ग्राण्डी अस्पतालद्वारा १०३ मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

<p>काठमाडाैं । ग्राण्डी अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सरकारले निजी अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वास्थ्य उपचार सहज र सरल हुने बताएका छन् । मिर्गाैला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गर्दै अध्यक्ष कुँवरले सरकारले निजी अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वस्थ्य उपचार सहज हुने बताएका हुन् । अध्यक्ष [&hellip;]</p>

काठमाडाैं । ग्राण्डी अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सरकारले निजी अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वास्थ्य उपचार सहज र सरल हुने बताएका छन् । मिर्गाैला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गर्दै अध्यक्ष कुँवरले सरकारले निजी अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वस्थ्य उपचार सहज हुने बताएका हुन् ।

अध्यक्ष कुँवरले नेपालमा मिर्गाैला प्रत्यारोपण चुनौतीपूर्ण भएपनि ग्राण्डीले १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । काभिडको माहामारीको समयमा पनि ग्रान्डी अस्पतालले मिर्गौला प्रत्यारोपण गर्ने कामलाई नरोकेको बताए ।अध्यक्ष कुँवरले ग्राण्डी अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकताका साथ अगाडि बढाउने ग्राण्डीको लक्ष्य रहेको बताए ।

अध्यक्ष कुँवरले भने, ‘नेपालमा ग्राण्ड हस्पिटलहरुको स्थापना भनेको क्वालिटी हेल्थ केयर गर्न भएको हो । नेपालमा किड्नी ट्रान्सप्लान्ट गर्नलाई प्राइभेट हस्पिटलले गरेका थिएनन् । प्राइभेट हस्पिटलले स्वीकृति लिँदा हामीले बाधा अड्चनहरु खेप्नुप¥यो । कोभिडको बाबजुद पनि १०३ वटा किड्नी ट्रान्सप्लान्ट गरियो । यसमा पाँच वटा मात्रै त्यही पनि किड्नी ट्रान्सप्लान्टको कारणले होइन, विभिन्न रोगले गर्दा असफल भए । प्राइभेट सेक्टरमा ग्राण्डिले आज क्वालिटीको ट्रान्सप्लान्टमा कन्ट्रीभेसन गर्न सकेको छ । हाम्रो जुन अब्जेक्टिभ थियो, हामीले नेपालमा स्वास्थ्यमा सब क्षेत्रमा क्वालिटीका हेल्थको काम गरेका छौँ । राज्यले पनि राम्रो सपोर्ट गरेको छ । यसलाई सरल रसुलभ बनाउन जसरी राज्यले सरकारी हस्पिटलमा अनुदान दिन्छ, त्यसरी नै ग्राण्डी जस्तै अरु अस्पताललाई पनि प्राथमिकता दिओस् ।’

अध्यक्ष कुँवरले कोरोना कालमा पनि ग्राण्डि अस्पतालले १०३ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । अस्पतालले मिर्गौला सफल प्रत्यारोपण गराउन भूमिका खेल्ने मेडिकल टिमका सबैहरुलाई सम्मान गरिएको थियो । ग्राण्डि अस्पताल मिर्गौला प्रत्यारोपण शल्यक्रियाको नेतृत्व प्रा. डा. प्रेमराज ज्ञवालीले गर्नुहुन्छ भने नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्या सिंह शाहले गर्छिन् ।

Share News