बुष्टर खोप लगाउँदा हुने निर्णय गर्नु परेको स्पष्ट पारे।

उनले भने, ‘बुष्टर खोपको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा निर्णय ग¥यो कि होमोलोगस अथवा जुन खोप लगाइएको छ, त्यही खोप लगाउनु पर्छ । पछि अर्को लाउँदा पनि हुन्छ भन्ने जुन निर्णय भएको छ, त्यसमा बैज्ञानिक आधारहरु छन, हेट्रोलोगसमा जाँदा हाम्रो इम्यूनिटी रेसपोन्स छ, त्यो राम्रै देखिएको हुनाले अहिले चाँही नेपालमा पनि पहिला होमोलोगस भन्दा पनि अहिलेचाँही हेट्रोलोगसको कुरा चाँही नेपाल सरकारले अगाडि सारेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र कोभिड खोप लगाउन सबै नागरिकलाई पटक पटक अपिल गर्दै आएको छ । प्रवक्ता मिश्रले त्यसका लागि खोपको अभाव नहुने स्पष्ट पारे ।

Share News