ग्राण्डी अस्पतालद्वारा १०३ मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

काठमाडाैं । ग्राण्डी अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सरकारले निजी अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वास्थ्य उपचार सहज र सरल हुने बताएका छन् । मिर्गाैला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गर्दै अध्यक्ष कुँवरले सरकारले निजी अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वस्थ्य उपचार सहज हुने बताएका हुन् । अध्यक्ष कुँवरले नेपालमा मिर्गाैला प्रत्यारोपण चुनौतीपूर्ण भएपनि ग्राण्डीले १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । काभिडको माहामारीको समयमा पनि ग्रान्डी अस्पतालले मिर्गौला प्रत्यारोपण गर्ने कामलाई नरोकेको बताए ।अध्यक्ष कुँवरले ग्राण्डी अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकताका साथ अगाडि बढाउने ग्राण्डीको लक्ष्य रहेको बताए । अध्यक्ष कुँवरले भने, ‘नेपालमा ग्राण्ड हस्पिटलहरुको स्थापना भनेको क्वालिटी हेल्थ केयर गर्न भएको हो । नेपालमा किड्नी ट्रान्सप्लान्ट गर्नलाई प्राइभेट हस्पिटलले गरेका थिएनन् । प्राइभेट हस्पिटलले स्वीकृति लिँदा हामीले बाधा अड्चनहरु खेप्नुप¥यो । कोभिडको बाबजुद पनि १०३ वटा किड्नी ट्रान्सप्लान्ट गरियो । यसमा पाँच वटा मात्रै त्यही पनि किड्नी ट्रान्सप्लान्टको कारणले होइन, विभिन्न रोगले गर्दा असफल भए । प्राइभेट सेक्टरमा ग्राण्डिले आज क्वालिटीको ट्रान्सप्लान्टमा कन्ट्रीभेसन गर्न सकेको छ । हाम्रो जुन अब्जेक्टिभ थियो, हामीले नेपालमा स्वास्थ्यमा सब क्षेत्रमा क्वालिटीका हेल्थको काम गरेका छौँ । राज्यले पनि राम्रो सपोर्ट गरेको छ । यसलाई सरल रसुलभ बनाउन जसरी राज्यले सरकारी हस्पिटलमा अनुदान दिन्छ, त्यसरी नै ग्राण्डी जस्तै अरु अस्पताललाई पनि प्राथमिकता दिओस् ।’ अध्यक्ष कुँवरले कोरोना कालमा पनि ग्राण्डि अस्पतालले १०३ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । अस्पतालले मिर्गौला सफल प्रत्यारोपण गराउन भूमिका खेल्ने मेडिकल टिमका सबैहरुलाई सम्मान गरिएको थियो । ग्राण्डि अस्पताल मिर्गौला प्रत्यारोपण शल्यक्रियाको नेतृत्व प्रा. डा. प्रेमराज ज्ञवालीले गर्नुहुन्छ भने नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्या सिंह शाहले गर्छिन् ।

मन्त्री आलेद्वारा सहयोग

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।उनले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गरेका हुन् । फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहेकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुगेर उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट १५ हजार प्रदान गरेका हुन् । यसैगरी खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुगेका ४८ वर्षीय इन्द्रबहादुरलाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प्रदान गरे । साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टिनो माइकोसिस नामक सङ्क्रमण देखिएको र खुट्टा नै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले जानकारी दिएका छन् । मन्त्री आलेले हाललाई दुवै बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिएको र बिरामीको थप उपचारका लागि आफूले पहल गर्ने वचनबद्धता व्यक्त गरेकाे उनको सचिवालयले जनाएको छ । मन्त्री आलेले हालसम्म सुदूरपश्चिम र मध्यपश्चिमका गरी कम्तीमा पनि एक हजारभन्दा बढी बिरामीलाई उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट आर्थिक सहयोग प्रदान गरी सकेकाे उनका स्वकीय अधिकृत भक्तबहादुर साउदले जानकारी दिए ।

सिद्धार्थ बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दियो १५ लाख

काठमाडौं । सिद्धार्थ बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारीलाई हस्तान्तरण गरेका छन् । बैंकबाट प्राप्त उक्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्नको लागि उपयोग गर्ने जनाएको छ । यस्तै बैंकले उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास लिएको जनाएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य रहेको सीइओ कडेलले बताए ।