काठमाडौं । अमेरिका र फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरे अनुसार साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट यो पुष्टि भएको हो ।
‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् ।
यसको संक्रमण फ्रान्सको धेरै स्थानमा देखिपरिसकेको र यो जनवरी यता फैलिरहेको पाइएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले मार्च ९ गते गरेको ब्रिफिङमा यो नेदरल्याण्ड र डेनमार्कमा देखापरेको जानकारी दिएको थियो ।