सोमबार ६ हजार १४६ जना संक्रमणमुक्त

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १३ जनाको मृत्यु हुँदा ६ हजार १४६ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका ११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार ७ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १३ जनाको मृत्यु हुँदा ६ हजार १४६ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै देशभरिका ११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

Share News